कुखुरा ओसार पसारस बन्धी प्रतिवन्ध फुकुवा


  • राजेश बर्मा
कुखुरा व्यवसायीहरूको चर्को दबाबमा सरकारले आगामी सातदिनका लागि कुखुराको ओसार पसारमा लगाइएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको छ। सरकारले भोली साँझ(बिहिबार) देखि लागु हुने गरि फुकुवा गर्ने निर्णय गरेको हो। सरकारले आगामी साउन ३० गतेस मका लागि मात्र प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको छ।
पशु सेवा विभागका उपमहानिर्देशक डा. उदयचन्द्र ठाकुरका अनुसार निगरानी, वर्ड लु प्रभावित कुखुरा नष्ट गर्ने तथा परिक्षण गर्ने कार्यलाई निरन्तरता दिदैं फुकुवा गर्ने निर्णय गरिएको हो। फुकुवा गर्ने निर्णय भएपनि सरकारले कुखुराको ओसार पसारमा भने थप कडाई गरेको छ। उनका अनुसार उपत्यकाको चारवटा नाका साँगा, नागढुँगा, फर्फिङ र नागार्जुनबाट हुने ओसार पसारमा कडा निगरानी राखिनेछ। चारवटै नाकामा 'रेपिड रेस्पोन्स टीमÓ परिचालन गरिनेछ।

उक्त टीमले बाहिरबाट आउने र उपत्यकाबाट बाहिरिने कुखुरा तथा चल्लाको सघन परीक्षण गरेर मात्र ओसार पसार गर्न दिइनेछ। 'परीक्षणको क्रममा वर्ड लुको संक्रमण देखिएमा तत्कालै सोही स्थानमा नष्ट गरिने र स्वस्थ्य देखिए बिक्रिका लागि बजार लैजान दिन स्वीकृत दिइनेछ,Ó उपमहानिर्देशक डा. ठाकुरले भने। विभागका एक अधिकारीका अनुसार बुधबार दिनभरजसो भएको पटक पटकको वार्ताको क्रममा कुखुरा व्यवसायीहरूले प्रतिवन्ध फुकुवा गर्न सरकारलाई चर्को दबाब दिएका थिए। 'प्रतिवन्ध फुकुवा नगर्ने मनस्थितिमा रहेका सरकारी प्रतिनिधिहरू व्यवसायीहरूको दबाबका सामु झुक्नु प:र्यो,Ó ति अधिकारीले बताए।

पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा.नारायण घिमिरेका अनुसार वर्ड लुको अत्याधिक संक्रमण देखिएका भक्तपुर, किर्तिपुर र थानकोटलगायत तीनवटै जिल्लाका प्राय:जसो सबै फार्ममा रेपिड रेस्पोन्स टीम खटाइने छ। टीमले फार्ममा रहेका कुखुराको स्वास्थ्य अवस्थाको बारेमा परीक्षण गर्नेछ। परीक्षणमा स्वस्थ्य ठहरिने कुखुरालाई स्वस्थ्यताको प्रमाणपत्र उपलब्ध गराइनेछ। स बन्धित किसान वा व्यवसायीले यस्तो प्रमाणपत्रसहित कुखुरामात्र बजारमा बिक्रि गर्न लैजान पाउने सरकारले निर्णय गरेको छ। ' उपत्यकामा बढी संक्रमण देखिएका भक्तपुर, किर्तिपुर र थानकोटलाई सघन निगरानीमा राखिएको छ,Ó प्रवक्ता डा. घिमिरेले भने,'निगरानीअन्तर्गत वर्ड लु संक्रमित कुखुरालाई तत्कालै नष्ट गरिनेछ।Ó


निर्देशनालयका अनुसार चारवटै नाकाबाट भित्र्याउन तथा बाहिरिन दिने क्रममा कुखुराको परीक्षण गरिनेछ। परीक्षणको क्रममा स्वस्थ्यताको प्रमाणपत्र प्राप्त गरेका कुखुरालाई साँझ ५ देखि ८ बजेस म उपत्यकाबाट बाहिरिन दिने तथा विहान ४ देखि ९ बजेस म भित्र्याउन दिने समय पनि निर्धारण गिरएको छ। सरकारले यसका साथै उपत्यकास्थित स पूर्ण नगरपालिकाहरूले पशु चिकित्सकको सहयोग लिएर कुखुराको मासु पसल र शित भण्डार(कोल्ड स्टोर) अनुगमन गर्ने निर्णय गरेको छ। यसैगरी जिल्ला पशु सेवा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयहरूले संयुक्त रूपमा वर्ड लु क्षेत्रको कडा निगरानी गर्ने, वर्ड लु नियन्त्रण गर्न उपत्यकाका सबै नगरपालिका तथा स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले रोग नियन्त्रण कार्यलाई अझ बढी संवेदनशिल भएर जिल्ला पशु सेवा कार्यालयलाई सघाउनुपर्ने, स्थानीय नगरपालिकाले स्थानीय प्रशासन र पशु सेवा कार्यालयसँग समन्वय गरेर मरेका कुखुराहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ।


राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगवहादुर बिसीका अनुसार सातदिने प्रतिवन्धका कारण कुखुरा व्यवसायी तथा किसानले अर्बौ मूल्यबराबरको क्षति व्यहोर्नुपरेको दावी गरे। उनका अनुसार प्रतिवन्धका कारण दैनिक सात करोड मूल्य बराबरको घाटा कुखुरा व्यवसायीहरूले व्यहोरेको जानकारी दिए। संघका अनुसार उपत्यकामा दैनिक करिब ७ करोड मूल्य बराबरको दुईलाख ५० हजार किलो कुखुरा मासुको खपत हुन्छ।

काठमाडौं, २३ साउन , 2070

Comments