लालिगुराँससहित मौलिक फुलको 'पेटेण्ट राइट' गरिने

  • राजेश बर्मा

रकारले नेपालमा पाइने मौलिक जातका व्यवसायिक रूपमा मूल्यवान मानिएका लालिगुराँस फुलसहित अन्य फुलका प्रजातिहरूको पेटेण्ट राइट गर्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय मानिने नेपालका मौलिक जातका फुलहरू चोरी हुने क्रम बढेपछि सरकारले पेटेण्ट राइट गर्ने प्रकृया शुरू गरेको हो।


सरकारले पारित गरेको पुष्प प्रवद्र्धन नीतिअन्तर्गत यस्तो प्रकृयाको सुरूआत गरेको हो। सरकारले गत मंसिरमा पुष्प प्रवद्र्धन नीति स्वीकृत गरेको थियो। नेपाल फलोरिक ल्चर एसोसिएशन( यान) का उपाध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार पेटेण्ट राइट नहुँदा विभिन्न जातका मूल्यवान फुलका विरूवा चोरी हुने क्रम बढेकाले यो प्रकृया शुरू गरिएको हो। विभिन्न मुलुकबाट पर्यटक बनेर आएका पर्यटकहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवान मानिने मौलिक जातका फुलको विरूवा लगेर आ नो मुलुकको उत्पादन हो भन्दै पेटेण्ट राइट गरेपछि सरकार ग िभर भएर यो प्रकृयालाई अघि बढाएको हो।


पछिल्लो समयमा 'जमानोमान्द्रोÓ र हिमाली क्षेत्रमा पाइने 'हेरिटियमÓ प्रजातिको फुलको वीउ जापानसहित अन्य मुलुकका पर्यटकले आ नो मुलुकको हो भनेर पेटेण्ट राइट गरेका थिए। पेटेण्ट राइट गरेका त्यस्ता मुलुकहरूले आ नो मौलिक जात भएको भनेर विश्व वजारमा उक्त फुलको व्यापार प्रवद्र्धन गर्दैआएका छन। 'विश्व बजारमा मूल्यवान मानिएका नेपालका आ नै मौलिक प्रजातिको फुलको पेटेण्ट राइट गर्ने प्रकृया शुरू गर्न लागेका छौं,Ó पुष्प विकास केन्द्रका अधिकृत उमानाथ भण्डारीले भने,'पेटेण्ट राइट गर्न अहिले नेपालमै पाइने मौलिक जातका फुलहरू संकलन गर्ने काम शुरू गरिएको छ।Ó



अधिकृत भण्डारीका अनुसार अहिलेस म काठमाडौं उपत्यका, पर्वत, गुल्मी, यागदी, पोखराको पन्चासे जंगल, फुलचौकी, रसुवाको केरूङसहीत अन्य स्थानहरूबाट लालिगुराँससहित ५३ जातका मौलिक फुलको विरूवा फेला पारिएको छ। फेला पारिएका यस्ता विरूवाले अन्तर्राष्ट्रिय बजारमा रा ने महत्वको आधारमा स्थानीय, आकर्षक, लोपोन्मुख, व्यवसायिक मूल्यवान, रैथाने, फुल फुल्ने र नफुल्ने, आलंकारिकलगायतका आधारमा वर्गीकरण गरिनेछ। 'आगामी माघस म वर्गीकरण गर्ने काम स पन्न हुन्छ, त्यसपछि पेटेण्ट राइटको प्रकृया शुरू गर्ने तयारी छ,Ó यानका उपाध्यक्ष श्रेष्ठले बताए। राष्ट्रिय फुलको उपाधीसमेत पाएको लालिगुराँसको फुल विभिन्न प्रयोजनका लागि विभिन्न मुलुक पुग्न थालेको छ। लालिगुराँसको फुल महँगो वाइन, रंग तथा सेन्ट बनाउन र पात प्रागाँरिक मल बनाउने काममा प्रयोग हुँदै आएको छ। लालिगुराँस फुलको माग बढेपनि अहिलेस म व्यवसायिक रूपमा यसको खेती हुन नसकेको यानले जनाएको छ।

उनका अनुसार वर्गीकरण पश्चात आकर्षक मानिने तर अन्तर्राष्ट्रिय बजारमा मूल्यवान नमानिने फुलहरूका लागि पुष्प युजियम बनाउने प्रकृया पनि सरकारले अघि बढाउने तयारी गरेको छ। यस्तो युजियममा आर्कषक फुलहरू सर्वसाधारणको अवलोकनका लागि राखिनेछ। कृषि ब्यवसाय प्रवद्र्धन कार्यक्र मका अनुसार काठमाडौं, भक्तपुर, कास्की र चितवन वाहेक हाल ३६ जिल्लामा १ सय २० हेक्टर क्षेत्रफलमा रहेका करिब ६ सय ३६ पुष्प फर्म तथा नर्सरीहरूबाट पुष्प उत्पादन भइरहेको छ। यो व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर करिब ४० हजार परिबार रोजगारी पाएका छन। गत आर्थिक बर्ष ०६९/७० मा १ अर्ब ५ करोडभन्दा बढीको पुष्पस बन्धी कारोबार स्वदेशमा भएको थियो। सोही बर्षमा २ करोड ९५ लाख मूल्यबराबरको पुष्पजन्य बस्तु विभिन्न मुलुकमा निर्यात गरिएको थियो भने ३ करोड ३१ लाख मूल्य बराबरको आयात गरिएको थियो।
काठमाडौं,  १५ मंसिर 2070

Comments