भर छैन ! उपत्यकाको 'पानी' को

सबै क्षेत्रका पानी अशुद्ध छन्

  • राजेश बर्मा
काठमाडौं, करिब अढाई बर्ष भयो,'यो पानी सिधा पिउन योग्य छैन्' भन्ने बोर्ड झुण्डयाइएको। काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) को किर्तिपुरस्थित केन्द्रीय पानी गुणस्तर शाखाले यो बोर्ड झुण्डयाएको थियो। त्यही केयुकेएलको ललितपुर शाखाले सन्देशलाई वेवास्ता गर्दै थापाथलीस्थित बागमती किनारको सुकु बासी बस्तीका करिब साठी घरपरिवारलाई यो पानी वितरण गर्दैआएको छ। यही पानी ललितपुरको वडा न बर १० र २२ का तीनसयभन्दा बढी घरको धारामा पनि आउछ।



केयुकेएलले नै उक्त पानीमा अत्याधिक मात्रामा अमोनिया, आइरन र विभिन्न प्रकारका सरूवा रोगका सुक्षम जिवाणु छ भनेर प्रमाणित गरेको छ। समय समयमा बस्तीका बालबालिकालाई टाइफाइड हुने, कमलपित्त हुने, झाडापखाला लाग्ने र छालाजन्य रोग लाग्नेजस्ता समस्या आइरहेपनि राज्य मौन छ। यो दृश्य थापाथलीस्थित संयुक्त राष्ट्रसंघ पार्कभित्र रहेको ज्वागल प प हाउसको हो। प पको वोरिङ बागमती किनारमै गरिएको छ।



स्थानीयबासी पञ्चनारायण तण्डुकारले यो पानीका कारण स्थानीय बासिन्दामा झाडापखाला, टाइफायड र कमलपित्त लगायतका रोगहरू देखापर्ने गरेको छ। 'विक ल्प नहुँदा बाध्य भएर त्यही पानी सेवन गर्न बाध्य छौं,' उनले भने। उपभोक्तावादी प्रेमलाल महर्जन भन्छन्, ' प्रयोगशालाले पिउन अयोग्य भनेर बोर्ड लगाउदा समेत नटेर्ने केयुकेएललाई कडा कारवाही गर्न नसकेर राज्यले लाचारीपन देखाएको छ।'



राज्यको वेथिति यतिमै सिमित छैन्। सर्वसाधारणको स्वास्थ्यप्रति सदैव साकारात्मक रहेको दावी गर्ने केयुकेएलको अर्को कर्तुत पनि कम छैन्। बालाजुस्थित बाइसधारा प्रशोधन केन्द्रको पानीको अवस्था पनि कम छैन्। पानीको रिजर्भ वायरभित्र ससाना साँङलादेखि ठूला चरा मरेको प्रस्टै देखिन्छ। सडेका पात र लेदोको अबस्था हेर्दा बर्षौदेखि सफा नभएको भेटिएको छ। वरिपरी फोहोरकै डंगुर छ। वायरसँगै घना जंगल छ। रूखमा गुंड बनाएर बसेका र घु दै आउने चराचुरूङी फुत्त आएर रिजर्भ वायरमै हग्छन्। दुई बर्षअघि कुहिएको रिजर्भ वायरको पाताको छाना मर्मत स भारको नाममा हटाइएको बर्षदिन पुगिसक्यो।



पानीमा अत्याधिक परिमाणमा अमोनिया र आइरन छ। अल्ले, वाउडे, भण्डारे, पाँचमाने, छहरेलगायतका खोलाबाट ल्याइएको पानी उक्त रिजर्भवायरमार्फत केयुकेएलले एकदेखि दुई दिन विराएर काठमाडौंको वडा न बर १३, १४ र १६ का बीसहजारभन्दा बढी घरपरिबारलाई १४ लाख लिटर पानी वितरण गर्दैआएको छ। बाइसधारा प्रशोधन केन्द्रमा प्रशोधनको काम गर्दैआएका कर्मचारी माधव दुलाल भन्छन्,'दुई बर्ष भयो, सफा नगरिएको। ब्लीचिङ गरिएपनि पानी सफा हुन सकेको छैन्। छाना नभएका कारण दैनिक चरा मर्ने र चराको सुली पानीमा खस्ने गरेको छ।'


केयुकेएलकै रत्नपार्कस्थित बोरिङस्थलमा जताततै सर्बसाधारणले सौच गरेको, कुखुराका सुली र नजिकैको सौचालयबाट फोहोर पानी वगीरहेको भेटिएको छ। बोरिङ गरी निकालिएको पानी सिधै ट्यांङकीमा रिजर्भ गरेर प्रशोधन नै नगरी बागबजार, भोटाहिटी हुँदै महावौद्ध, असन, महाराजगंज, न्युरोड, रानीपोखरीलगायतका स्थानमा वितरण हुँदै आएको छ। विज्ञहरूका अनुसार बोरिङ गरिएका स्थानमा सौचालय र फोहोरजन्य पदार्थको भण्डारण गर्नु हुन्न्। यस्ता फोहोर र सौचालयका पानी जमिन मुनि पुगेर सिधै बोरिङको श्रोतमा मिसिने खतरा हुन्छ। सर्वसाधारणप्रति राज्य वा केयुकेएल कति जि मेबार छ भन्ने बारेमा अर्को ठूलो प्रमाण यस्तो छ।


तीनबर्ष अघि सर्वोच्च अदालतले केयुकेएलको आदेशमा धु बाराहीस्थित शंखपार्क केन्द्रको धारा, सोही केन्द्रको ट्याँकीको पानी, बल्खु, लोकन्थली, लगन, कुमारीघाट, बोडे, त्रिपुरेश्वर, सिप्रदी, ताहाखेल र ज्वागल केन्द्रको पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरेको थियो। राष्ट्रिय खानेपानी गुणस्तर ०६२ को मापदण्ड विपरित पानीमा अत्याधिक परिमाणमा कोलिफर्म र एमोनिया भेटिएको पुष्टि सहित गत ०६८ चैत २० र २४ गते प्रतिवेदन अदालतलाई बुझाएको थियो। तर त्यो बिषयमा हालस म कुनै कारवाही प्रक्रिया अघि नबढ्दै केयुकेएलले तीनबर्षदेखि निरन्तर रूपमा उक्त केन्द्रहरूमार्फत सर्वसाधारणको घरमा पानी वितरण गर्दैआएको छ। मानिसको दिसा र मरेका जनावरबाट उत्पन्न हुने एकप्रकारका सुक्षम जिवाणुबाट कोलिफर्म उत्पादन हुन्छ।


राज्यको वेवास्ताका कारण उपभोक्ताले महसुल तिरेर पनि केयुकेएलबाट शुद्ध पानी खान पाएका छैनन्। मासिक रूपमा महसुल बुझाउदै आएका उपभोक्तालाई केयुकेएलले मु य श्रोत केन्द्र र वितरण केन्द्र को पानी 'गुणस्तरयुक्त Ó भनेर धारामार्फत कोलिफर्म, आर्सेनिक, एमोनिया, विभिन्न प्रकारका सुक्षम जिवाणु र आइरनसहितको पानी खुवाउदै आएको छ। राज्यभने मुकदर्शक बनेर केयुकेएलमाथि कारवाही गर्नुको साटो हौसियाइरहेको छ। जसले गर्दा आम उपभोक्ता बाध्य भएर पनि त्यस्तै पानी सेवन गर्न बाध्य छन्।


उपत्यकामा दैनिक केयुकेएलमार्फत सु खायाममा नौं करोडलिटर, जार र बोटलमार्फत करिब ५० लाखलिटर र ट्याँकरमार्फत ४ करोड ८० लाख लिटर पानी पानी वितरण हुँदै आएको छ। यसवाहेक अवैध रूपमा अस्पताल, शैक्षिक संस्था, एपार्टमेण्टले छुट्टै बोरिङ गरेर १० करोड लिटर पानी प्रयोग गर्दैआएका छन्। बिज्ञहरूका अनुसार यसमध्ये ट्याँकरको पानी खान योग्य नरहेको, केयुकेएलको पानीको गुणस्तरमा समय समयमा प्रश्नचिन्ह लाग्दै आएको र जार र वोटलको पानी पनि त्यति सन्तोषजनक नभेटिएको अवस्था छ।



पानी बिज्ञ डा. सुमन शाक्य भन्छन्,'सर्वसाधारणलाई पानी खुवाउने जि मेबारी बोकेको केयुकेएलकै पानी गुणस्तरयुक्त छैन्। अन्यको अवस्था झन भयावह छ। उनका अनुसार ललितपुर र भक्तपुरस्थित केयुकेएलको पानीमा आर्सेनिक पनि पाइएको छ। आर्सेनिकले दीर्घकालिन रूपमा क्यान्सरजस्ता घातक रोग नि त्याउछ। केयुकेएलले गुणस्तरहिन पानीको प्रतिवेदन लुकाएर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्दैआएको आरोप पनि लगाएका छन्।


'उपत्यकावासीले कुनै पनि श्रोतबाट शुद्ध र गुणस्तरयुक्त पानी सेवन गर्न पाएका छैनन्। सरकारले गुणस्तरहिन पानी उत्पादन गर्ने र बितरण गर्ने निकायमाथि कारवाही गर्न नसक्दा पनि यस्ता निकायहरू हौसिएका छन्। उपभोक्ताले नहुनुभन्दा कानो मामाजस्तै जस्तो अवस्थाको पानी छ, त्यसैलाई प्रयोग गर्दैआएका छन्,' उनी भन्छन्। 



एउटै बिषयमा धेरै संयन्त्र हुँदा पानी स्वच्छताका क्षेत्रमा प्रभावकारी रूपमा काम हुन सकेको भूगर्भविद सुरेशदास श्रेष्ठ भन्छन्। उनका अनुसार अधिकाँश रिजर्भ वायर र प्रशोधन केन्द्र खुला आकाशमूनी भएकाले हावाको माध्यम, चराचुरूङी र विभिन्न प्रकारका जनावरको माध्यमको स पर्कबाट पानी दुषित हुँदै आएको छ। 'यसका लागि धेरै निकायभन्दा एउटै बलियो र प्रभावकारी निकाय हुन जरूरी छ,' भूभर्गविद् श्रेष्ठ भन्छन्,'पानीको शुद्धता कायम रा न क ितमा पनि रिजर्भ वायरमाथि जाली रा न सकिन्छ।'




खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाका अनुसार मान्यताप्राप्त उद्योगहरूले पनि गुणस्तरहिन पानी उत्पादन गर्छन भन्ने कुरालाई यसबर्ष परेको मुद्दाले पुष्टि गर्छ। चालु आर्थिक बर्षमा २१ वटा यस्ता उद्योगबाट उत्पादित पानी गुणस्तरहिन फेला परेका छन्। २१ वटै उद्योगलाई वन्द गराएर थप कारवाहीका लागि मुद्दा दायर गरिएको छ। अघिल्लो बर्षमा १९ उद्योगविरूद्ध मुद्दा दायर गरिएको थियो। उनी भन्छिन,'उपत्यकाको पानीको अवस्था निक्कै दयनिय छ। कुनै पनि पानीको भर गर्ने अवस्था छैन्। अनुज्ञापत्र लिएका तथा ल्याव राखेर विभिन्न प्रकारका प्रशोधन प्रकृया पुरा गरेर उत्पादन हुँदै आएका जार तथा बोटलको अवस्था दयनिय छ भने अन्यको त् विश्वास गर्ने आधार नै छैन्।' नेपाल आउने अधिकाँश पर्यटकहरू उपत्यकाको पानी गुणस्तरहिन छ भनेर गुनासो गर्दैआएको उनको अनुभव छ।





केयुकेएलको पानीको ९० प्रतिशत नमूनामा विभिन्न प्रकारका रोगका जिवाणु भेटिएको बिज्ञ डा. शाक्यले बताए। यस्तै ट्याँकरका पानी शतप्रतिशत सेवन गर्न अयोग्य छ। शाक्यले पानीमै अष्ट्रियाबाट पिएचडी गरेका हुन्। उनी भन्छन्,'केयुकेएलको पानीमा ९० प्रतिशतको हाराहारीमा विभिन्न प्रकारका रोगका किटाणु भेटिएका छन्। यस्ता किटाणु मानिसको दिसापिसाव, मरेका जनावर र सडेगलेका फोहोर पानीको स्रोत तथा पानीको पाइपलाइन फुटेर मिसिएर उपभोक्ताको घरघरै पुगिरहेको छ।' ट्याँकरको पानीको कुनै पनि प्रकारको परीक्षण नहुने हुँदा यस्ता पानी सेवन नगर्दा नै राम्रो हुने उनी सुझाव दिन्छन्। रसायन र सुक्षम जिवाणुका कारण आगामी चैतदेखि साउनस म झाडापखाला, जण्डिस, टाइफाइड, हैजा, आउ, ज्वरो र छालाजन्य रोगहरूले प्रकोपको रूप लिने गर्छ।'



नदी किनारको दुईसय मिटरभित्र बोरिङ र डिप ट्युववेल जडान गर्न नहुने नीति भएपनि कुनै पनि निकायले यसको पालना गरेका छैनन्। 'केयुकेएलदेखि नीजि क्षेत्रका पानी उत्पादकहरूको बोरिङ यस्तै स्थानमा छ,' पानी बिज्ञ शाक्यले भने। अधिकाँश श्रोत केन्द्र नजिकै सडेगलेका फोहोरका डंगुर भेटिएकाले त्यस्ता डंगुरहरूबाट विभिन्न प्रकारका रोगका किटाणुहरू जमिनभित्रका श्रोतकेन्द्रमा मिसिने र त्यही किटाणुहरू पाइपलाइनहुँदै घरका धारामा आउने गरेको महानिर्देशक लामाको ठहर छ। वागमति, बिष्णुमति, हनुमन्ते, धोविखोला, जोरपाटी, मनमैजु, चाल्नाखेल, गोदावरीलगायत विभिन्न नदी किनारमै बोरिङ गरिएका कारण पनि धाराबाट गुणस्तरहिन पानी आउछ।





खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका कार्यक्रम व्यवस्थापक बालकृष्ण पोखरेलका अनुसार केयुकेएलको आपूर्ति भइरहेका कूल पानीमध्ये ३० प्रतिशतमात्र शुद्ध छ। 'बाँकी पानी गुणस्तरहिन छ,' उनी भन्छन्,'केयुकैएल, जार/वोतल उत्पादक, ट्याँकरमध्ये कसैले पनि पानीस बन्धी मापदण्डको प्यारामिटर(आधार)हरूलाई पुरा गरेका छैनन्। राज्यको फितलो नीतीका कारण उपभोक्ता दुषित पानी सेवन गर्न बाध्य छन्।'





केयुकेएलका केन्द्रीय प्रयोगशालाका प्रमुख ज्ञानेन्द्रवहादुर कार्कीले उपत्यकाको पानीमा करिब ८० प्रतिशतभन्दा बढी हानिकारक रसायन र जिवाणु फेला परेको बताए। 'पानीबाटै ८० प्रतिशतस म रोग लाग्छ,' उनी भन्छन्,'भूमिगत रूपमै एमोनिया धेरै पाइएको छ।' उनकाअनुसार उपत्यकाको मध्य तथा दक्षिणपूर्वका प्रमुख स्थानहरू रत्नपार्क, वागवजार, असन, इन्द्रचोक, ललितपुर, भक्तपुर, किर्तिपुरलगायतका क्षेत्रका पानी निक्कै दुषित भेटिएका छन्। श्रोत केन्द्र फोहोरयुक्त हुने, पुराना पाइपलाइन फुट्ने, जमिनमूनीको ढलको पाइपलाइनसंगै पानीको पाइपलाइन हुँदा एकअर्काबीच स पर्क भएर दिसा र फोहोरजन्य पदार्थ मिसिने, प्रशोधन केन्द्रहरू खुला हुनु, समय समयमा पानीको ट्रिटमेण्ट गर्ननसक्नुलगायतले गर्दा उपभोक्ताले स्वच्छ पानी सेवन गर्न नसकेको उनको कथन छ।




शहरी विकास मन्त्रालयअन्तर्गतको खानेपानी महाशाखाका प्रमुख अवधकिशोर मिश्रले गुणस्तरयुक्त पानीको विक ल्प नहुँदा उपत्यकावासीले दुषित पानी सेवन गर्न बाध्य भएको बताउछन्। धु बाराही घर भएका उनी आफै पनि एमोनियायुक्त केयुकेएलको पानी खान बाध्य छन्। 'म आफै केयुकेएलको एमोनियायुक्त पानी खान बाध्य छु,' उनी भन्छन्,'विक ल्प छैन्।' उनका अनुसार पानी अभाव भइरहेको अवस्थामा गुणस्तरयुक्त पानी वितरण गर्न समस्या छ। मागअनुसार पानीको आपूर्ति नहुँदा जेजस्तो अवस्थामा पानीको उपलब्धता हुन्छ, त्यसैबाट उपभोक्ताले उच्चतम फायदा उठाउदै आएका छन्। मेल ची नआएस म यो समस्या अझ केही दिन कायम रहनेछ,' प्रमुख मिश्र भन्छन्।



केयुकेएलले गुणस्तरयुक्त पानी वितरण गर्दैआएको दावी गर्दै केयुकेएलका प्रवक्ता मिलन शाक्यले ढल र पानीको पाइप सँगसँगै ओछयाइएका कारण पनि पानीमा ढल मिसिनाले पानी दुषित बनेको जानकारी दिए। खानेपानी र ढलबीचको दुरीसमेत टाढा छैन। 'राणाकालिन समयमा ढल र पाइपबीच कति दुरी रा ने प्रावधान समेत नहुँदा उपभोक्ता दुषित पानी खान बाध्य भएका छन,' प्रवक्ता शाक्यले भने।



नेपाल ट्याँकर तथा वोरिङ व्यवसायी संघका अध्यक्ष बिष्णु दाहालले ट्याँकरको पानी सेवन गर्न योग्य रहेको दावी गर्छन। ठुला होटेलदेखि बीर र अन्नपूर्ण अस्पतालस मले दैनिक ट्याँकरकै पानी प्रयोग गर्दैआएको बताउने उनी भन्छन,'गुणस्तरयुक्त नभएको भए उनीहरू प्रयोग गर्दैनथे होला। हामीले आफै पानीको गुणस्तर परीक्षण गर्दैआएका छौं।' कतिपय व्यवसायीको गल्तिका कारण सबै ट्याँकरको पानी गुणस्तरहिन छ भन्नु हास्यास्पद हुने उनी भन्छन्।


पानी कसरी हानी गर्छ

 पानीमा पाइने आइरन घुलनशिल अवस्थामा खाँदा केही ठिक मानिएपनि खियाको रूपमा खान अयोग्य मानिन्छ। पानीमै पाइने एमोनिया आफै त्यति हानिकारक नमानिएपनि यो नाइट्रेट र नाईट्रेटबाट नाईट्राइटमा परिणत हुँदा भने ठूलै हानि गर्छ। नाईट्रेटमा रूपान्तरित भएर आमाको दूधमार्फत बच्चाको पेटमा एमोनिया जान्छ। जसले 'ब्लु बेविज' भन्ने रोग बच्चामा देखापर्छ। बच्चाको नाक, कान, गाला निलो हुने र मर्ने स भावना हुन्छ। यस्तै नाइट्राइट रूपमा रूपान्तरित हुने एमोनिया रगतमा हुने हेमोग्लोविनसँग प्रतिक्रिया गर्छ। यस्तो प्रतिक्रियाबाट मिथ हेमोग्लोविन वन्छ। मिथ हेमोग्लोविन शरीरभर फिजिएर अक्सिजनलाई शरीरभर काम गर्न अवरोध सिर्जना गर्छ। यसले गर्दा बढी उमेरका सर्वसाधारणलाई विभिन्न प्रकारका दीर्घकालिन रोग लाग्ने स भावना हुन्छ। सकभर एमोनिया भएको पानी नखादा नै उत्तम हुन्छ। आर्सेनिकयुक्त पानीले दीर्घकालिन रूपमा क्यान्सर लगाउछ। यसले हातका औलाहरू झर्ने रोगपनि नि त्याउछ। यस्तै सडेगलेको फोहोर, दिसा, मरेका जनावरबाट पानीमा साल्मोनेला टाइफि, सिजेला डिसेन्ट्र, हेपाटाइटिस ए, भिग्रीयोकोलेरा, ब्याक्टेरियाजस्ता र कोलिफर्म मिसिएर टाइफाइड, हैजा, झाडापखाला, जण्डिसलाग्ने प्रवल स भावना हुन्छ।


रोकथाम

सकभर घरमा फि ल्टर राखेर पानी छानेर उमालेर सेवन गर्ने। दुषित पानीमा ब्लीचिङ पाउडर र पियुषको झोल राखेर पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। तर बढी ब्लीचिङ पाउडर र पियुष अर्थात क्लोरिनको झोल हाल्दा दीर्घकालिन रूपमा क्यान्सर लाग्ने खतरा हुन्छ। निर्देशन दिइएअनुसार यस्ता पाउडर र पियुषको प्रयोग गर्नुपर्छ।


पाइप फेर्न एघार बर्ष लाग्ने
जमिनमुनी ओछयाइएका खानेपानीको पाइप फेर्न करिब एघार बर्ष लाग्ने सरोकारवाला निकायले जनाएको छ। राणाकालिन समयमा राजधानीको जमिनमुनी ओछयाइएका ढल तथा खानेपानीको पाइप अहिलेस म फेरिएको छैन। करिब डेढसय बर्षअघि बिछ्याइएका ढल र खानेपानीको पाइप खिएर तथा मक्किएर चुहिदै आएको छ। पाइपको खप्ने अवधि सकिसक्दा पनि सरोकार निकायले उक्त पाइपलाई फेर्न चासो नदेखाउदा उपभोक्ताहरुले समय समयमा दिसा र लेदोयुक्त पानी खान बाध्य छन।


उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रवक्ता योगेन्द्रवहादुर बमका अनुसार मेल ची आयोजनालाई दृष्टिगत गरेर पुराना पाइपलाईन फेर्न प्रकृया अघि बढाइएको छ। खानेपानीको भौतिक पूर्वाधार निर्माण हेर्ने परियोजना कार्यान्वयन निर्देशनालय(पीआईडी)ले आगामी एघार बर्षभित्र(सन् २०२५) स ममा उपत्यकाभरीका पुराना पाइपलाईन फेरेर नयाँ जडान गरिसक्ने योजना बनाएको छ। उनले भने, 'आगामी एघार बर्षभित्रमा उपत्यकाभरीका खानेपानीको पाइप फेरि सक्ने लक्ष्य राखिएको छ।'


मेल चीको पानी ल्याउन बढी क्षमताको पाइपहरु आवश्यकता पर्ने भएकाले पनि मेल ची आयोजनाको निर्माणसँगसँगै उपत्यकामा पानी भित्र्याउन पाइपलाइन फेर्न लागिएको केयुकेएलका प्रवक्ता शाक्यले जानकारी दिए। मेल ची खानेपानी आयोजनाले पहिलो चरणमा १७ करोड लिटर पानी उपत्यकामा भित्र्याउने लक्ष्य राखेकाले उक्त क्षमताको पानी अटाउन हालको पाइपले नसक्ने भएकाले घरघरै जोडिएका र मु य पाइपलाईन फेरिन लागिएको हो। 'बर्षात समयमा पानीको चाप बढने भएकाले उक्त पुरानो पाइपले पानीको परिमाण र चापलाई थेग्न नसक्दा पनि पाइपलाईन फेर्न लागिएको हो,' प्रवक्ता शाक्यले भने।


केयुकेएलका प्राविधिक महाशाखा विभागका प्रमुख तिलकमोहन भण्डारीका अनुसार उपत्यकाको जमिनमुनि जिआई, डिआई, आइरन, सिमेन्ट, कास्ट आइरन, स्टील, प्लास्टिक र अन्य गरी आठप्रकारका पाइपहरु ओछयाइएका छन। डिआई पाइप सय बर्षस म खप्ने क्षमता हुन्छ भने अन्य पाइपको खप्ने अवधी थोरै हुन्छ। उनकाअनुसार जमिनमुनी ओछ्याइएका यस्ता पाइपहरुको कूल ल बाई एकहजार चारसय ४१ किलोमिटर छ। जसमध्ये घरघरै जोडिएका विभिन्न प्रकारका पाइपको कूल ल बाई ३ सय १ किलोमिटर छ। मु य पाइपलाइनको ल बाई एकहजार १सय ४० किलोमिटर छ। कूल पाइपको ल बाईमध्ये १ सय १० देखि १ सय १५ बर्ष पाइपको ल बाई ४ सय ५५ किलोमिटर छ।


बर्षेनी भूमिगत पानीको सतह घट्दै

बर्षायामको पानीलाई संकलन गरेर भूमिगत जलभण्डारलाई पुन: भरण गर्न सरकारले 'काठमाडौं उपत्यका भूमिगत जलश्रोत व्यवस्थापन नीति' स्वीकृत गरेको छ। अकाशे पानी सदुपयोग गर्नेस बन्धमा यसअघि कुनै नीति नहुँदा बर्षेनी बर्षायामको करोडौं लिटर अकाशे पानी खेर गइरहेको थियो। नीतिको सहयोगमा आकासेपानी संकलन गरेर जलभण्डारमा पुन:भरण गर्न सकिने बोर्डका प्रवक्ता बमले जानकारी दिए। 'नीति बल्ल स्वीकृत भएको छ। यसैबर्षदेखि नीतिलाई कडाईका साथ कार्यान्वयनमा ल्याउदै छौं,' उनले भने।



भूगर्भविद् डा. सुरेशदास श्रेष्ठले सरकारीस्तरबाट आकाशे पानीको प्रयोगको बारेमा यसअघिस म कुनै प्रयास नभएको बताए। उनका अनुसार भूमिगत जलभण्डारलाई पुन: भरण गर्ने प्रयास नथालिंदा प्रत्येक बर्ष साढे दुई मिटरका दरले डिप ट्युववेलको पानीको सतह घट्दै गएको छ। 'यसले भविष्यमा भूमिगत पानीको अबस्था अत्यन्त जटिल हुनेछ भनेर दर्शाउछ,' उनले भने। राजधानीको ३ सय बर्ग किलोमिटरमा मात्र आकासे पानी संकलन गरेर भूमिगत जलभण्डार पुन: भरण गर्न सकिएमा उपत्यकाभित्र ५ सय २५ दिनस म पानीको आवश्यकता पूर्ति गर्न सकिने भूगर्भविद् एवं काठमाडौं रिचार्ज अभियानका संयोजक डा. श्रेष्ठले जानकारी दिए।


बोर्डका अनुसार गर्मीयाममा उपत्यकामा दैनिक ११ करोड लिटर खानेपानी आपूर्ति हुन्छ। बर्षायाममा भने १३ करोड लिटर आपूर्ति हुन्छ। उपत्यकामा हाल दैनिक ३५ करोड लिटर पानीको माग छ। काठमाडौंमा हाल ६० प्रतिशतभन्दा बढी पानीको आवश्यकता भूमिगत श्रोतबाट पूर्ति हुँदै आएको छ। नीति तयार गर्ने कार्यदलका संयोजकसमेत रहेका श्रेष्ठका अनुसार भूमिगत पानी सदुपयोग गर्नेले अनिवार्य रुपमा जलभण्डार पुन: भरण गर्नुपर्नेछ। 'घरायसी वाहेक अन्य काममा भूमिगत पानी प्रयोग गर्नेले अबदेखि अनिवार्य रुपमा अनुमति पत्रपनि लिनुपर्नेछ,' उनले भने। सरकारले उक्त नीति गत ०७० असार ३ गते स्वीकृत गरेको हो।



उनकाअनुसार उपत्यकाको २६ स्थान भूमिगत पानी पुनर्भरणको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। पुनर्भरणका लागि राम्रा मानिएका यस्ता स्थानहरुमा पछिल्लो समयमा बढदो जनसं यासँगै बढदै गएको शहरीकरणका कारण ति स्थानहरु पुरिदैं गएका छन। पक्की घर, ठुलठुला एपार्टमेन्ट, हाउजिङ, सडक विस्तार, उद्योग कलकारखाना निर्माणका कारण ति स्थानहरु पुरिंदै गएका छन। काठमाडौंको गोगवु, धापासी, साँग्ला, नेपालटार, गोलढुँगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, धोविखोला, भिमढुँगा, खड्का भद्रकाली, बुढानिलकण्ठ, चपली, महादेवस्थान, सैबु, सितापाइला, तिनथाना, सतुंगल, कटुन्जे, कपन, चुनिखेल, गोकर्ण र सुन्दुरीजल पुनर्भरणका लागि राम्रो क्षेत्र मानिन्छ। यस्तै काठमाडौंकै मुलपानी, नयाँपाटी, थलि, साँखु, झोर महाँकाल र इचंगुनारायण पनि पुनर्भरण क्षेत्रको रुपमा चिनिन्छ। भक्तपुरको बोडे र मनहरा खोला पनि पानी पुनर्भरणका लागि उपयुक्त क्षेत्र हुन। किर्तिपुर, थानकोट, सिपाडोल, बालकोट र वल बु पनि पानी पुनर्भरणका लागि महत्वपूर्ण स्थान मानिन्छ।






अबैद्य रूपमा भूमिगत पानी प्रयोग गर्ने कारवाहीमा
सरकारले अनुमति विना बोरिङ गरेर गैरकानुनी रूपमा पानीको प्रयोग गर्दैआएका विभिन्न निकायलाई कानुनी दायरामा ल्याउने तयारी गरेको छ। उपत्यकाका ठूला होटेल, ब्यांक, हाउजिङ-एपार्टमेण्ट, शैक्षिक संस्था, अस्पताललगायतका संस्थाहरूले अवैध रूपमा वोरिङ गरेर आफुखुशी भूमिगत पानीको प्रयोग गर्दैआएका छन्। 'हामी पुन: यसस बन्धी अनुगमन थाल्ने प्रकृया सुरू गर्दैछौं,' काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रवक्ता योगेन्द्रवहादुर बमले भने। उनकाअनुसार दुईबर्ष अघि सुरू गरिएको यस्ता अनुगमनका कारण यस्ता धेरै संस्थाहरूलाई कानुनी दायरामा ल्याइएको थियो। दुई बर्षअघि अभियानको रू पमा अनुगमन गरिएपनि अनुगमन गर्ने टोलीको याद सकेका कारण बीचमा अनुगमन रोकिएको थियो।



बोर्डको नेतृत्वमा सरोकारवाला निकायले संयुक्त रूपमा तत्कालिन समयमा गरिएको अनुगमनको क्रममा अधिकाँश पाँचतारे होटेल, ब्यांक, हाउजिङ-एपार्टमेण्टहरूले अवैध रूपमा बोरिंग गरेर आफुखुशी भूमिगत पानीको आफुखुशी प्रयोग गर्दैआएको रहस्य खुलेको थियो। अनुगमनको क्रममा कमलादीस्थित हिमालयन बैंक, डीसीबीएल बैंक, सिटिजन बैंक, शोभा शाहको कमर्सिएल क पलेक्स, हेरिटेज प्लाजा, काठमाडौं प्लाजा र रोयल सिंगी होटेल, हात्तिसारस्थित लक्ष्मी ब्यांक, सिद्धार्थ ब्यांक, गुडवील फाइनान्स, शाख: सेन्टर, जय नेपाल सिनेमा हल र मानिक मञ्जिल प्लाजाका व्यवस्थापक तथा सञ्चालकले अवैध रूपमा यसरी पानीको दोहन गर्दैआएको फेला परेको थियो।



सोही समयमा कार्यक्षेत्रमै दरवारमार्गस्थित पाँच तारे होटल अन्नपूर्ण, याक एण्ड यति तथा लैनचौरस्थित होटल मल्ल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, महाराजा होटेल, पशुपति भिजन क पलेक्स, तिलगंगा आँखा अस्पताल, गोल्डेन गेट कलेज, ब्रिज बाटर इन्टरनेशनल कलेज र सोल्टी होटेलको क्याटरिन र शुभहोम हो स धापासी, सोही स्थानका सिडी डेभलेपर्स, चर्खा पानी सेवा धोविघाट, सुपर पानी सेवा, सनराइज टावर तथा बालाजु औधोगिक क्षेत्रले दैनिक ५० हजारदेखि १ लाख लिटरस म अवैध रूपमा भूमिगत पानीको दोहन गरेका थिए। उनीहरूबाट जनही कार्यक्षेत्रमै १० हजारदेखि ५० हजाररूपैयाँस म आर्थिक जरिवाना गराउनुका साथै वोरिङस बन्धी अनुमति पत्र लिन लगाइएको थियो।



बोर्डका अनुसार घरायसी प्रयोगका लागि दुई इन्चभन्दा बढीको पाइप हालेर बोरिंग गर्न मिल्दैन। तर होटलहरुले व्यक्तिगत प्रयोजनका लागि भन्दै आठ इन्चभन्दा बढीको पाइप प्रयोग गरी बोरिंगमार्फत दैनिक पचासहजार भन्दा बढी पानी जमिनमुनीबाट झिक्दै आएका छन। सरकारले बोरिङ संचालन गर्नेलाई दैनिक सय लिटर पानी मात्र प्रयोग गर्न अनुमति दिएको छ। बोरिंग गरेर झिकिएको पानी पनि अत्यन्त नि न गुणस्तरको भेटिएको अनुगमन टोलीले फेला पारेको छ। पानीमा अत्याधिक मात्रामा अमोनिया र आइरन भेटिएको थियो।

Comments