आँगन मिठाईको 'नाम र लोगो' अवैध

  • राजेश बर्मा

शुपति फुड्स उद्योगले सरकारसँग अनुमति नलिएर अवैध रूपमा नाम र लोगो प्रयोग गरेर 'आँगन' व्राण्डमा विभिन्न प्रकारका मिठाई बिक्रि बितरण गर्दैआएको रहष्य खुलेको छ। उक्त फुड्सले करिब चारबर्षदेखि अवैध रूपमा आँगन व्राण्डबाट उपत्यकासहित विभिन्न ठूला शहरमा मिठाईहरू बिक्रि बितरण गर्दैआएको रहस्य खुलेको हो। पछिल्लो समयमा उक्त व्राण्डका मिठाईहरू कम तौलको भएको अनुगमनको क्रममा बाणिज्य विभागले फेला पारेको थियो। विभागले नै अनुगमनको क्रममा उक्त प्रतिष्ठानको नाम र लोगो आधिकारिक रूपमा औद्योगिक स पति शाखामा दर्ता नभएको फेला पारेको थियो।



उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक स पति शाखामा उक्त नाम र लोगो बिचाराधिन रहेको अवस्थामा पशुपति फुड्सले अवैध रूपमा आ नो उत्पादन बजारमा बिक्रि गर्दैआएको छ। औद्योगिक स पति शाखाका निर्देशक ऋिषिकेश ढुँगानाका अनुसार स्वीकृत नभएको अवस्थामा कुनै पनि प्रतिष्ठानले नाम र लोगोको प्रयोग गरेर आ नो व्यापार प्रवद्र्धन गर्न मिल्दैन। 'स्वीकृत नभएका नाम र लोगो प्रयोग गर्न पाइदैंन,' उनले भने,'उजुरी परेको अवस्थामा उक्त प्रतिष्ठानमाथि कारवाही हुनसक्छ।' शाखाका अनुसार 'आँगन' भन्ने व्राण्ड झापाको शनिश्चरेस्थित एस स्पाइसेज एण्ड फुड प्रोडक्ट्सको नाममा दर्ता छ। उक्त मसला उद्योगले गत् ०६५ मंसिर १७ गते आधिकारिक रूपमा औद्योगिक शाखाबाट 'आँगन' नाम प्राप्त गरेको थियो। 

शाखाका नायव सुब्बा रामगोविन्द रञ्जितकारका अनुसार पहिले नै अन्य प्रतिष्ठानको नाममा दर्ता भइसकेको अवस्थामा पशुपति फुड्सले गत् ०६६ कात्तिक १६ गते लोगोसहित 'आँगन' व्राण्डको नाम प्राप्त गर्न औद्योगिक स पति शाखामा निवेदन दिएका थिए। 'तर उक्त नाम पहिले नै दर्ता भइसकेको तथा लोगो समेत दर्ता नभएर विचाराधिन अवस्थामा रहेको छ,' रञ्जितकारले अन्नपूर्ण पोष्टसँग भने। पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार अन्यको नाममा दर्ता भइसकेको नाम र व्राण्ड अर्को प्रतिष्ठानले प्रयोग गर्न पाइदैन। 'अवैध रूपमा प्रयोग गरेको अवस्थामा कसुरवाला प्रतिष्ठानसँग १५ दिने स्पष्टिकरण सोध्ने व्यवस्था छ,' रञ्जितकारले भने,'चित्तबुझ्दो जवाफ नआएमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाहीको प्रकृया अघि बढाउन सकिन्छ।'

शाखाका अनुसार नाम तथा लोगो दर्ता (पेटेण्ट राइट) का लागि सरोकारवालाले दिएको निवेदनमाथि ९० दिनस म छानविन हुन्छ। त्यसपछि उक्त नाम र लोगो अन्यले प्रयोग गरेको वा नगरेको बारेमा दावी विरोध गर्न सूचना प्रकाशित गरिन्छ। कुनै निकायले दावी नगरेको अवस्थामा मात्र निवेदकले माग गरेको नाम र लोगो आधिकारिक रूपमा औद्योगिक स पति शाखाबाट प्रयोग गर्न अनुमति पाउने व्यवस्था छ।

ललितपुर जिल्लामा कारोबार गर्ने भन्दै पशुपति फुड्स उद्योगले ललितपुरस्थित घरेलु तथा साना उद्योग विकास कार्यालयमा ०६५ जेठ २१ मा आ नो प्रतिष्ठान दर्ता गरेको थियो। तर कारोबारका लागि उक्त उद्योगले ललितपुर जिल्लामा एउटा पनि 'आउटलेट' खोलेको छैन । उक्त प्रतिष्ठानबाट मिठाई, न कन र वेकरी काठमाडौंको थापाथली, पुतलीसडक, कमलपोखरी र न्यूरोडमा खुलेका रेस्टुरेन्टबाट विक्री भइरहेको छ। यस्तै पोखरा र विराटनगरमा पनि आँगनका मिठाई विक्री भइरहेका छन् । यी स्थानबाट मिठाई विक्री गर्न पशुपति फुड्सले संचालन अनुमति भने पाएको छैन।


घरेलु कार्यालय ललितपुरका प्रमुख होमप्रसाद लुँइटेलका अनुसार पशुपति फुड्सले ललितपुर कार्यालयको अनुमति नलिई अन्य जिल्लामा कारोबार गर्दैआएको छ। घरेलु कार्यालयका अनुसार पशुपति फुड्स उद्योगले शुरुमा ८१ लाख रुपैयाँ पूँजी देखाएर पाटन औद्योगिक क्षेत्र भित्र रहने गरी ने िकन र मिठाई उत्पादनको अनुमति लिएको हो । एउटा जिल्लामा दर्ता भएको उद्योगले अनुमति नलिई अर्को जिल्लामा कारोबार फैलाउन नपाउने नियम छ । 'ललिपुर जिल्लामा दर्ता भएको उद्योगले अन्यत्र कारोबार फैलाउन पाउँदैन, हामीले अन्यत्र पनि संचालन गर्न पाउने गरी अनुमति पत्र दिएपछि मात्र पाउने हो,' ललितपुर कार्यलयका प्रमुख लुँइटेलले भने, 'पशुपति फुड्सले हामीलाई जानकारी नै नगराई कसरी अन्य जिल्लामा कारोबार गरिरहेको छ, त्यो छानविनको विषय भएको छ ।'

बाणिज्य विभागका अनुगमन निरिक्षक विष्णुप्रसाद रेग्मीले अनुगमनको क्रममा आँगन होटललाई संचालन अनुमतिको प्रमाणपत्र माग्दा ललितपुर घरेलु कार्यलयमा दर्ता भएको प्रामाणपत्र मात्र देखाएको बताए । 'एउटा जिल्लाको घरेलु कार्यलयमा दर्ता भएको व्यवसाय अर्को जिल्लामा संचालन गर्न पाइदैन भन्ने नियम छ तर ललितपुर जिल्लाको दर्ता प्रमाणपत्र बोकेर काठमाडौंमा आँगन होटल संचालन भएको भेट्टिएको छ' रेग्मीले भने । आँगन होटलले संचालनको वैद्यानिकता देखाउन नसक्दा पनि विभागले भने कारबाही गरेको छैन। प्रति प्याकेट मिठाईमा ४ सय ग्राम तौल ठग्ने, उपभोक्त ाबाट वास्तविकभन्दा ६ सय रूपैयाँ बढी असुल्नेलगायतका त्रुटी पछिल्लो समयमा विभागले अनुगमनको क्रममा फेला पारेको थियो।
काठमाडौं, १० मंसिर 

Comments