बिचौलिया मोटाउँदै उपभोक्ता दुब्लाउँदै

किसानको लागत मूल्य उठाउनै क ठिन

  •  राजेश बर्मा
परिदृश्य न बर एक :
सरकार नियन्त्रित उपत्यकाको प्रमुख तरकारी बजार कालिमाटी तरकारी बजारले बिहिबार आ नो बजारमा सेतो आलुको थोक प्रति केजी मूल्य २४ रुपैयाँ, ठूलो गोलभेडाको ४३ रूपैयाँ, स्थानीय काउलीको ३२ र बन्दाको थोक मूल्य २२ रूपैयाँ प्रतिकिलो संकलन ग:यो।
परिदृश्य न बर दुई:
अनामनगरकी रोजिना कार्कीले सोही साँझ अनामनगर चोंकमा एक धार्नी आलुलाई ७० रुपैयाँ तिरिन। एक किलो ठूलो गोलभेडालाई ५३ र काउलीलाई ४५ रुपैयाँ तिरिन।

परिदृश्य न बर तीन :
कोटेश्वरका श्याम श्रेष्ठले स्थानीय चोंकमा एक धार्नी आलुलाई एकसय ७५ रुपैयाँ तिर्नुप:यो। 'अरु समयमा पचास रुपैयाँस म प्रति किलो बिक्रि हुने गोलभेडालाई ५५ रुपैयाँ र काउलीलाई ५० रुपैयाँ तिनुप:यो,Ó उनले भने।

परिदृश्य न बर चार :
धादिङ विशालटार-८ का तरकारी उत्पादन गर्ने किसान केशवराज नहर्के स्थानीय व्यापारीलाई प्रतिकिलो काउली २०, गोलभेडा २०, बन्दा १६, भान्टा १५, मटरकोशा ३५, लौंका १०, करेला २० र मुला १० रूपैयाँ प्रतिकिलोमा बिक्रि गरे। नहर्केले उत्पादन गर्ने तरकारी स्थानीय व्यापारी, कालिमाटीका दुई चरणका व्यापारीहुँदै खुद्रा व्यापारीमार्फत अन्त्यमा उपभोक्ताको चुलोमा पुग्छ।



माथिको तीनवटा घटनालाई बिश्लेषण गर्दा सरकारको अकर्मणताका कारण एउटा उपभोक्ताले ठाउँपिच्छे फरक- फरक मूल्यमा तरकारी किन्न बाध्य भएको दर्शाउछ। किसानले पाउनुपर्ने उचित मूल्य पाउन नसकेको अबस्थामा विचौलिया र खुद्रा व्यापारीहरूले मनोमानी ढंगबाट आफुखुशी मूल्य बृद्धि गरेर उपभोक्ताको ढाड सेक्दै आएका छन। लेटाङ ९ मोरंङकी पायल श्रेष्ठलाई तरकारीको अकासिदो मूल्यका कारण घर चलाउन धौ धौ परेको छ। पहिले ५० रूपैयाँमा दुई छाक आउने तरकारी अहिले सय रूपैयाँ हालेर एक छाकको तरकारी आउन पनि समस्या परेको उनको कथन छ। श्रेष्ठ भन्छिन,'मूल्य बढेर अन्य खर्चबाट कटाएर पनि तरकारी किन्नुपरेको छ।Ó तरकारीसहित खाद्यान्न, माछामासु, मसला र खाना पकाउने तेलमा भएको मूल्य बृद्धिका कारण पछिल्लो समयमा नि न र मध्यमवर्गका सर्वसाधारणको राजधानीको बसाई महँगिएको हो।


राजधानीमा भित्रिने तरकारी विभिन्न श्रृखला पार गरेर आएको हुन्छ। यो श्रृखलामा आवद्ध तीनवटा विचौंलिया र व्यापारीका कारण उपभोक्ताले तरकारीको बढी मूल्य तिर्नुपरेको हो। तीनवटा चरणमा आवद्ध रहेका व्यक्तिहरूले मनपरी रूपमा आ नो क मिशन जोडेका कारण किसानले २० रूपैयाँ प्रतिकिलोमा बिक्रि गरेको काउली हाम्रो भान्छाकोठामा पुग्दा ५० रूपैयाँस म परेको हो।



धादिङ विशालटारका तरकारी उत्पादक राज नहर्केका अनुसार उनले उत्पादन गरेका तरकारी चारवटा चरण पुरा गरेर राजधानीबासीको भान्छाकोठास म पुग्ने गरेको छ। उनले उत्पादन गरेको काउली धादिङकै स्थानीय व्यापारीले २० रूपैयाँ प्रतिकिलोमा किन्छन। 'सरकारले विचौलिया प्रणाली हटाएर हाम्रो तरकारी सोझै बजारस म पु:याउन सके उपभोक्ताले प्रतिकिलोमा झण्डै तीस रूपैयाँस म बचत गर्न सक्छन। बिचौलियाका कारण प्रतिकिलोमा तीसदेखि ३५ रूपैयाँ प्रतिकिलो बढी रकम उपभोक्ताले तिर्दैआएका छन।Ó यस्ता व्यापारीले प्रतिकिलो तरकारीको ढुवानी खर्च दुई रूपैयाँ र आ नो कमिशन पाँच रूपैयाँ जोडेर २७ रूपैयाँ प्रतिकिलोमा कालिमाटीका ठूलो व्यापारीलाई बिक्रि गर्छन। ठूला व्यापारीले प्रतिकिलोमा ५ रूपैयाँ थपेर कालिमाटीकै साना व्यापारीलाई प्रतिकिलो ३२ रूपैयाँमा काउली उपलब्ध गराउँछन्।





कालिमाटीका साना व्यापारीले उक्त काउलीमा थप पाँच रूपैयाँ जोडेर खुद्रा व्यापारीलाई प्रतिकिलो ३७ रूपैयाँमा काउली उपलब्ध गराउछन्। त्यसपछि खुद्रा विक्रेताले उपभोक्ताले प्रतिकिलो ५० रूपैयाँमा उपभोक्तालाई काउली बिक्रि गर्छन। तरकारीको मूल्य बढ्नुमा यति मात्रै कारक तत्व मान्न सकिन्न्। राजमार्गमा रहेका विभिन्न ट्राफिक प्रहरीले असुल्ने ५ प्रतिशत रकमसमेतले मूल्यलाई प्रभावित गरिरहेको छ। नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले समय समयमा कुण्डले मुण्डले र प्रहरीको ज्यादतिका कारण पनि तरकारीको मूल्यलाई प्रभावित गर्दैआएको छ। काभ्रेका तरकारी उत्पादक किसान प्रकाश कार्कीले पनि विचौलियाका कारण अस्वाभाविक रूपमा तरकारीको मूल्य बढेको बताउछन्।



'विचौलियाका कारण हामी पनि लागत खर्च उठाउन नसक्ने र उपभोक्ताले पनि सस्तोमा तरकारी खान नपाउने अवस्था छ,Ó कार्की भन्छन्,'यसो हुनुमा मु य दोष सरकारको हो। सरकारकै कमी कमजोरीका कारण बिचौलिया मोटाउदै गए। हामी र उपभोक्ता दुब्लाउँदै गयौं।Ó कार्कीका अनुसार उनले उत्पादन गरेका तरकारीमा स्थानीय व्यापारीले आ नो कमिशन र ढुवानी खर्च १५ प्रतिशत थपेर कालिमाटी र बानेश्वर तरकारी बजारमा बिक्रि गर्दैआएका छन्। त्यहाँका व्यापारीले त्यसमा थप ७ प्रतिशत कमिशन जोडेर खुद्रा व्यापारीलाई तरकारी बिक्रि गर्छन। त्यसपछि पालो खुद्रा व्यापारीको आउँछ। खुद्रा व्यापारीले उपभोक्ताको ढाडै खुस्कने गरी स्थानपिच्छे प्रतिकिलोमा ८ देखि १५ रूपैयाँस म आ नो खर्च जोडेर यस्ता तरकारी बिक्रि गर्दैआएका छन्।



कालिमाटी फलफुल तथा तरकारी बजारका निर्देशक अर्जुन अर्यालले विभिन्न चरण, सटर चार्ज, नोक्सानी खर्च, लोड अनलोड खर्च, ढुवानी खर्चका कारण तरकारीको मूल्यलाई प्रभावित गरिरहेको जानकारी दिए। 'मूल्य घटाउन सरकारले उत्पादनस्थलबाट सोझै बजारस म पुग्नेखालको संयन्त्र तयार गरेर कार्यान्वयन गर्नुपर्ने अवस्था छ,Ó उनले भने,'किसानले उत्पादन गरेको तरकारी आफै बजारस म ल्याउन सक्दैनन्।Ó तरकारी आपूर्तिको श्रृखलालाई हेर्ने हो भने सबैभन्दा बढी बिचौलिया र खुद्रा व्यापारीले मुनाफा आर्जन गर्दैआएको प्रस्ट हुन्छ। यस वाहेक खडेरीका कारण र बढी पानी परेर कम परिमाणमा तरकारी फलेका कारण पनि माग र आपूर्तिबीच स नवय नमिल्दा मूल्य बृद्धि हुँदै आएको छ भने छिमेकी मुलुक भारतीय बजारमा मूल्य बृद्धि भएर उपत्यकामा पनि तरकारीको मूल्य महँगिन्छ।


यही क्रम चामलमा दोहिरिन्छ। चितवनस्थित युनिस राइस मिलका सञ्चालक श्रीहरी थापाका अनुसार कारखानाले राजधानीका ठूला व्यापारीको गोदाममा २५ किलो जिरा मसिनो चामलको बोरा एकहजार चारसय ५० रूपैयाँमा उपलब्ध गराउँदैआएको छ। त्यसैगरी एकहजार एकसय ८० मा तीस किलोको नयाँ मन्सुली र एकहजार ८० मा तीस किलोको नयाँ सोना मन्सुली चामल सबै खर्चसहित राजधानीस्थित व्यापारीको गोदाममा उपलब्ध गराउदै आएको मिलका सञ्चालक थापाले अन्नपूर्णलाई बताए। 'हामीले प्रति किलोमा सबै खर्च कटाएर एक रूपैयाँस म मात्र नाफा लिन्छौं,Ó उनले भने। उनका अनुसार पछिल्लो समयमा पुरानो धान बजारमा नभएका कारण पनि चामलको मूल्य केही बढेको हुन सक्छ।



खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण उपाध्यायका अनुसार ब्यापारीले खरिद गरेको मूल्यमा प्रतिकिलो पाँचदेखि छरूपैयाँस म थपेर विक्रि गर्दैआएका छन्। यस्तै गेडागुडीमा प्रतिकिलो आठ रूपैयाँ थप मूल्य राखेर उपभोक्तालाई बिक्रि भइरहेको छ। 'चामलमा धेरै नाफा छैन्। गेडागुडीको तुलनामा थोरै नाफा राखेर चामल बिक्रि गर्छौ।Ó उनकाअनुसार बजारमा धान अभावको हल्ला भएर पनि चामलमा केही मूल्य बृद्धि भएको हो। संघले एक महिनाअघि एकहजार ५० रूपैयाँमा बिक्रि भएको सोना मन्सुली अहिले एकहजार एकसय ५० मा, एकहजार एकसय ५० पर्ने मनसुली एकहजार दुईसय ५० मा, एकहजार चारसय पर्ने जिरा मसिनो एकहजार ५ सय ५० मा र एकहजार नौंसय पर्ने बास्मती अहिले दुईहजार ५० रूपैयाँमा बिक्रि भइरहेको जनाएको छ। स्रोतका अनुसार कारखानाले ढुवानी खर्च र लोड अनलोड खर्च जोडेर ब्यापारीको गोदामस मै चामल उपलब्ध गराएपनि ठूला व्यापारीले ढुवानी खर्च, लोड अनलोड र कमिशन शिर्षकमा थप जोडेर प्रतिकिलो चामलमा १० रूपैयाँ बढी रकम असुल गरेर उपभोक्तालाई चामल बिक्रि  गर्दैआएका छन्। यस्तै ठूला व्यापारीले चामल लुकाएर राखेका कारण पनि पछिल्लो समयमा चामलको मूल्यमा बृद्धि भएको हो।


अर्याल जेनरल स्टोरका सञ्चालक चक्रवन्धु पाण्डेकाअनुसार पछिल्लो समयमा चामल, तेल, मसला, गेडागुडी, दालसहित सबै खाद्यबस्तुमा प्रतिकिलो ८ देखि १५ रूपैयाँ बढेको छ। उपभोक्तावादी ज्योति बानिया भन्छन,'संविधानसभा निर्बाचन ताका व्यापारीले राजनीतिक दललाई उपलब्ध गराएको चन्दा वापतको रकम अहिले जोडिएकाले, ढुवानीमा सिण्डिकेट र बढी मुनाफा लिने प्रवृतिका कारण अस्वाभाविक रूपमा मूल्यमा बृद्धि भएको हो।



 नेपाल राष्ट्र ब्यांकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा तरकारी उप-समूहको मूल्य सूचकाङ्कको वृद्धिदर सवैभन्दा बढी अर्थात् ३६.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्कमा ४.० प्रतिशतले मात्र वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा क्रमश: १३.३ प्रतिशत र ७.० प्रतिशतले वृद्धि भएको मासु तथा माछा र फलफूल उप-समूहहरुको मूल्य सूचकाङ्क समीक्षा अवधिमा क्रमश: २७.९ प्रतिशत र १६.८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी खाद्य तथा खाद्यजन्य बस्तु र मसला उप-समूहको विन्दुगत मूल्य सूचकाङ्क  क्रमश: १२.९ प्रतिशत र ११.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमश: ५.० प्रतिशत र ०.६ प्रतिशतले वृद्धि भएको थियो ।

(मूल्य प्रति किलोमा)
तरकारी              किसानको मूल्य      कालिमाटी बजार       खुद्रा ब्यापारीको मूल्य
काउली                २०।                      ३१.९१।                          ५०।
गोलभेडा              २०।                      ३०.८५।                          ५५।
भान्टा                  १८।                      २३.३६।                          ४५।
मटर कोशा           २५।                      ४४।                               ६०।
करेला                  ३०।                       ८८।                              ९०।
वन्दा                   १८।                       २२।                               ४०।
मुला                       ८।                      ३०।                               ४०।
(किसान/कालिमाटी/खुद्रा मूल्यमा आधारित)


चामल

चामलका जात        कारखाना मूल्य          खुद्रा व्यापारी मूल्य

जिरा मसिनो           १४५०।                     १६००।  (२५ किलो)
सोना मन्सुली          १०१८।                     १२५०। (३० किलो)
मन्सुली                   ११८०।                       १३५०। (३० किलो)

(चितवनस्थित कारखानाको मूल्यमा आधारित)
2070, Magh 4

Comments