सुरक्षित छैन पारोयुक्त सामाग्री

  • राजेश बर्मा
नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्रीवितरण भइरहेको पारोयुक्त सीएफएल चिम र ट्युबलाइटले वातावरणमा मन्द विष छरिरहेको तथ्य पछिल्लो एक अध्ययनले बाहिर ल्याएको छ। ऊर्जासंकट कम गर्ने उद्देश्यका साथ पछिल्लो समयमा यस्ता बœाीको बिक्रीवितरण नेपालमा प्राथमिकताका साथ भइरहेको छ।

चिममा हुने पारोले वातावरणसँगै जनावर, चराचुरुंगी, माछा र मानवस्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको निष्कर्ष अध्ययनबाट निस्केको छ। जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले दुई वर्ष लगाएर गरेको अध्ययनले यस्ता चिम प्रयोग गर्नेहरू बढी जोखिममा परेको निष्कर्ष पनि निकालेको छ। पारोयुक्त सीएफएल र ट्युबलाइट बœाीले विष छरिरहेका छन्। यसलाई नियन्त्रण गर्ने कुनै सरकारी योजना छैन’, अध्ययनमा संलग्न वरिष्ठ वातावरणविज्ञ रामचरित्र साहले भने।

लोडसेडिङ बढेपछि ऊर्जा बचाउन पारोयुक्त सीएफएल र फ्लोरिसेन्ट बœाीको प्रयोग सर्वसाधारणले अत्यधिक मात्रामा गर्दै आएका छन्। राजधानीस्थित विभिन्न स्वास्थ्यसंस्था, चिकित्सक, विद्यालय, कलेजलगायतका स्थानमा पारोको असरबारेमा केन्द्रले अध्ययन गरेको थियो। साहले पारोयुक्त वस्तुको असुरक्षित प्रयोगले चिकित्सक, बिरामी, बिरामीकुरुवा, विद्यार्थी र फोहोर उठाउने कामदार सबैभन्दा धेरै जोखिममा रहेको अन्नपूर्ण पोष्टïलाई बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार पारोले स्नायु, पाचन, श्वासप्रश्वास प्रणालीलगायत मृगौला र फोक्सोमा असर पार्छ । पारोबाट प्रभावित व्यक्ति रिसाउने, बौलाउने, लजाउने र काम्ने गर्छन्। त्यसैगरी हेर्ने र सुन्ने शक्तिमा समेत ह्रïास आउने अध्ययनको निष्कर्ष छ। यसले गर्भवती महिलालाई समेत धेरै असर गर्ने साहले बताए। उनले भने, ‘यसको प्रयोगले ज्यान गुमाउनेसम्मका घटना भएका छन्।साहका अनुसार विकसित देशहरूमा पारोको मात्रा, मूल्य र गुणस्तरका आधारमा मात्रै पारोयुक्त वस्तु प्रयोग गर्न पाउने व्यवस्था छ तर नेपाल सरकार भने यस विषयमा मौन छ।

एउटा सीएफएल चिममा २५ र फ्लोरिसेन्ट ट्युबलाइटमा १२ मिलिग्रामसम्म पारो प्रयोग हुन्छ। सेतो चाँदीजस्तो टल्किने गरुंगो धातुलाई पारो भनिन्छ। ज्वरो नाप्ने थर्माेमिटर, रक्तचाप नाप्ने यन्त्र, दाँतमा चाँदी भर्न, सीएफएल चिम, ट्युबलाइट, ब्याट्री, गरगहना, आयुर्वेदिक औषधिलगायतमा पारोको प्रयोग हुन्छ। पारोको असरलाई दृष्टिïगत गर्दै संयुक्त राष्टï्रसंघले सन् २०१३ मा छुट्टै अभिसन्धि ल्याउने तयारी गरिरहेको छ।
काठमाडौं,३ असार 2068
 

Comments