अब खाद्यस बन्धी रोग पनि पहिचान हुने

  • राजेश बर्मा

काठमाडौं : नेपालमै खाद्य पदार्थका कारण मानिसमा लाग्ने रोगहरूको सुक्ष्म अध्ययन हुने भएको छ। सरकारले रोग लाग्नुका कारण र त्यसको रोकथामका उपायको जानकारी दिने ब्यवस्था समेत गर्ने भएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फुड इपिडिमियोलोजी महाशाखामार्फत यस्तो व्यवस्था गर्ने तयारी गरेको हो।


विभागले राष्ट्रिय खाद्य स्वच्छता तथा गुणस्तर नीतिमार्फत यस्तो व्यवस्था गर्न लागेको जनाएको हो। विभागका अनुसार खाद्य र पेयजन्य पदार्थका कारण मानिसमा लाग्दै आएको घातक रोगहरूका बारेमा सुक्षम रूपमा अध्ययन र त्यस्ता रोगबाट बच्न सक्ने उपायहरू खोज्न बेग्लै महाशाखाको निर्माण गर्न लागिएको हो। 'हालस म नेपालमा फुड इपिडिमियोलोजी महाशाखा छैन,' विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन,'अन्य मुलुकमा पनि यस्तो महाशाखा गठन गरेर खाद्यजन्य रोगस बन्धी विश्लेषण तथा निदानस बन्धी काम भइरहेको छ।'


खाद्य, पेयजन्य, तरकारी, माछामासु, दूध, मसलाजन्य, आयोडिन, दानालगायतका पदार्थको विभिन्न स्वरूपमार्फत मानिसमा सरूवा र घातक रोगहरू लाग्ने गरेको कुरा बाहिर आइरहेपनि पुष्टि हुने गरी ठोकुवाका साथ त्यही बस्तुहरूका कारण रोग लागेको वा सरेको भनेर कुनै निकायले प्रमाण दिन सकेको छैन्। खानाकै माध्यमबाट रोग लागेकोस बन्धमा सुक्षम रूपमा अध्ययन गरेर हालस म अकाट्य प्रमाण कुनै निकायले दिन नसकेको अवस्थामा यो महाशाखाबाट अब त्यस्ता बिषयमा अध्ययन गरिनेछ।

 'पछिल्लो समयमा बिषादीयुक्त हरियो तरकारीको सेवन, बिषादीयुक्त तरकारीको स पर्क र बिषादीको स पर्कका कारण क्यान्सरजन्य रोगीको सं या निक्कै बढेको कुरा व्यापक रूपमा आएको छ,' उनले भनिन,'यो निक्कै ग िभर मुद्दा बनेर अघि आएको छ। तर त्यो कुरा आफैमा कतिस म सहि हो, त्यो आधिकारिक रूपमा पुष्टि गर्न सकिएको छैन। महाशाखामार्फत हामीले यस्ता पदार्थबाट कुन कुन रोग मानिसमा लाग्यो। त्यस्ता रोगबाट कसरी सर्वसाधारणलाई बचाउनेलगायतका बिषयमा सुक्षम अध्ययन गरेर प्रतिवेदन बाहिर ल्याउछौं।'

विभागले स्वास्थ्य सेवा विभागको सहकार्यमा खानाको मार्फत हुने झाडापखाला, कमलपित्त, क्यान्सर, गर्भ तुहिने, विक लाङ शिशु जन्मने, मुटु, कलेजो, आँखा, मस्तिक्सस बन्धीलगायतका रोगहरूबारे गहन अध्ययन गर्नेछ। खानाबाट हुने रोग, त्यसले गरेको आर्थिक नोक्सानी र त्यस्ता रोगविरूद्ध कस्ता खालको औषधी उपयोगमा ल्याउनुपर्छ भन्ने बिषयमा पनि विभागले अध्ययन गर्नेछ।

यसका साथै समय समयमा खाद्यका कारण उत्पन्न हुने विभिन्न प्रकारका महामारी र प्रकोपजन्य रोगहरूलाई नियन्त्रण गर्न पनि महाशाखालाई परिचालन गरिने विभागले जनाएको छ। अन्तर्राष्ट्रियस्तरको मापदण्डको आधारमा समग्र खाद्य श्रंृखलामा खाद्य स्वच्छता तथा गुणस्तरमा थप सुधारका लागि विभागले महाशाखा निर्माण गर्न नीतिलाई अन्तिम रूप दिएर यसै आर्थिक बर्षमा कृषि विकास मन्त्रालयलाई प्रस्ताव गर्दैछ।

पशुजन्य रोग नियन्त्रण आयोजनाले गरेको एक अध्ययनअनुसार मानिसमा लाग्ने घातक रोगमध्ये करिब सत्तरी प्रतिशत पशुपंक्षिबाट सर्ने गरेको छ। आयोजनाको संयोजक डा. इन्द्रकान्त झाकाअनुसार कुखुरा, हाँस, सुँगुर, बंगुर, गाई, भैसी, भेडा, बाख्रा, कुकुर र विरालोजस्ता पशुपंक्षि रोगको भरिया बनेर करिब ७० प्रतिशत रोग मानिसमा सार्दैआएका छन्। यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाअनुसार मानिसमा लाग्ने अधिकाँश रोगहरू खाद्य पदार्थ तथा मिसावट खाद्य पदार्थबाट हुने गरेको छ।
९ बैशाख, २०७१

Comments