तरकारीमा घातक विषादी मिसाउने होसियार !

सरकारद्वारा छिट्टै विषादी जाँच्ने मेसिन भित्र्याइदै

  • राजेश बर्मा
काठमाडौं, १८ माघ : घातक बिषादी हालेर हरियो तरकारी उत्पादन गरेर उपभोक्तालाई बिक्रि बितरण गर्दैहुनुहुन्छ भने अब सर्तक हुनुपर्ने वेला आएको छ। बिषादीसमिश्रण भएको हरियो तरकारी बिक्रि बितरण गरिएको पाइएमा सरकारले जरिवानासहितको कडा कारवाहीको व्यवस्था गर्न लागेको छ। बिषादीयुक्त तरकारीलाई बजारमा बिक्रि वितरण गर्न नदिन प्रतिवन्धस म लगाउनेस मको योजना सरकारले आगामी फागुनको अन्तिम सातादेखि कार्यान्वयनमा ल्याउदैछ।



यस व्यवस्थाअन्तर्गत बजारमा आएका तरकारी उपकरणको सहयोगमा गरिने परीक्षणमा उतिर्ण भएपछि मात्र उपभोक्तालाई बिक्रि बितरण गर्न छुट दिइने छ। परीक्षणको क्रममा बिषादीयुक्त तरकारी भेटिएको खण्डमा उत्पादनकर्ता किसान र त्यस्ता तरकारी बिक्रि गर्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याइनेछ। 'मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने त्यस्ता बिषादीलाई नियन्त्रण गर्न सरकारले तरकारी बिक्रि गर्नुपूर्व परीक्षण गर्ने योजना अघि बढाएको छ,Ó बालि संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माले भने,'यो परीक्षणको सुरूवात सरकारी स्वामित्वको कालिमाटी फलफूल तथा तरकारी बजारबाट आगामी फागुनको अन्तिम सातादेखि हुँदैछ।Ó


निर्देशनालयका प्रमुख शर्माका अनुसार संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन(एफएओ)को सहकार्यमा मुलुकमै पहिलो पटक बिषादीयुक्त तरकारी परिक्षण गर्ने उपकरण भित्र्याउन लागिएको छ।  निर्देशनालयले यसका लागि गत पुसको अन्तिम साता एफएओलाई पत्राचार गर्दै बिषादीयुक्त तरकारी परीक्षण गर्ने 'स्पेक्टोमिटरÓ र ':यापिड पेस्टिसाइड रेस्युडु एनालाइसिस किटÓ उपलब्ध गराइदिन पत्राचार गरेको थियो।



'हामीले हरिया तरकारीमा उत्पादन गर्दा र उत्पादन पश्चात बिक्रि गर्नुअघि घातक बिषादी प्रयोग नगर्न पटक पटक आग्रह गर्दा पनि सरोकारवाला निकायले व्यवहारमा लागु गरेनन्,Ó उनले भने,'यसलाई नियन्त्रण गर्न यही नै सर्वोत्तम उपाय भएकाले यो योजना कार्यान्वयनमा ल्याउन लागिएको हो।Ó एफएओले आगामी फागुनको दोश्रो साताभित्रमा यस्ता उपकरण ताइवानबाट खरिद गरेर नेपाल सरकारलाई हस्तान्तर गर्ने आश्वासन दिएको प्रमुख शर्माले अन्नपूर्णलाई जानकारी दिए।   बिषादीयुक्त तरकारीको उपभोगका कारण क्यान्सर, पक्षाघात, अन्धोपन, कलेजो, ट्युमर, गर्भवस्था तुहिने, नपुंसकता, मृगौलालगायतका जटिल रोग लाग्ने प्रबल स भावना भएको निर्देशनालयको ठहर छ।



' उपकरण आउने वित्तिकै सोही महिनाको अन्तिम सातादेखि कालिमाटीमा तरकारी बिक्रि गर्नुअघि परीक्षण गर्ने काम सुरू गर्नेछौं,Ó उनले भने। उक्त योजना सञ्चालनका लागि राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम(आईपीएम)को बाँकी रहेको २५ लाख रूपैयाँ एफएओलाई उपलब्ध गराइएको छ। स्पेक्टोमिटर वाहेक सरकारले २४ हजार पर्ने :यापिड पेस्टिसाइड रेस्युडु एनालाइसिस किट १५ थान ल्याउदैंछ। भित्र्याउन लागिएको स्पेक्टोमिटरले एक पटकमा तरकारीका एकहजारवटा नमूनाको परीक्षण गर्ने क्षमताको छ। यस्ता उपकरणको सहयोगमा १५ मिनेटभित्रमा हरिया तरकारीमा घातक बिषादी छ वा छैन भनेर निक्र्यौल गर्न सकिन्छ।



निर्देशनालयकाअनुसार बिषादीयुक्त तरकारी परीक्षणका लागि चार जना प्लान्ट प्रोटेक्सन अफिसरलाई एफएओकै सहयोगमा फागुनको पहिलो साता आवश्यक प्रशिक्षणका लागि ताइवान पठाइदैंछ। 'यो अवधीमा दक्ष जनशक्ति तयार पारिने काम र बिषादीयुक्त तरकारी उत्पादन गर्ने किसान र बिक्रि बितरण गर्ने व्यापारीमाथि कस्तो खालको कारवाही गर्ने बिषयमा आवश्यक खाका पनि तयार गर्छौ,Ó शर्माले भने। उनका अनुसार उपकरणको सहयोगमा कालिमाटी, बल्खु तथा मुलुकभरका प्रमुख संकलन केन्द्रहरूमा गएर तरकारीको नमूनाको परीक्षण गरिनेछ।



कालिमाटीबजारसहित बालाजु, बल्खु, बानेश्वर, टुकुचा, चावहिल, लगनखेल, कलंकी, कोटेश्वर, बनस्थली, सामाखुशीसहित मुलुकभरका २४ वटा तरकारीको थोकबजाररहित दुईसय ४५ वटा संकलन केन्द्रमा परीक्षणबिना तरकारी संकलन तथा बिक्रि काम हुँदैआएको छ। निर्देशनालयकाका अनुसार आयात हुने कूल बिषादीको परिमाणमध्ये ८५ प्रतिशतभन्दा बढी सघन तरकारी बालीमा प्रयोग हुँदैआएको छ।



विश्व ब्यांकको तथ्यांकअनुसार बिषादीका कारण विश्वभर वार्षिक तीनलाख ५५ हजार व्यक्तिको अनाहकमा मृत्यु भइरहेको छ। यस्तै विश्व खाद्य संगठनकाअनुसार विषादीस बन्धी प्रतिबर्ष ३० लाखको सं यामा घटना भइरहेका छन। सरकारले प्रयोग र आयातमा प्रतिवन्ध लगाए पनि एग्रोभेट सञ्चालकले मानव स्वास्थ्यका लागि अत्यन्तै  हानिकारक मानिने बिषादी बिक्रि बितरण गर्दैआएका छन्।
यससम्बन्धी थप समाचार :
१. सरकार 'आफै' विषादी प्रयोग गर्न प्रोत्साहन गर्दै
२. हरियो तरकारीमा झण्डै ९२ प्रतिशत बिषादी
३. हरियो तरकारी ! होस गर्नुस
४. हरियो तरकारीमा बिषैबिष

Comments