कहाँ हरायो डिडिसिको करिब नौं करोडको धुलो दूध र म खन !

धुलो दूध प्रयोग नगरिदा छुट्टै करिब २६ करोडको घाटा हुने स भावना



  • राजेश बर्मा
दुग्ध विकास संस्थान(डिडिसि)ले चितवनस्थित चितवन मिल्क लिमिटेडबाट धुलो दूध र म खन मगाउन नसक्दा करिब नौं करोड मूल्य बरावरको घाटा व्यहोर्नुपरेको छ। बढी दूध उत्पादन हुने समयमा खपतभन्दा बढी संकलन भएका दूधबाट तयार हुने धुलो दूध र म खन मगाउन डिडिसिका महाप्रवन्धक सियारामप्रसाद सिंहले उदासिनता देखाएका कारण संस्थानले ठूलो मूल्य बराबरको घाटा व्यहोरेको हो।



चितवन मिल्कबाट यस चालु आर्थिक बर्षमा कच्चा दूधबाट निर्माण गरेर आउनुपर्ने ६६ मेट्रिन टन धुलो दूध र ९० मेट्रिक टन म खन भित्र्याउन महाप्रवन्धक सिंहले चासो नदेखाउदा संस्थानलाई करौडौं रूपैयाँबराबरको घाटा भएको छ। कात्तिकदेखि माघस म दूध बढी उत्पादन हुने र संकलनसमेत अत्याधिक भएकाले खपत हुन नसकेको दूध संस्थानले धुलो दूध र म खन बनाउन चितवन मिल्कमा पठाउदैआएको छ। चालुआर्थिक बर्षमा बढी संकलन भएका करिब ८ सय मेट्रिक टन दूध चितवन मिल्क उद्योगमा धुलो दूध र म खन बनाउन डिडिसिले पठाएको थियो। दुईपक्षिय स झौताअनुसार दूध पठाएको १५ दिनभित्रमा धुलो दूध र म खन संस्थानले प्राप्त गरिसक्नुपर्ने थियो।


'तर उक्त परिमाणको धुलो दूध र म खन हालस म संस्थानले प्राप्त गर्न सकेको छैन,Ó स्रोतले भन्यो,'महाप्रवन्धक सिंह विभिन्न प्रकारले रकम दुरूपयोग गरेर संस्थानलाई टाट पल्टाउन लागेका छन। संस्थानलाई घाटा हुने गरी हाम्रै दूधबाट सिंह र चितवन मिल्कले करोडौं मुनाफा कमायो।Ó महाप्रवन्धक सिंह यही वैशाख २ गते अवकाश प्राप्त गर्दैछन। स्रोतका अनुसार महाप्रवन्धक सिंहले डेरी व्हाइटरबाट आएको रकम बीरगंजस्थित आ नो नीजि कलैया डेरी सेन्टरमा लगानी गरेका छन। 'संस्थानले पठाएको कच्चा दूधबाट निर्माण हुने भनिएको न धुलो दूध प्राप्त भयो, नत म खन नै प्राप्त गर्न सक्यो। महाप्रवन्धले चासो नदेखाउदा ति दुवै सामाग्री बराबरको करिब नौं करोड रूपैयाँसमेत प्राप्त गर्न सकेको छैन,Ó स्रोतले भन्यो।


चितवन मिल्कका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले संस्थानबाट प्राप्त भएको कच्चा दूधको धुलो दूध र म खन तयार पारेर विभिन्न चरणमा संस्थानलाई उपलब्ध गराइएको दावी गरे। 'हामीले प्राप्त गरेका दूधको धुलो बनाएर र म खन नियमित रूपमा संस्थानलाई उपलब्ध गराउदै आएका छौं,Ó कार्यकारी निर्देशक श्रेष्ठले टेलिफोनमार्फत अन्नपूर्ण पोष्टलाई भने,'तर कुन मितिमा कति परिमाणमा धुलो दूध र म खन पठाइएको हो भन्ने बारेमा मलाई जानकारी भएन।Ó चितवन मिल्कबाट धूलो दूध र म खन प्राप्त हुँदै आएको दावी गर्दै महाप्रवन्धक सिंहले कुन परिमाणमा कहिले उक्त पदार्थ प्राप्त भयो भन्ने बारेमा अनभिज्ञता व्यक्त गरे।


संस्थानस बद्ध स्रोतका अनुसार रकम र दुग्धजन्य पदार्थ नपाएर घाटा व्यहोरेको अवस्थामा महाप्रवन्धक सिंहले दूध वापत किसानलाई दिनुपर्ने रकम र कर्मचारीलाई खुवाउनुपर्ने तलब भत्ताका लागि विभिन्न बैंकबाट साढे १२ प्रतिशत व्याजमा १५ करोड ऋण उठाएका छन। 'तर महाप्रवन्धक सिंहले चितवन मिल्क उद्योगबाट रकम र दुग्धजन्य पदार्थ ल्याउन भने कुनै पहल गरेका छैन। जसका कारण संस्थानको टाट पल्टिन लागेको छ,Ó स्रोतले भन्यो। चितवन मिल्कमा डिडिसिको १२ प्रतिशत लगानी छ।


संस्थानसँग अहिले करिब २६ करोड मूल्यबराबरको ८ सय मेट्रिक टन धुलो दूध मौज्दात छ। गत आर्थिक बर्षमा चितवन मिल्कबाट सय मेट्रिक टन र बाँकी विराटनगरस्थित संस्थानका आ नै आयोजनाबाट प्राप्त भएको थियो। संस्थानले कम दूध उत्पादन हुने समयमासमेत धूलो दूध उपयोगमा नल्याएका कारण संस्थान धारासायी हुने अवस्थामा पुगेको छ। स्रोत भन्छ,'समयमा धुलो दूधको प्रयोग नगरिएका कारण यही असारमा याद नाघेर संस्थानले करोडौं रूपैयाँबराबरको घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।Ó संस्थानले तत्कालै उक्त धुलो दूध प्रयोग गर्न खोजेमा पनि ४ सय मेट्रिक टन मात्र खपत हुने अवस्था छ। एक मेट्रिक टनलाई ३ लाख २५ हजार मूल्य पर्छ। कम दूध उत्पादन हुने समयमा यही धूलो दूधलाई तरल दूध बनाएर संस्थानले बिक्रि वितरण गर्दैआएको छ।


गत आर्थिक बर्षमा चितवन मिल्क उद्योगबाट प्राप्त भएकामध्ये ४ मेट्रिक टन र विराटनगरस्थित संस्थानको आ नै आयोजनाबाट निर्माण भएको ३ मेट्रिक टन धुलो दूधको उपयोग गरिसक्नुपर्ने याद सकिनै लागेको छ। संस्थास बद्ध एक प्राविधिक अधिकृतका अनुसार मौज्दात रहेको तीन मेट्रिक टन धुलो दूधको याद आगामी वैशाखमा सकिंदैछ। संस्थानले कम दूध उत्पादन हुने समयमा आ नो धूलो दूध प्रयोग गर्नुपर्ने स्थानमा बुटवलस्थित नीजि क्षेत्रको लु िबनी डेरीबाट कम गुणस्तरको दूध खरिद गरेर आ नो आयोजना लु िबनी दुग्ध वितरण आयोजनामार्फत वितरण गर्दैआएका छन।
काठमाडौं, २९ चैत, 2069

Comments