मरेका खसीबोका भित्र्याउँदै

  • राजेश बर्मा 
चाडवाडमा मात्र खसी, बोका, भेडा च्याङग्राको स्वास्थ्य परीक्षण गर्ने र अरु बेला कुनै चेक जाँच नहुने सरकारी नीतिका कारण व्यापारीहरूले मौकाको फाइदा उठाउदै राजधानीमा मरेका र रोगी मासुजन्य बस्तु भित्र्याउदै आएका छन। व्यापारी र नेपाल खाद्य संस्थानले खसी बोका उपत्यका भित्र्याउन थालिसक्दा पनि काठमाडौं महानगरपालिकाले भने अनुगमन तथा चेक जाँचको काम शुरू गरेको छैन।

अनुगमन गर्ने जि मेबारी पाएको महानगरपालिकाको बेवास्ताले लुकाई छिपाई मरेका र रोगी खसी बोका भित्र्याउने क्रम शुरू भइसकेको छ। पछिल्लो आइतबार र सोमबार खाद्य संस्थानको सातवटा मरेका खसी बोका नागढुंगा नाकामा फेला पारिएको थियो। नागढुंगामा वर्ड लुस बन्धी खटिएको केन्द्रिय क्वारेन्टाइन कार्यालयको टोलीले सातवटा मरेका खसीबोका फेला पारेको थियो। जाँचको क्रममा टोलीले आइतबार ९५ वटामध्ये एक र सोमबार भित्र्याउदै गरेको अवस्थामा २ सय २० मध्ये छवटा खसी मरेको फेला पारेको क्वारेन्टाइनका पशु चिकित्सक डा. केशव सिंहले जानकारी दिए। 

'दिउसो ल्याइएकाले जाँच गर्दा मरेको भेटियो,Ó उनले भने,'मरेका खसी बोकालाई तत्कालै खाल्डो खनेर गाडिएको थियो।Ó मरेका खसीको स्वास्थ्य परीक्षण बिना नै नष्ट गरिएको थियो। उनका अनुसार व्यापारीले महानगरपालिकाको अनुगमन टोली नखटिएकाले रात्रीकालिन समयको फाइदा उठाउँदै रोगी खसी बोका भित्र्याएको हुन सक्ने जानकारी दिए। सरकारले क्वारेन्टाइन टोलीका लागि रात्रिकालिन समयमा बस्ने र ड्युटी गर्न दिने व्यवस्था गरेको छैन। यसले गर्दा राति भित्र्याइने खसीबोका, रांगाको कुनै पनि प्रकारको चेक जाँच हुँदैन। स्रोतका अनुसार उपत्यका भित्रिने रोगी र मरेका खसी बोकालाई काटे्र व्यवसायीहरूले पसलमा राखेर ताजा मासु भन्दै बिक्रि वितरण गर्दैआएका छन। 

उपभोक्तावादी ज्योती बानियाले राज्यले पशुपक्षीको स्वास्थ्य परीक्षणविना नै मासु विक्रिवितरण गर्न दिएर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको बताए। उनले मरेका खसीबोका पाइएका गाडीमा रहेका सबैको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रि बितरण गर्नुपर्ने बताए। बानियाँले पशु बधशाला तथा मासु जाँच ऐनलाई राज्यले कार्यान्वयनमा नल्याउँदा उपभोक्ता ठगिदैं आएको उल्लेख गरे। पशु चिकित्सकहरूका अनुसार निमुनिया र क्षयरोग लागेर वा फोक्सोमा अत्याधिक रक्तश्राव भएर पनि खसी बोका मर्ने गर्छन। पशु स्वास्थ्य निर्देशनालयकाअनुसार पशुपंक्षीबाट विभिन्न प्रकारका करिव ७५ प्रतिशत रोगहरू मानिसमा छर्ने गर्छ। सरकारी स्वामित्वको खाद्य संस्थानले समेत सयवटा खसी बोकाको समूहमध्ये नमूनाको रूपमा एउटाको परीक्षण गरेर हचुवाको भरमा सबै स्वस्थ्य छ भनेर संस्थानले खसी बोका उपभोक्तालाई बिक्रि गर्दैआएको छ। 

प्रोटिनको प्रमुख श्रोत खसीको मासु भएको जानकारी गराउदै पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा. केशवप्रसाद प्रेमीले दशैंको समयमा सामान्य दिनभन्दा सातगुणा बढी खसी बोकाको मासु खपत हुने जानकारी दिए। सप्तमीदेखि प्रति व्यक्तिको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर २ सय १२ ग्राम पुग्ने गरेको उनले बताए। दशैंको समयमा उपत्यकामा करिब ६० हजारस म खसी बोकाको कारोबार र १२ लाख किलो मासुको खपत हुन्छ। विश्व स्वास्थ्य संगठनले प्रति व्यक्ति प्रति बर्ष १४ किलो मासु खानुपर्ने मापदण्ड निर्धारण गरेको छ। तर प्रति बर्ष प्रति नेपालीको भागमा ११ किलोको हाराहारीमा मात्र पर्छ। निर्देशनालयका अनुसार उपत्यकामा गरिएको एक अध्ययनका अनुसार कूल मासुको नमूनाहरूमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जिवाणु र ८० प्रतिशत नमूनामा कोलाईफर्म भेटिएको छ। अर्को अध्ययनअनुसार कूल नमूनामध्ये ४०.२ प्रतिशतमा साल्मोनेल्ला भेटिएको थियो। यस्ता जिवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छ।
काठमाडौं, १५ असोज, 2070

Comments