निगमका 'रिटायर्ड' कर्मचारीले पाँच बर्षको तलब बुझ्छन्

  • राजेश बर्मा

सेवा अवधिभर निजामति कर्मचारी भन्दा दोब्बर तलब, सुविधा लिने आयल निगमका कर्मचारीले सेवा निवृत (अवकाश) प्राप्त गर्दा उपदान बापत 'आकर्षक' सुविधा लिने गरेका छन्। अर्बौको ऋण र संचित नोक्सानी बोकेको निगमले अवकाश कर्मचारीलाई विदा गर्दा पाँच बर्षको तलब बराबरको रकम एकमुष्ट उपदान बापत बाँड्दै आएको छ। त्यतिले मात्र नपुगेर २४ महिनाको तलब बराबर औषधी खर्च शीर्षकमा र पाँच महिनाको तलब बराबर घर विदा शीर्षकमा थप रकम अवकाश कर्मचारीलाई निगमले वितरण गर्दैआएको छ।


वाणिज्य मन्त्रालय स्रोतका अनुसार पदमा रहँदाको तलब स्केललाई गुणा गरी उपदान बापतको रकम दिने व्यवस्था छ । 'कर्मचारीले पदमा रहँदा जति तलब खाइरहेका छन्, सोही तलबलाई गुणा गरेर औषधि खर्च, घरविदा शीर्षको खर्च र पाँच बर्षको एकमुष्ट खर्च दिइन्छ' निगम स्रोतले भन्यो। पदमा रहेका बेला र अवकाश भइसकेपनि कर्मचारीले लिने सुविधा भने निगम व्यवस्थापनले उपभोक्त ाबाट असुल्छ । निगमले पेट्रोलियम पदार्थको बिक्री गरी उपभोक्त ाबाट प्रतिलिटर २१ पैसाका दरले उठाएको पैसा तलब, सुविधामा खर्च गर्दैआएको छ । २१ पैसा प्रतिलिटरका दरले महिनामा क ितमा दुइ करोड रूपैयाँ संकलन हुन्छ।



निगम स्रोतका अनुसार सवारी चालक, गार्ड र पियन बाहेकका अधिकांश कर्मचारी निर्देशक तहस म पुगेर अवकाश हुने गरेका छन्। 'चालक, गार्ड र पियन बाहेकका कर्मचारी तीन तहमा उप-सहायकको दर्जामा हुन्छन्, यी कर्मचारी अवकाश हुने समयस ममा निर्देशक भइसक्छन्' स्रोतले भन्यो। निर्देशक १० औं तहको पद हो । त्यसमाथि नायब कार्यकारी निर्देशक र कार्यकारी निर्देशक हुन्छन् । निगममा सामान्यतया २० बर्षस म कर्मचारीले सेवा गरेपछि अवकाश पाउने चलन छ। 'बीस बर्षको सेवा पश्चात् अवकाश हुँदा आकर्षक उपदानको व्यवस्था छ, त्यसैले यहीं समयमा अवकाश हुने सोच आउँछ' स्रोतले भन्यो। स्रोतका अनुसार निर्देशक तह पुगेर रिटायर्ड हुने कर्मचारीले एकमुष्ट क ितमा २२ लाख रूपैयाँ उपदान बापत बुझ्छन्। निगमको निर्देशक पदमा रहेर सेवा गर्ने कर्मचारीले मासिक तलब २४ हजार सात सय ४० रूपैयाँ बुझ्दै आएका छन्। यो हिसाबले निर्देशक तहमा पुगेर रिटायर्ड हुने कर्मचारीले पाँच बर्षको तलब बापत उपदान रकम बुझ्दा १४ लाख ८४ हजार चार सय हुन आउँछ। यो उपदान सुविधा संचय कोषको रकम र विमा रकम बाहेक हो।


यहीं तलबी स्केलका आधारमा दुइ बर्षको औषधी खर्च बापतको रकम पाँच लाख ९३ हजार सात सय ६० र पाँच महिनाको घर विदा बापतको रकम एक लाख २३ हजार सात सय हुन आउँछ । यति धेरै सुविधा लिने कर्मचारी कार्यरत निगमको आर्थिक अवस्था भने अत्यन्त कमजोर छ । निगम ३० अर्ब एक करोड १० लाख ऋणमा छ भने उसको २५ अर्ब भन्दा बढी संचित नोक्सानी छ । तेल किन्ने पैसा जुटाउन ऋण लिंदा सबै स पत्ति धितो सिद्धिसकेको छ । सरकारले चाडपर्व र चुनावमा तेल किन्न पैसा नभएको निगमलाई थप दुइ अर्ब ऋण स्वीकृत समेत गरेको छ ।
काठमाडौं, १४ असोज, 2070

Comments