'भारतले वर्ड लु नेपाल भित्र्यायो' : नेकपा माओवादी

३२ लाख कुखुरा घट्यो


  • राजेश बर्मा

छिल्लो समयमा नेपालमा भयावह रूपमा फैलिएको वर्ड लुको संक्रमण भारतले नेपालमा भित्र्याएको नेकपा माओवादीले आरोप लगाएको छ। माओवादीका सचिब देव गुरूङले गलैंचा र गार्मेन्ट उद्योगलाई ध्वस्त पारेजस्तै भारतीय एकाधिकार बजार विस्तारवाद नीतिका कारण आत्मनिर्भरतर्फ उन्मुख पोल्ट्री व्यवसायलाई पनि ध्वस्त बनेको आरोप लगाएका छन। राजधानीमा शुक्रबार स वाद डबलीमा नेपाल पर्यावरण संरक्षण तथा स वद्र्धन संघ तथा नेपाल पोल्ट्री फेडेरेशनद्वारा संयुक्त  रूपमा आयोजित 'पोल्ट्रीका समस्याहरू र राज्यका दायित्वहरू ' बिषयक अन्तरक्रिया कार्यक्रममा नेता गुरूङले यस्तो आरोप लगाएका हुन।
नेता गुरूङले भारतीय एकाधिकार बजार विस्तारवाद नीतिअन्तर्गत भारतले विभिन्न माध्यमहरूबाट वर्ड लुको भाइरस नेपालमा भित्र्याएर पोल्ट्री व्यवसाय ध्वस्त वनाएको आरोप लगाए ।


'भारतले दाना, औषधी, रसायनिक, मासुजन्य पदार्थ र अन्य माध्यमबाट नेपालमा भाइरस भित्र्याएका हुन, यही भाइरसका कारण नेपालका सबै कुखुरामा वर्ड लु फिजिंएको हो,Ó उनले भने,'सरकारले पनि भारतीय कृषिजन्य बस्तुको बजारलाई संरक्षण दिएर नेपालको पोल्ट्री व्यवसायलाई ध्वस्त बनाउन ठूलो भूमिका खेलेको छ।Ó नेकपा एमालेले पनि यसअघि भारतका कारण नेपालमा वर्ड लुको संक्रमण फिंजिएको आरोप लगाएको थियो।

 नेकपा माओवादी भारतीय विस्तारवादी बजार नीतिलाई अवरोध गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउदै सचिब गुरूङले दशैंलाई लक्षित गरेर भारतबाट नेपाल भित्र्न लागेका कृषिजन्य बस्तु तथा कुखुराजन्य पदार्थलाई वीरगंज, भैरहवालगायतका अन्य नाकामा खटिएका आ ना पार्टीका कार्यकर्ताहरू नियन्त्रणमा लिएर नष्ट गर्ने भण्डाफोर कार्यक्रम शुरू गर्न लागेको जानकारी दिए। 'हाम्रा कार्यकर्ताहरू नाकाहरूमा खटिसकिएका छन। हामीले भारतबाट भित्र्ने कृषिजन्य र कुखुराजन्य पदार्थहरू नाकाहरूबाट नेपाल भित्र्न नदिने कडा निर्देशन दिएका छौं,Ó उनले भने,'नेपालको पोल्ट्री व्यवसाय ध्वस्त हुँदा सबैभन्दा बढी भारतलाई फायदा पुगेको छ। पोल्ट्री व्यवसाय आत्मनिर्भर उन्मुख हुँदा भारतलाई टाउको दुखाई भएको थियो। अहिले पोल्ट्री व्यवसाय ध्वस्त हुँदा भारतलाई फेरी निर्यात गर्ने बाटो खुलेको छ। नेपालमा कुनै पनि उद्योगलाई अघि बढ्न नदिने भारतको नीति छ।Ó

 उनले पोल्ट्री व्यवसायलाई पुन: तग्रिन कृषि र कुखुराजन्य पदार्थको आयातमा रोक लगाउनुपर्ने, बिज्ञहरूले नाकामा कडाईका साथ निगरानी र परिक्षण गर्नुपर्ने, पीडित किसानहरूको श्रण मिनाहा गर्नुपर्ने, विदेशबाट बिज्ञहरू बोलाएर गहन रूपमा छानविन गर्नुपर्ने सुझाव दिए। एकिकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले आत्म निर्भरतर्फ उन्मुख हुन लागेको पोल्ट्री व्यवसाय ध्वस्त हुनुमा ठूलो षडयन्त्र भएको हुन सक्ने दावी गरेका छन। 'नेपालको अर्थतन्त्रलाई सिद्धाउन यो व्यवसायमाथी सुनियोजित रूपमा आक्रमण भएको छ। यसलाई तत्काल चिर्न आवश्यक छ। पोषण, खाद्य सुरक्षा, अर्थतन्त्र, रोजगार र कूल गार्हस्थ उत्पादनमा उल्ले य योगदान पु:याउदै आएको यो क्षेत्रलाई बचाउन सरकारले तत्कालै नयाँ दरमा क्षतिअनुसारको क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ,Ó नेता पौडेलले भने,'करौडौं भ्रष्टाचार गर्न मिल्ने तर पीडित किसानको ऋण मिनाहा गर्न नमिल्ने ? सरकारले तत्कालै ऋण पनि मिनाहा गर्नुपर्छ।Ó
नेपाल पोल्ट्री व्यवसाय महासंघका अध्यक्ष गुणचन्द बिष्टले सरकारले उचित क्षतिपूर्ति र ऋण मिनाहा नगरे आफुहरू यो व्यवसाय छाड्न बाध्य हुने गुनासो पोखे।  उनले कृषिजन्य बस्तुमा सरकारले लगाएको २० प्रतिशत कर तत्कालै खारेज गर्न मागसमेत गरे।  कार्यक्रममा पोल्ट्री व्यवसायी शिवप्रसाद शर्माले आफुले करौडौ मूल्य बराबरको क्षति व्यहोर्नुपरेको भन्दै भक्कानिएका थिए।

 नेपाल दाना उद्योग संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार पछिल्लो पटक फैलिएको वर्ड लुको संक्रमणका कारण १६ लाख कुखुरा मारिएको जानकारी दिए। त्यसमध्ये दुईलाख ५० हजारको सं यामा प्यारेन्ट्स जातका माउ पनि मारिएको बताए।  उनका अनुसार कूल गार्हस्थ उत्पादनमा यो क्षेत्रले ६४ अर्ब ६२ करोड मूल्य बराबरको योगदान पु:याउदै आएको छ। सन २०१२ मा ८ करोड ५५ लाख ९१ हजार कुखुराको सं या रहेकोमा सन २०१३ मा घटेर ८ करोड २३ लाख ४७ हजारमा घटेको जानकारी दिए।
काठमाडौं, ४ असोज 2070 Ashoj 4

Comments