विना टेण्डर ८० मेट्रिक टन दुग्धजन्य पदार्थ खरिदको तयारी

  • राजेश बर्मा
चाडपर्वलाई भन्दै दुग्ध विकास संस्थान(डिडिसी)ले भारतसँग टेण्डर विना नै ८० मेट्रिक टन दुग्धजन्य पदार्थ खरिद गर्ने प्रकृया अघि बढाएको छ। भारतको पटनास्थित वैशाली पाटलीपुत्र दुग्ध उत्पादक सहकारी संघ(सुधा)सँग ४० मेट्रिक टन दूधको पाउडर र सोही परिमाणमा वटर(सेतो म खन) खरिद गर्ने प्रकृया अघि बढाएको हो। संस्थानले डेढ महिनाअघि पनि खरिद ऐन र आर्थिक विनियावली विपरित विना टेण्डर दूग्धजन्य पदार्थ खरिद गरेको थियो।



संस्थानका महाप्रवन्धक सियारामप्रसाद सिंहका अनुसार दशैंको समयमा दूध, घ्युलगायत दुग्धजन्य पदार्थको माग अत्याधिक बढ्ने भएकाले आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतबाट खरिद गर्न लागिएको हो। टेण्डर प्रकृयाबाट खरिद गर्दा तीन महिना जति समय लाग्ने भएकाले विना टेण्डर सोझै उत्पादनकर्ता क पनीसँग खरिद गर्न लागिएको महाप्रवन्धक सिंहले दावी गरे।

पाटलीपुत्र दुग्ध सहकारी संघले संस्थानलाई भंसार शुल्क र ढुवानी खर्च वाहेक पटनामा प्रति मेट्रिक टन धुलो दूध २ लाख ३५ हजार र प्रति मेट्रिक टन वटर २ लाख ५५ हजार भारतीय रूपैयाँमा उपलब्ध गराउने सहमति जनाएको छ। ‘टेण्डर प्रक्रियाबाट खरिद गर्दा चाडपर्व सकिसक्छ। त्यस्तो बेलामा दुग्धजन्य पदार्थको आवश्यता पनि आन्तरिक बजारमा नहुने भएकाले सोझै खरिद गर्ने प्रकृया सुरू गरेका छौं,’ उनले भने। दुग्धजन्य पदार्थ खरिद गर्ने गृहकार्यलाई अन्तिम रूप दिन पाटलीपुत्रका प्रवन्ध निर्देशक सुधिरकुमार सिंह अहिले राजधानी आइपुगेका छन।


गत आर्थिक बर्षमा चितवनस्थित चितवन मिल्क लिमिटेडले ठूलो परिमाणको धुलो दूध र वटर उपलब्ध नगराएका कारण संस्थानले अहिले थप आर्थिक भार सहेर भारतसहित आन्तरिक बजारबाट सोझै दुग्धजन्य पदार्थ खरिद गर्दैआएको छ। संस्थानले गत आर्थिक वर्षमा चितवन मिल्कलाई ८ सय मेट्रिक टन कच्च दुध दिएवापत उक्त क पनीबाट करिब ६६ मेट्रिक टन धुलो दूध र करिब ९० मेट्रिक टन वटर प्राप्त गर्नुपर्ने थियो। ‘तर हालस म धुलो दूध पनि प्राप्त भएन। न त वटर नै प्राप्त हुन सक्यो,’ संस्थानका एक अधिकारी भन्छन,‘चितवन मिल्क कारखानाले दुग्धजन्य पदार्थ त दिएनन। उक्त पदार्थ वापतको करिब ८ करोड रूपैयाँसमेत उपलब्ध नगराउदा संस्थान घाटामा गएको छ। ’
संस्थानको आर्थिक विनियावलीले १ लाख ५० हजार रूपैयाँस म विना टेण्डर सोझै खरिद गर्न सक्ने व्यवस्था गरेको छ। खरिद ऐन र संस्थानको आर्थिक विनियावलीअनुसार १ लाख ५० हजारभन्दा बढी मूल्य बराबरको सामान खरिद गर्न ४० दिनको याद दिएर टेण्डर आह्वान गर्नुपर्ने हुन्छ। तर संस्थानले उक्त प्रावधान विपरित विना टेण्डर विगत डेढ महिनाभित्रमा यसअघि करिब ४ करोड ३० लाख मूल्यबराबरको दुग्धजन्य पदार्थ खरिद गरेको थियो। करिब १ करोड मूल्य बराबरको २२ मेट्रिक टन वटर आयल संस्थानले खरिद गरेको थियो। दूधमा ३ प्रतिशतका दरले चिल्लोपना मिसाउदा वटर आयल मिसाउने गरिन्छ। यस्तै सोही अवधीमा करिब १ करोड ७० लाख मूल्यबराबरको ४० मेट्रिक टन वटर र करिब १ करोड ६० लाख मूल्यबराबरको धुलो दूध संस्थानले विना टेण्डर खरिद गरेको थियो।

संस्थानले यसअघि ५० मेट्रिक टन धुलो दूध खरिद गर्न १५ दिने टेण्डर आह्वान गरेको थियो। उक्त टेण्डरमार्फत प्रति बोरा ११ हजार २ सय ५० रूपैयाँका दरले ५० मेट्रिक टन संस्थानले खरिद गरेको थियो। त्यसलगक्तै विना टेण्डर पुन: संस्थानले प्रति बोरालाई ११ हजार ५ सय पर्ने गरी करिब ३२ मेट्रिक टन धुलो दूध खरिद गरेको थियो।
काठमाडौं, २८ भदौं , 2070

Comments