केयूकेएलले दैनिक ६० लाख लिटर खानेपानी खेरफाल्छ

  • राजेश बर्मा
काठमाडौं : काठमाडौंवासीले मध्यरातमा उठ्दा पनि पानी नपाएको पीडा सामान्यजस्तै भइसकेको छ। सातामा मुस्किलले दुईपटक पानी आउने तालिकाको कुनै भर छैन। तर उपत्यकामा पानी वितरण गर्ने निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भने एउटै ठाउँबाट दैनिक ६० लाख लिटरभन्दा बढी पानी खेर फाल्दै आएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले एकै स्थानबाट दैनिक ६० लाख लिटरभन्दा बढी पानी वगाउदै आएको रहष्य खुलेको छ। पानी नपाएर उपत्यकाबासी काकाकुल भइरहेका बेला केयुकेएलले किर्तिपुर जाने बाटोमा रहेको सुन्दरीघाटस्थित प्रशोधन केन्द्रमार्फत दैनिक यो परिमाणको पानी नजिकैको वागमती नदिको खोलामा वगाउदै आएको हो। केयुकेएलको आँकडाअनुसार पाइपलाईन मर्मत स भार र ट्याँकीको क्षमता विस्तारको अभावमा करिब २० देखि ३० प्रतिशत पानी खेर गइरहेको छ।


न खु खोलाबाट दैनिक संकलन भएर आएको पानी गत छमहिनादेखि केयुकेएलले उक्त खोलामा बगाउदैआएको हो। केयुकेएलले सुन्दरीघाट पानी प्रशोधन केन्द्रको पानी संकलन गरेर रा ने ट्याँकीको क्षमता नबढाएका कारण आवश्यकताभन्दा बढी आएको पानी वागमती नदिमा फाल्दैआएको छ। 'ट्याँकीमा पानी अटाउने क्षमता कम भएकाले बढी भएको पानी बागमतीमा पठाउदैआएका छौं,' केयुकेएलका प्रवक्ता मिलन शाक्यले भने।



काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले एक साताअघि केयुकेएलको पानी चुहावटस बन्धी गरेको स्थलगत अध्ययनको क्रममा उक्त स्थानमा पानी चुहावट भइरहेको तथ्य बाहिर ल्याएको हो। बोर्डका प्राविधिक अधिकृत शुशिल केसीका अनुसार केयुकेएलले बढी पानी ल्याउनुअघि ट्याँकीको क्षमता विस्तार गर्नुपर्ने थियो। 'तर केयुकेएलले क्षमता विस्तारभन्दा बढी पानी ल्याएर खोलामा बगाइरहेको देखियो,' उनले भने,'त्यो पानी सदुपयोग गर्न सकिएको भए क ितमा तीनहजार घरपरिबारलाई खानेपानी आपूर्ति गर्न सकिन्थ्यो। भएका श्रोतहरूबाट संकलन गरिएका पानीलाई केयुकेएलले उच्चतम फायदा लिन सक्थ्यो। तर लापरवाहीका कारण ठूलो परिमाणमा पानी खेर गइरहेको छ।'


बोर्डका एक अधिकारीकाअनुसार खेर गइरहेको पानीलाई सदुपयोग गर्न तत्कालै ट्याँकीको क्षमता विस्तार गर्न केयुकेएललाई निर्देशन दिइएको छ। 'तत्कालै ट्याँकीको क्षमता विस्तार गरेर पानीको सदुपयोग गर्न केयुकेएललाई निर्देशन दिइएको छ,' ति अधिकारीले बताए। खेर गइरहेको पानीको सदुपयोग गरेर स्थानीयबासिहरूले लुगा धुने र नुहाउने काम गर्दैआएका छन्।



केयुकेएलकाअनुसार पानीकाकारण आक्रान्त रहेका उपत्यकावासीलाई थप पानी आपूर्ति गर्ने उद्देश्यले न खु खोलाको मुहान फराकिला पारेर छ महिनादेखि थप दैनिक करिब ६० लाख लिटर पानी सुन्दरीघाटमा भित्र्याइदैं आएको छ। यसवाहेक दैनिक २५ लाख लिटर पानी न खु खोलाबाट छुट्टै भित्र्याइन्छ। प्रवक्ता शाक्यकाअनुसार प्रशोधन केन्द्रमा २० लाख लिटर क्षमताको ट्याँकी भएकोले बढी भएको पानी नदीमा पठाइदैआएको छ। वक्ति नभएको अवस्थामा पहिलेदेखि नियमित रूपमा आपूर्ति हुँदैआएको पानीमध्ये पनि झण्डै चारलाख लिटर पानी पनि सोही नदीमा पठाइने गरेको छ।


केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालय(पीआईडी) वरिष्ठ डिभिजन ईन्जिनियर लिलाप्रसाद ढकालकाअनुसार छमहिनाअघि सुन्दरीघाट केन्द्रमा बढी पानी भित्र्याउने उद्देश्यले न खु खोलाको माथि अर्को मुहान थपेर त्यहाँबाट सुन्दरीघाटस म ६ किलोमिटरको पाइपलाइनमार्फत थप पानी भित्र्याउने काम भइरहेको छ। 'भित्र्ने पानीलाई सदुपयोग गर्न भएको ट्याँकीलाई सुधार गर्न र थप क्षमताको ट्याँकी निर्माण गर्न पिआईडीले आवश्यक योजना अघि बढाइरहेको छ,' ईन्जिनियर ढकालले भने।


सुन्दरीघाटको प्रशोधन केन्द्रमार्फत बल्खु, कालिमाटी, त्रिभुवन विश्व विद्यालय र कीर्तिपुर क्षेत्रमा पानी वितरण हुन्छ। उपत्यकामा सु खायाममा जेनतेन गरेर दैनिक ९ करोड लिटर खानेपानी आपूर्ति हुँदै आएको छ। बर्षायाममा भने १३ करोड लिटर आपूर्ति हुन्छ। उपत्यकामा हाल दैनिक ३५ करोड लिटर पानीको माग छ। गत बर्षस म उपत्यकामा ३२ करोड लिटर पानीको माग थियो।
2071/1/4

Comments