दुग्ध संस्थानका अधिकाँश पदार्थ गुणस्तरहिन

  • राजेश बर्मा
नेता तथा उच्च कर्मचारीलाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण गर्दैआएको दुग्ध विकास संस्थान(डिडिसी) ले गुणस्तरहिन दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दैैआएको रहष्य खुलेको छ। बजारमा बितरण हुँदै आएको दुग्धजन्य पदार्थको गुणस्तर परीक्षण गर्ने क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो तथ्य फेला पारेको हो। संस्थानले गुणस्तरहिन पदार्थ उत्पादन गरेर उपभोक्ताको स्वास्थ्यसँग सिधै खेलवाड गर्दैआएको छ।



 प्राप्त गोप्य एक प्रतिवेदनअनुसार संस्थानअन्तर्गतका केन्द्रीय आयोजना तथा विभिन्न जिल्लास्थित रहेका आयोजनाहरूमार्फत उत्पादित विभिन्न दुग्धजन्य पदार्थहरूमा मिसावट, मापदण्डभन्दा गुणस्तरहिन रहेको पुष्टि भएको छ। को बारेमा परीक्षण गर्दै विभागले जारी गरेको एक प्रतिवेदनअनुसार अधिकाँश पदार्थ गुणस्तरहिन रहेको पुष्टि गरेको छ। संस्थानको लैनचौरस्थित दुग्ध पदार्थ आयोजना, बालाजु आयोजना, विराटनगर, हेटौडा, जनकपुर, लु िबनी, नेपालगञ्ज, धनगढीलगायत स्थानका दुग्ध वितरण आयोजनाबाट उत्पादन हुने दूध र दुग्ध पदार्थ मापदण्डविपरित र गुणस्तरहिन रहेको विभागको प्रतिवेदनमा उल्लेख छ।
विभागले परीक्षणका लागि उपत्यकामा रहेका र उपत्यका वाहिर रहेका विभिन्न आयोजनाहरुबाट २ सय ६४ वटा नमूना संकलन गरेको थियो। संकलित नमूनामध्ये ३५.३२ प्रतिशत निर्धारित तौलभन्दा कम तौलको र २९.४४ प्रतिशत निर्धारित तौलभन्दा बढीको दूधको प्याकेट भेटिएको छ। प्याकेटसहितको दूधको तौल ५ सय १२ ग्रामको हुन्छ। विभागको प्रतिवेदनका अनुसार १६ वटा नमूनामध्ये ६ वटामा कोलिफर्म(व्याक्टेरिया) को मात्रा भेटिएको छ। संकलित दूधको परीक्षण गर्दा अ िलएपनाको मात्रा अत्याधिक भएर दूध फाटेको, चिल्लोपना र चिल्लोपना वाहेकका ठोस पौष्टिक पदार्थ(एसएनएफ)को मात्रा मापदण्डभन्दा निक्कै कम पाइएको छ। 'शुद्ध दूधमा नपाउनुपर्ने तत्वहरू अ िलयपना, सोडा, नुन र चिनीको परिमाण पनि धेरै पाइएको छ,Ó विभागद्वारा तयार पारिएको प्रतिवेदनमा भनिएको छ,'घ्यु, बटर, लालमोहन, पेडा र दहीमा पनि मापदण्डभन्दा कम परिमाणमा आवश्यक तत्व भेटिएको छ।Ó परीक्षणको क्रममा दूधमा चिल्लोपनाको मात्रा दुइ प्रतिशतस म मात्र भेटिएको छ। यसैगरी एसएनएफको मात्रा ६ प्रतिशत भेटिएको छ। खाद्य विभागको मापदण्डअनुसार दूधमा क ितमा ३ प्रतिशत चिल्लोपना र ८ प्रतिशत एसएनएफको परिमाण हुनुपर्छ।


विभागका  वरिष्ट खाद्य अधिकृत प्रमोद कोइरालाका अनुसार दूधमा कुनै पनि अवस्थामा सोडा मिसाउन पाइदैन। सोडा मिसाइएको दूधको सेवनबाट ब्लडप्रेसर बढ्ने र मुटुका विरामीलाई झनै अस्वस्थ्य बनाउछ। 'शुद्ध दूधमा नुन र चिनीको परिमाण पनि  हुंदैन। मिसावट भएको र गुणस्तरहिन भएको दूधमा मात्र नुन, चिनी र सोडाको परिमाण भेटिन्छ,Ó उनले भने,'दूधमा कोलिफर्म(विभिन्न रोगका जिवाणु) पनि कुनै शर्तमा हुनुहुन्न।Ó विभागका अनुसार दूध जति पुरानो हुँदै जान्छ त्यति नै परिमाणमा अ िलयपना बढ्दै गएर दूध फाट्ने स भावना हुन्छ। दूधमा कोलिफर्मको परिमाण बढ्दै गएर फाट्ने हुन्छ। स्रोतका अनुसार यो महिनामा मात्रै बालाजु आयोजनामा १६ लाख मूल्य बराबरको करिब ३० हजार लिटर दूध फाटेर खेर गएको छ।


संस्थानको संचालक समितिको निर्णय विरू द्ध बजारमा बिक्रि हुन नसकेको दूध फिर्ता लिदैंआएका रहष्यसमेत खुलेको छ। विभिन्न कर्मचारी युनियनको पटक पटकको विरोध र संचालक समितिले गरेको निर्णय विरू द्ध महाप्रवन्धक सिंहको निर्देशनमा बालाजु आयोजना केन्द्रबाट उत्पादन भएका दूध बजारबाट फिर्ता लिने काम भइरहेको छ। संस्थानका एक प्राविधिक कर्मचारीका अनुसार बजारमा बिक्रि हुन नसकेका दैनिक करिब एकहजारदेखि दुईहजार लिटर बराबरको पोका फिर्ता लिने काम भइरहेको छ। फिर्ता लिइएको दूधलाई पुन: प्याकेटमा हालेर संस्थानले बजारमा पठाउदै आएको छ। स्रोतका अनुसार बजारबाट फिर्ता आएको दूध नै महाप्रवन्धक सिंहले उपहारमा विभिन्न व्यक्तिहरूलाई उपलब्ध गराउदै आएका छन।


विभागले बजारमा गइसकेको दूध कुनै पनि अवस्थामा पुन: फिर्ता लिन नहुने जानकारी दिएको छ। विभिन्न प्रकृयाबाट बजारमा गइसकेको दूध पुन: फिर्ता लिंदा उक्त दूध गुणस्तरहिन अवस्थामा पुगिसकेको विभागका वरिष्ट खाद्य अधिकृत कोइरालाले जानकारी दिए। 'दूध त्यसै पनि व्याक्टेरियाबाट प्रभावित हुन्छ। दूध जति बढी तापक्रममा पुग्छ। ब्याक्टेरियाको सं या पनि दोब्बर/तेब्बर हुँदै जान्छ। ब्याक्टेरियाको सं या बढ्दै गएपछि उक्त दूध गुणस्तरहिन हुन जान्छ,Ó उनले भने,'यस्ता दूध स्वास्थ्यको लागि हानिकारक मानिन्छ। यस्ता दूध पुन: सेवन गर्दा झाडा पखाला, बान्ता र फुड प्वाइजन हुनसक्ने बढी स भावना हुन्छ।Ó

छानविन गर्न तीनसदस्यीय समिति
नेता र कर्मचारीलाई सित्तैमा पाँच करोडको घ्यु र दुध भन्ने शिर्षकमा गत विहिबार अन्नपूर्ण पोष्टले प्रकाशित गरेको समाचारको बारेमा यर्थाथ बुझ्न कृषि विकास मन्त्रालयले पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक दिनेश पराजुलीको संयोजकत्वमा तीनसदस्यीय छानविन समिति गठन गरेको छ। समितिमा पशुसेवा विभागका कानुन अधिकृत सूर्यवंश कँडेल र संस्थानहरू हेर्ने मन्त्रालयकातर्फबाट शाखा अधिकृत विदुर कार्कीलाई राखिएको छ। समितिलाई सातदिनभित्र छानविन गरेर प्रतिवेदन बुझाउन मन्त्रालयले समय दिएको प्रवक्ता डा.प्रभाकर पाठकले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। 'गहन रूपमा यर्थाथ बुझन छानविन समिति गठन गरेका छौं,Ó उनले भने,'समितिको प्रतिवेदन आएपछि मात्र बिस्तृत जानकारी प्राप्त हुन्छ।Ó
काठमाडौं, २६ चैत , 2069

Comments