गौतम बुद्ध र सीताको जन्म बिहारमा भएको भारतीय नेता मोदी,


सुभक महतो
काठमाडौं । भारतीयहरुले भागवान गौतम बुद्धको जन्म भारतमा भएको हो भनेर गल्त दुश्प्रचार गरिहेको बेला भारतका एक उच्च तहका व्यक्तिले भगवान गौतम बुद्ध र माता सीताको जन्म बिहानमा भएको दावी गरेका छन् । केही दिन अघि पटनाको गान्धी मैदानमा भारत जनता पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भारतका अगामी प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीले भागवान गौतम बुद्ध र माता सीताको जन्म बिहारमा भएको दावी गरेका हुन् ।

केही दिन अघि यूट्यूवमा अपलोड गरिएको ४८ मिनेट ५२ सेकेन्ड लामो भिडियो भाषणमा मोदी बोल्नु भन्दा पहिला शंख बनाइन्छ । अनि त्यसपछि मोदीले आफ्नो भाषण सुरु गर्छन् । भाषणको मोदीले भनेका छन्, (२ मिनेट ४१ सेकेन्ड) भारतमा कुनै पनि परिवर्तन भयो त्यो बिहारको माटो बिना सम्भव थिएन । बिहार त्यो भूमि हो (३ मिनेट ३० सेकेन्ड) जहाँ सूर्य देवको रुपमा पूजा हुन्छ । यस्तै यस्तै गुणगाण गाएका छन् विहारको बारेमा मोदीले ।
उनी आफ्नो भाषणमा भनेका छन् (४ मिनेट ३४ सेकेन्ड), बिहारको समस्या भनेको सिमा समस्या हो र अर्को कोशीको बाढी समस्या । भारत सरकार नेपालसँग कोशी समस्या समाधानका लागि अघि बढेको भए राम्रो हुन्थ्यो आदी आदी ।
……
यति, कुरा भनेपछि मोदीले भने (५ मिनेट २२ सेकेन्ड) साथीहरु हो, हामीले रामायणको कुरा याद गर्ने हो भने माता सीताको याद आउँछ । त्यसपछि (६ मिनेट) उनी भनेका छन् “आज पनि अशोक सम्राटको याद आउँछ, आजसम्म त्यस्तो कुनै सम्राट हुन सकेन्न अशोक जस्तो । त्यो भारतमा छन् ।”
……
फेरी उनी थपे, (७ मिनेट ४८ सेकेन्ड) “साथीहरु यो भूमि सीतामाताको भूमि हो ।” “म सीतामातालाई स्मरण गर्न चाहन्छु, ” त्यसपछि मोदी पानी पिउँछन् र फेरी भन्छन्, “कि यो सीतामाताको भूमी हो र यही भूमिमा सीतामाताको जन्म भएको हो” आदी आदी ।
……
साथीहरु हो, (१० मिनेट ५५ सेकेन्ड) “हिन्दुस्तानलाई जुन/जुन समयमा जो/जो कुराको जरुरी भयो, त्यसलाई बिहारले पुरा गरेको छ देशलाई” । त्यति मात्रै भनेर मोदीले आफ्नो चित्त बुझाएनन् र फेरी थपे, “जब एउटा समय थियो, त्यति बेला देशलाई बुद्धको जरुरी थियो, त्यति बेला बिहारले भागवान गौतम बुद्ध दियो “र घुमाउरो तरिकाले मोदीले भने कि भागवान गौतम बुद्ध र माता सीताको जन्म बिहारमा भएको हो भनेर ?
……
त्यसपछि मोदीले आफ्नो राजनीतिक भाषण सुरु गर्‍यो ।
……
र, नेपालको लुम्बिनीमा जन्मिएका भगवान गौतम बुद्धको बारेमा भारतीय एक उच्च राज नेताले पटनामा गल्त प्रचारवादी गर्‍यो । सायद यो कुरा पनि मोदीलाई थाहा हुनु पर्‍थ्यो कि माता सीताकी जन्म नेपालको जनकपुरमा भएको हो भने र ? जसरी मोदीले आफ्नो भाषणको सुरुमा धार्मिक कुराबाट सुरु गर्‍यो । या, मोदीलाई धर्मको बारेमा केही ज्ञान नै छैन् होइन भने भगवान गौतम बुद्ध र माता सीताको जन्म नेपालमा भएको थाहा पाएर पनि बुझ पचाउने पा….जस्तो ।

Comments