अति आवश्यक कृषि अनुसन्धानमै विद्युतको आफत

  • राजेश बर्मा
    काठमाडौं,  ९ माघ : चौवीसै घण्टा विद्युत आवश्यक पर्ने कृषि अनुसन्धान केन्द्रले लोडसेडिङका कारण पूर्ण क्षमतामा आ नो प्रयोगशालालाई सञ्चालनमा ल्याउन सकेको छैन्। नियमित रूपमा विद्युत आपूर्तिको अभावमा अधिकाँश कृषि, खाद्य तथा पशुस बन्धी प्रयोगशालाहरू अहिले थन्किएका छन्।



नेपाल कृषि अनुसन्धान परिषद(नार्क) को राष्ट्रिय कृषि आनुवाँशिक स्रोत केन्द्र(जीन ब्यांक) सहित, नार्ककै अन्य महत्वपूर्ण एघारवटा प्रयोगशाला, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग, पशु सेवा तथा पशु सेवा स्वास्थ्य निर्देशनालय, वीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, वाली संरक्षण, तरकारी विकास, फलफुल विकास निर्देशनालयलगायतका तीनदर्जनभन्दा बढीको सं यामा रहेका प्रयोगशाला पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन्।

लोडसेडिङको मारका कारण कृषिस बन्धी प्राय: जसो सबै प्रकारका प्रयोगशाला पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा अनुसन्धान क्षेत्र नै प्रभावित बन्दै गएको सरोकारवाला निकायहरूले औल्याएका छन्। कतिपय निकायले महत्वपूर्ण प्रयोगशाला सञ्चालनका लागि चौवीसै घण्टा विद्यूत आवश्यक छ भनेर नेपाल विद्युत प्राधिकरणलाई आवश्यक रकम उपलब्ध गराएपनि त्यस्ता निकायलाई विद्यूत उपलब्ध गराइएको छैन्।



खुमलटारस्थित नार्कको राष्ट्रिय जीन ब्यांकले नेपाल विद्यूत प्राधिकरणलाई चौवीसौं घण्टा विद्युत उपलब्ध गराइदिन भनेर दुई बर्षअघि एक करोड ८५ लाख रूपैयाँ उपलब्ध गराएपनि हालस म त्यहाँ विद्यूत आपूर्ति हुन सकेको छैन्। यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि आ नो केन्द्रिय प्रयोगशालाका लागि नियमित विद्युतको लागि दुई महिनाअघि २७ लाख रूपैयाँ प्राधिकरणलाई बुझाएपनि उक्त सुविधा उपलब्ध गराइएको छैन्।



ब्याँकका प्रमुख डा. मदनराज भट्ट भन्छन्,'हाम्रो प्रयोगशालालाई चौवीसौं घण्टा नियमित रूपमा विद्युत चाहिन्छ। अहिलेको लोडसेडिङले हामीले सयबर्षस म बीउलाई संरक्षण गरेर रा ने प्रयोगशाला सञ्चालनमा ल्याउन सकेका छैनौं। विद्युतको अभावमा हाल पन्द्र बर्षस म संरक्षण गरेर रा ने प्रयोगशालालाई मात्रै सञ्चालनमा ल्याइएको छ।Ó ब्याँकका प्रशासकिय अधिकृत बिष्णु राणाकाअनुसार ब्याँकको प्रयोगशालालाई नियमित रूपमा चौवीसैं घण्टा गरेर तीनसय केभीको विद्युत आवश्यक छ।



'तर हामीलाई हाल एकसय ५० केभीको विद्युत लोडसेडिङको रूपमा प्राप्त भइरहेको छ। यसले गर्दा हामीलाई पूर्ण रूपमा प्रयोगशाला सञ्चालनमा ल्याउन नै कठिन भएको छ,Ó राणाले भने,'प्राधिकरणमा धेरै पटक ताकेता गर्दा पनि हालस म विद्युत आपूर्ति हुन सकेन।Ó उनका अनुसार लगनखेलस्थित विद्युत वितरण केन्द्रबाट नार्कको हातास म अण्डरग्राउण्ड तार ओछ्याउने काम स पन्न भएपनि विद्युत आपूर्ति गरिएको छैन्। जीन ब्यांकमा अहिले खाद्यान्न, दलहन र तरकारीवालीका ६२ जातको नौंहजार आठसय ३० वटा स्थानीय जातका वीउ संकलन गरेर राखिएको छ।



नार्ककै वरिष्ठ वैज्ञानिक मनोज ठाकुरकाअनुसार लोडसेडिङका कारण माटो विज्ञान, पोषण, तन्तु बिज्ञान, वीउ विज्ञान, पशु बिज्ञान, वीर्य विज्ञान, किटनाशक, जैविक प्रविधिलगायत एघारवटा महाशाखाअन्तर्गतका प्रयोगशाला लोडसेडिङका कारण पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। 'यस्ता प्रयोगशालालाई चौवीसै घण्टा विद्युत आवश्यक भएपनि हाल केही घण्टामा मात्रै उपलब्ध हुने उर्जाका कारण अनुसन्धान क्षेत्र प्रभावित बनेको छ,Ó बैज्ञानिक ठाकुरले भने। यसवाहेक लोडसेडिङका कारण दैनिक गतिविधि, प्रशासनिक र प्रविधि विस्तारका क्रियाकलापहरू अगाडि बढाउन पनि समस्या सिर्जना भएको छ।



खाद्य विभागका प्रवक्ता प्रमोद कोइरालाकाअनुसार विभागको केन्द्रिय प्रयोगशाला सञ्चालन गर्न चौवीसै घण्टा विद्युत आपूर्ति नहुँदा सुक्षमरूपमा खाद्य परीक्षण गर्न समस्या परेको छ। एउटा खाद्यस बन्धी किटाणुको विश्लेषण गर्न नियमित रूपमा ७२ घण्टास म विद्युत आवश्यक पर्छ। 'तर लोडसेडिङका कारण त्यस्ता किटाणुको बृद्धिदर र त्यसबाट उत्पन्न हुन सक्ने स भावित नकारात्मक पक्षबारे पत्ता लगाउन समस्या परेको छ,Ó प्रवक्ता कोइरालाले भने। आगामी दुईमहिनापछि नियमित रूपमा चौवीसै घण्टा वक्ति सिंहदरबारस्थित वितरण केन्द्रबाट उपलब्ध हुने आश्वासन पाइएको उनले बताए।



पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजयकान्त झाकाअनुसार लोडसेडिङका कारण जेनेटिक प्रयोगशाला, केन्द्रिय पशु रोग अनवेषण प्रयोगशाला र रेविज प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन। जाडोयाममा पशुपन्छीस बन्धित धेरै प्रकारका प्रकोपहरू फैलिने स भावना हुन्छ। यही समयमा ठूलो परिमाणमा हुने लोडसेडिङका कारण प्रकोपस बन्धी अनुसन्धान गर्न अप्ठयारो परेको छ।

Comments