- राजेश बर्मा
दशैंको लागि खसी बोका किन्न बजार जाँदैहुनुहुन्छ भने निरोगिता चिन्हको आधारमा मात्र खरिद गर्नुहोला। निरोगिता चिन्ह नभएका खसी बोका खरिद गर्दै हुनुहुन्छ भने ठगिने स भावना हुनसक्छ। सरकारले बिक्रि स्थलमा ‘हरियो’ र ‘रातो’ चिन्ह छुट्टयाएर मात्र खसीबोका खरिद गर्ने व्यवस्था शनिबारदेखि राजधानीमा शुरू गरेको छ।
सरकारले स्वस्थ्य खसीको सिंगमा हरियो र अस्वस्थ्य खसीको सिंगमा रातो चिन्ह लगाउने अभियान शुरू गरेको छ। दशैं पर्वको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरूवा रोगवाट प्रभावित भएका खसी बोका उपभोक्तालाई बिक्रि गर्ने स भावना भएकाले सरकारले उपत्यका भित्र्ने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने अभियान शुरू गरेको हो। यो अभियान राजधानीका प्रमुख बिक्रि केन्द्रहरू बालाजु, कलंकी, बिजुलीबजार, खसीबजार(वागवजार) र नेपाल खाद्य संस्थानमा शुरू गरिएको छ।
काठमाडौं महानगरपालिका र भेटेनरी जनस्वास्थ्य कार्यालयले संयुक्त रूपमा यस्ता स्थानमा परीक्षण टोली खटाएको छ। टोलीमा एक पशु चिकित्सक, एक सहायक चिकित्सक, एक सहयोगी कर्मचारी, एक जनपथ प्रहरी र एक नगरप्रहरी गरी पाँचजनाको जनशक्ति परिचालन गरिएको छ। भेटेनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार पाँचवटै स्थानका व्यापारीहरूले खसीबोका बिक्रि गर्नुअछि यस्ता स्वास्थ्य टोलीबाट परीक्षण गराएर मात्र बिक्रि गर्नुपर्ने व्यवस्था मिलाइएको छ। यस्ता टोली आगामी शनिबारस म खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ।
उनका अनुसार शनिबारदेखि शुरू भएको परीक्षणको क्रममा आइतबार साँझस म ८ हजार ४ सय २५ वटा खसीबोकाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये खसीबजार, कलंकी र बिजुलीबजारका केही खसी कडा खालको ज्वरो, डायरिया र निमुनियाँबाट प्रभावित भएको फेला पारिएको थियो। 'बाँकी खसी बोका स्वस्थ्य देखिएकाले हरियो चिन्ह लगाएर बिक्रिका लागि बजार पठाएका छौं,Ó पशु चिकित्सक डा. उपाध्यायले बताए। उनका अनुसार कडा खालको ज्वरो, डायरिया, निमुनियाँ र क्षयरोग लागेको खसीबोकाको मासु मानवस्वास्थ्यका लागि घातक मानिन्छ। 'व्यापारीले दशैंको समयमा ज्वरो, निमुनिया, डायरिया र क्षयरोगबाट प्रभावित भएका खसीबोका सजिलै बिक्रि गर्दैआएका छन, यस्ता रोगबाट प्रभावित भएका खसीबोकाको मासु सेवन गर्दा मान्छेमा पनि त्यस्तै रोग सर्ने प्रवल स भावना हुन्छ,Ó डा. उपाध्यायले भने।
पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयका निर्देशक डा. केशवप्रसाद प्रेमीकाअनुसार उपत्यकामा गरिएको एक अध्ययनका अनुसार कूल मासुको नमूनाहरूमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जिवाणु र ८० प्रतिशत नमूनामा कोलाईफर्म भेटिएको छ। अर्को अध्ययनअनुसार कूल नमूनामध्ये ४०.२ प्रतिशतमा साल्मोनेल्ला भेटिएको थियो। यस्ता जिवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छ। अध्ययनअनुसार विगत १० बर्षमा देखिएको मानिसमा सर्ने रोगहरूमध्ये ७५ प्रतिशत पशुपंक्षीबाट सरेका छन।
निर्देशनालयका अनुसार दशैंमा सामान्य दिनभन्दा सातगुणा बढी खसी बोकाको मासु खपत हुने जानकारी दिए। सप्तमीदेखि प्रति व्यक्तिको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर २ सय १२ ग्राम पुग्ने गरेको उनले बताए। दशैंको समयमा उपत्यकामा करिब ६० हजारस म खसी बोकाको कारोबार र १२ लाख किलो मासुको खपत हुन्छ। दशैंमा दैनिक करिब २ सय ५० वटा राँगाको समेत खपत हुने गर्छ। विश्व स्वास्थ्य संगठनले प्रति व्यक्ति प्रति बर्ष १४ किलो मासु खानुपर्ने मापदण्ड निर्धारण गरेको छ। तर प्रति बर्ष प्रति नेपालीको भागमा ११ किलोको हाराहारीमा मात्र पर्छ।
सरकारले गत शुक्रबार रातिदेखि स्वास्थ्य परीक्षण अभियान शुरू गरेपनि मरेका र अस्वस्थ्य खसीबोका भित्रने क्रम भने रोकिएको छैन। उपत्यका भित्रने मु य नाकामा कडाईका साथ अनुगमन नगर्दा शनिबार राजधानीका खसीबोकाको बजारमा दुईवटा मरेका र १६ वटा विभिन्न रोगबाट प्रभावित भएका खसीबोका फेला पारिएको काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य तथा सामाजिक विकास विभागका प्रमुख डा. बाबुराम गौतमले जानकारी दिए।
काठमाडौं, २० असोज, 2070

Comments
Post a Comment