नेता र कर्मचारीलाई चार करोडको दुध घ्यू सित्तै

घाटाको डिडिसीमा लुट

  • राजेश बर्मा
घाटामा सञ्चालित सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान(डिडिसी) ले वार्षिक करिव पाँच करोडको दुध र घ्यू सित्तै बाड्ने गरेको छ। सित्तै दुध, घ्यू, दहीलगायत दुग्ध उत्पादन खानेमा राजनीतिक दलका नेता, उच्चपदस्थ वहालवाल र पूर्व सरकारी कर्मचारी तथा संस्थानका कर्मचारीहरू रहेका छन्। संस्थानले हरेक दिन उनीहरूका घरघरमा दुग्ध उत्पादन पु:याउने गरेको छ। संस्थानले गत आर्थिक बर्ष ०६८/०६९ मा करिब १७ करोड घाटा व्यहोरेको थियो। संस्थानले वर्षौदेखि सित्तैमा आ ना उत्पादनहरू नेतादेखि प्रशासकस मलाई पु:याउँदै आएको छ। संस्थानका अध्यक्ष र महाप्रवन्धकले आ नो पद जोगाउन र अनियमितता ढाकछोप गर्न सित्तैमा महंगो मूल्यका दुग्ध उत्पादनले 'सेवा गर्ने' गरेका छन्।



हाल सियारामप्रसाद सिंह र संस्थानका सञ्चालक समितिका अध्यक्ष सशिकपुर मियाँको मिलोमतोमा वहालवाला तथा वहालमा नरहेका उच्च सरकारी कर्मचारी तथा आ ना निकटका नेताहरूको घरदैलोमा दुध, घ्यु, बटर, चिज, लालमोहन, पेडा, पनिर, आइसक्रिम र दही नि:शुल्क पु:याउने गरिएको छ। संस्थानसँग कुनै नातास बन्ध नभएका राजनीतिक दलका नेता कार्यकर्तासमेतले दुध र दुग्धजन्य पदार्थ नि: शुल्क पाउदै आएका छन।

हाल दैनिक रूपमा सित्तैमा दुध, घ्यू, दही, पनिर लगायत दुग्ध उत्पादन पाउनेहरूमा एकीकृत माओवादी नेतृ हिसिला यमी, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल र प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठ, पूर्व कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्त, उनका स्वकीय सचिब रामबाबु साह, अ ितयार दुरूपयोग अनुसन्धान आयोगका पूर्व उपसचिब रमेश पोखरेल, कृषि विकास मन्त्रालयका उपसचिब प्रह्रलाद पुडासैनी र सोही मन्त्रालयका मन्त्रीका स्वकिय सचिब रामबाबु दवाडी, अर्थ मन्त्रालयका उपसचिव केदार पनेरू, तराई मधेश राष्ट्रिय अभियानका नेता आत्माराम साहसहित करिब तीन दर्जन उच्च ओहोदाका कर्मचारी तथा राजनीतिक दलका नेताहरु छन।

'अध्यक्ष र महाप्रवन्धकले जुन पार्टीको सरकार छ,त्यही पार्टीका नेतालाई दुध घ्यू र दहीले सेवा गर्ने प्रचलन छ,' संस्थानस बद्ध कर्मचारी युनियनका एक नेताले भने,'कृषि मन्त्रीका निवासमा चाहिने जति बिहानै दुध, घ्यु, दही र पनिर पुग्ने गरेको छ।' संस्थानका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू र संस्थानमा कार्यरत सबै कर्मचारीहरू दुध र दुग्धजन्य पदार्थ नि: शुल्क उपभोग गर्दै आएका छन। सित्तैमा नेता कर्मचारीको घरघरमा दुग्ध उत्पादन पु:याउन संस्थानको बा १ ञ १११७ र बा १ ञ १८८२ न बरका सबारी साधनका खटाउने गरिएको छ। स्रोतका अनुसार महाप्रवन्धक सिंह र अध्यक्ष मियाँले आ नो पद सुरक्षित रा न शक्ति केन्द्रहरूलाई संस्थानमा रेकर्ड नै नराखी दैनिक हजारौं मूल्यका दुग्ध उत्पादन बाड्दै आएका छन। महाप्रवन्धकले अतिथी सत्कार भन्दै दैनिक एक हजार मूल्यका थप उत्पादन बाड्ने गरेका छन्।

संस्थानका प्रत्येक कर्मचारीले दैनिक ५० रूपैयाँ मूल्य बराबरको दुई प्याकेट दुध र महिनामा एक पटक ६ सय १५ रूपैयाँ पर्ने एक किलो घ्यु पाउने गरेका छन। घाटा व्यहोर्दै आएको संस्थानका करिब १ हजार ३ सय कर्मचारीलाई दैनिक ६५ हजार मूल्य बराबरको दुध र मासिक ७ लाख ९९ हजार ५ सय मूल्य बराबरको घ्यु बाँडिन्छ। महाप्रवन्धक सिंहले कर्मचारीलाई नि: शूल्क रूपमा दुध र दुग्धजन्य पदार्थ उपलब्ध गराइए पनि शक्ति केन्द्रलाई नि: शुल्क रूपमा नबाँडिएको दावी गरे। संस्थानका कर्मचारीहरू भने महाप्रवन्धकले विभिन्न शिर्षकको बजेट प्रयोग गर्दै दुध घ्यू बाड्ने गरेको बताउँछन्। 'विभिन्न शक्ति केन्द्रका परिबारका सदस्यहरुको शुभकार्य हुँदा र दशैं, तिहार, छठ, होली र तिज पर्व हुँदा छुट्टै हजारौं मूल्यबराबरको नि:शुल्क दुग्धजन्य पदार्थ बाड्ने गरिएको छ,Ó एक कर्मचारीले अन्नपूर्ण पोष्टलाई बताए।
काठमाडौं, २२ चैत, 2069 

Comments