सरकारले आयातित वीउको पटके परीक्षण गर्दैन

राजेश बर्मा

काठमाडौं, ४ पुस :

गत ०६६ मा बारा, पर्सा, रौतहठ, रूपन्देही, सर्लाही, नवलपरासी, मोरङ, झापालगायतका जिल्लाको मकैवालीको वोटमा घोघा लागेर दाना लागेन। भारतीय वहुराष्ट्रिय क पनी पायोनियरद्वारा उत्पादित मकैको वीउ प्रयोग गरिएका कारण करिब २५ हजार हेक्टरको मकैको वोटमा दाना लागेन। यसले गर्दा त्यो वेला सरकारले विभिन्न प्रकारको प्याकेज बनाएर किसानहरूलाई २० करोड रूपैयाँ क्षतिपूर्तिमा खर्चेको थियो।





यि दुई घटना पछाडी सरकारले विभिन्न प्रकारका कारक तत्व वताएपनि यथार्थ भने वेग्लै छ। भारतलगायत तेश्रो मुलुकबाट आयात हुने खाद्यान्न तथा विभिन्न प्रकारका तरकारीको वीउको पटके परीक्षण नगर्ने प्रवृतिका कारण अन्तत: किसानहरूले त्यसको सजाय भोग्य बाध्य भएका छन। बाहिरी मुलुकबाट वीउ आयात गर्दा एकपटक परीक्षण गरेर स्वीकृत दिएपछि बर्षौस म भित्र्याउन पाइन्छ, पुन: परीक्षण गर्ने चलन छैन सरकारको। वीउको गुणस्तर हेर्ने तथा आयात गर्नका लागि अनुमति दिने कृषि विकास मन्त्रालयमातहतको वीउ गुणस्तर निर्धारण केन्द्रको गलत नीतिका कारण किसानहरूले बर्षेनी लाखौं मूल्यको क्षति व्यहोर्न बाध्य भएका छन।

केन्द्रका प्रमुख डिलाराम भण्डारी आफै स्वीकार गर्दै भन्छन,'गुणस्तर परीक्षण गरेर एक पटक दर्ता भइसकेको वीउको जात पुन: अन्य क पनीले भित्र्याउदा परीक्षण हुँदैन।Ó उनका अनुसार एक पटक परीक्षण गरेर दर्ता भइसकेपछि त्यही बीउ बर्षौस म आयात गर्दा वीउको गुणस्तरस बन्धी कुनै पनि प्रकारको परीक्षण गरिदैंन। 'उत्पादित क पनीको विवरण खुलाइएको लेवल हेरेर विश्वासको आधारमा पहिले दर्ता भइसकेका वीउ पुन: परीक्षण गर्न सरकारले स्वीकृत दिंदै आएको छ,Ó प्रमुख भण्डारीले भने। दर्ता भइसकेका वीउको विवरणबाट आयातकर्ताले झुक्याएर अन्य प्रकारको गुणस्तरहिन वीउ भित्र्याउन सक्ने आधार भएपनि सरकारले हालस म चासो देखाउन सकेको छैन। यसको ज्वलन्त उदाहरण हो पछिल्लो पटकको भक्तपुरको धानवाली र मकैवाली नोक्सान प्रकरण। सरकारले आयात हुने वीउको प्रत्येक लट परीक्षण नगर्दा किसानका साथै सरकार स्वयमले पनि लाखौं रूपैयाँको नोक्सानी व्यहोर्दैआएको छ।

अखिल नेपाल किसान महासंघका महासचिब प्रेम दंगालले प्रत्येक लटको वीउको परीक्षण नगरिएका कारण नेपाली किसान तरकारबाट ठगिदैं आएको बताए। उनले सरकारको सानो गल्तिका कारण नेपाली किसानले ठूलो क्षति व्यहोर्दैआएको अन्नपूर्ण पोष्टलाई जानकारी दिए। उनले आयात हुने बीउ एक पटक मात्रै होइन, पटक पटक आउदा त्यही अनुसार पटक पटक परीक्षण गर्ने व्यवस्था हुनुपर्ने माग गरे।

नेपाल कृषि अनुसन्धान परिषद(नार्क)का वरिष्ठ बैज्ञानिक मनोज ठाकुरका अनुसार भक्तपुर र काभ्रेका किसानले प्रयोग गरेको डीवाई ६९ र २८ नामको दुवै जात र तराईका किसानले प्रयोग गरेको पायोनियर जातको मकैको वीउले अनुकुल मौसममा तत्कालिन समयमा राम्रो उत्पादन दिएर परीक्षणमा उतिर्ण भएपनि अहिले सोही वीउहरू हालको मौसममा राम्रो उत्पादन नदिन पनि सक्छ। 'मौसम परिवर्तन भइरहन्छ। एउटा मौसममा उत्पादन दिने वीउले अर्को बर्षको मौसमको फेरवदलले उत्पादन नदिन पनि सक्छ,Ó उनले भने।

प्रत्येक लटको वीउको परीक्षण गरेर त्यसको उमार शक्ति(जर्मिनेशन इनर्जी) र बीउमा पाइने शुद्धता परीक्षण गरेर मात्र आयात गर्न दिनुपर्ने वरिष्ठ बैज्ञानिक ठाकुरको कथन छ। 'यसो नभएका कारण नेपालमा धान र मकैको वालामा दाना नलागेको समस्या देखिएको हो,Ó उनले भने।  केन्द्रका प्रमुख भण्डारीले वीउस बन्धी समस्या धेरै आउन लागेकाले निकट समयमै आयात हुने प्रत्येक लटको वीउको गुणस्तर परीक्षण गर्ने योजना कार्यान्वयनमा ल्याइने दावी गरे। केन्द्रका अनुसार हालस म धानतर्फ १७, मर्कतर्फ ३२ तथा तरकारीतर्फ २ सय ५३ प्रकारका जातहरू परीक्षण पश्चात दर्ता गरिएको छ।

यही बर्षको गत असोजमा भक्तपुरसहित काभ्रेप्लान्चोक जिल्लामा धानको बोटमा दाना लागेन। चीनबाट उत्पादित वर्णशंकर(हाइव्रीड) जातको डीवाई ६९ र २८ नामक धानको वीउ प्रयोग गरेका कारण किसानहरूको धानको वालामा दाना लागेन। सरकारी तथ्याँकअनुसार भक्तपुरको करिब ७ सय र काभ्रेप्लान्चोकको करिब ६ सय २३ हेक्टरमा लगाइएको धानको वोटमा दाना लागेन। दाना लाग्ननसक्नु पछाडी सरकारले 'नेक व्लाटÓ रोगको आक्रमण बताएको छ। दाना नलागेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले करिब ८ करोड रूपैयाँ सिफारिश गरेको छ। उता किसानका संघसंस्थाहरूले काभ्रेमा ९ करोड र भक्तपुरमा २७ करोड मूल्य बराबरको क्षति व्यहोरेको दावी गरेका छन।

Comments