- Get link
- X
- Other Apps
काठमाडौं: नेपाल आयल निगमका कर्मचारीले प्राप्त गर्दै
आएको लुगा धुने खर्चबापतको भत्ता खारेज भएको छ। निगम सञ्चालक समितिको
बैठकले भत्ता खारेज गर्ने निर्णय गरेको हो। वाणिज्य तथा आपूर्ति मन्त्रालयका निमित्त सचिव दीपक सुवेदीका अनुसार गत
मंगलबार निगम सञ्चालक समितिको बैठकले असोजदेखि लागू हुनेगरी भत्ता खारेज
गर्ने निर्णय गरेको हो।
यो सुविधाको उपभोग कार्यकारी निर्देशकसहित करिब
साढे ६ सय कर्मचारीले गर्दै आएका थिए। अन्य भत्ताका बारेमा पनि आवश्यक छलफल
भइरहेको सुवेदीले जानकारी दिए। निरन्तर घाटा र ऋणमा डुब्दै गएको निगमलाई
थप जोखिमबाट जोगाउन सुविधा कटौती गरिएको हो। ‘कर्मचारीको सहमतिमा लुगा धुने
भत्ता खारेज गरिएको हो’, निमित्त सचिव सुवेदीले भने, ‘तर निगम नाफामा
गएपछि पुन: उक्त सुविधा उपलब्ध गराउन सकिन्छ।’
निगमसम्बद्ध कर्मचारीले २०५२ सालदेखि जनही दैनिक १५ रुपैयाँका दरले
यस्तो शीर्षकमा रकम बुझ्दै आएका थिए। ‘त्यस बेला सञ्चालक समितिले गरेको
निर्णयअनुसार उक्त सुविधा कर्मचारीले उपभोग गर्दै आएका थिए’, सुवेदीले भने।
निगमको यो व्यवस्थाका कारण दैनिक नौ हजार पाँच सय ४० रुपैयाँ यो शीर्षकमा
खर्च भइरहेको थियो।
निगमले यसबाहेक कर्मचारीलाई जनही मासिक जोखिम खर्च भनेर चार हजार पाँच सय,
घर संरक्षण खर्चबापत चार सय ५० देखि एकहजार ६ सय २०, खाजा खर्च दैनिक २५ र
पोसाकमा अतिरिक्त ११ हजार पाँच सय ७६ देखि १३ हजार चार सय ४८ रुपैयाँ
वार्षिक रूपमा उपलब्ध गराउँदै आएको छ। यसैबीच मन्त्रिपरिषद्को स्वीकृतिमा निगमले मंगलबार नागरिक लगानी कोषबाट
एक अर्ब र सञ्चय कोषबाट एक अर्ब गरी दुई अर्ब रुपैयाँ साढे १२ प्रतिशत
ब्याजमा ऋण लिएको छ।
24 Ashoj , 2070
यो सुविधाको उपभोग कार्यकारी निर्देशकसहित करिब साढे ६ सय कर्मचारीले गर्दै आएका थिए। अन्य भत्ताका बारेमा पनि आवश्यक छलफल भइरहेको सुवेदीले जानकारी दिए। निरन्तर घाटा र ऋणमा डुब्दै गएको निगमलाई थप जोखिमबाट जोगाउन सुविधा कटौती गरिएको हो। ‘कर्मचारीको सहमतिमा लुगा धुने भत्ता खारेज गरिएको हो’, निमित्त सचिव सुवेदीले भने, ‘तर निगम नाफामा गएपछि पुन: उक्त सुविधा उपलब्ध गराउन सकिन्छ।’
Comments
Post a Comment