यात्रुलाई कमशल, गुरुजीलाई ज्वाँइ भान्सा

  • राजेश बर्मा
काठमाडौं, राजमार्गका होटेल तथा रेष्टुँरा व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहिन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालक (गुरुजी) लाई भने ज्वाईजस्तै मानेर नि:शुल्कमा दामी खाना खुवाउने गरेका छन्।


राजमार्गका होटेल तथा रेष्टुँरा व्यवसायीले बढी मूल्य असुल गरेर पनि यात्रुलाई गुणस्तरहिन खाना दिएका छैनन्। तर, तीनै होटेल तथा रेष्टुँराले गुरुजीका लागि भने अलग्गै कोठामा विशेष भान्साको व्यवस्था गर्ने गरेका छन्।

यात्रुवाहक बसका गुरुजीका लागि अलग्गै कोठामा खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा, पापड, सलाद, क ितमा दुई थरि हरियो तरकारी, बासना आउने चामलको खानासहित कोल्ड ड्रिंक्स पनि व्यवस्था गरिएको हुन्छ। गुरुसहित तीन चारजनालाई यस्तो विशेष भान्साबाहेक यात्रुहरु ल्याई दिए बापत सातसय रुपैयाँ भत्ता पनि होटल व्यवसायीले दिने गरेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटल तथा रेष्टुँराका स बन्धमा गरेको पछिल्लो अनुगमनबाट चालक र यात्रुले खाने खानको गुणस्तरमा यस्तो खाडल देखिएको छ। 'हाम्रो अनुगमनले यस्तो स्थिति देखिएको छ। यसलाई हटाउन संयुक्त प्रयासको खाँच छ, उनले भने।

गुरुजीलाई यस्तो भान्सा उपलब्ध गराउने तिनै होटेलले यात्रुलाई भने महँगो मूल्यमा कमशल खाना दिने गरेका छन्। सोडा हालेको चाम,एक थरी तरकारी र सामान्य दाल दिने गरिएको छ।

पृथ्वीराजमार्ग अन्तर्गतका नौविसे, खानीखोला, धार्के, गजुरी, मलेखु र मुग्लिङग सडक खण्डका होटेल तथा रेष्टुँराले यात्रुहरुलाई राजधानीको सामान्य होटेलभन्दा झण्डै तीनगुना बढी मूल्य असुल गरी यस्तो खाना खुवाउदै आएका छन । उपभोक्ता मंच नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले होटेल संचालकले यस्तो प्रकारको गुणस्तरहिन खाना खुवाएर यात्रुको स्वास्थ्यसँग सिधै खेलवाड गरेको आरोप लगाउॅँछन। 'एउटाले महँगो मूल्य तिरेर पनि राम्रो खाना नपाउनु अर्काेले सित्तैमा सुविधै सुविधाको स्तरीय खाना पाउनु चरम लापरवाहीको यो नमुना मात्र हो,' अध्यक्ष श्रेष्ठले बताए।

नाम उल्लेख नगरिदिने शर्तमा जनकपुरका एक यात्रुवाहक बसका गुरुजी भन्छन,'तर होटेल व्यवसायीले भनेको नमान्दा कहिले काँही गुरुजीले पनि ठूलै समस्याको सामना गर्नुपर्छ।' उनका अनुसार होटेल व्यवसायीले आ नो होटेलमा यात्रुलाई खाना खुवाउन यात्रुवाहक बसका गुरुजीलाई बिभिन्न प्रकारले रिझाउने प्रयास गर्छन। होटेल व्यवसायीको कुरा नमानेको खण्डमा कुण्डले मुण्डले लगाएर ध काउन पनि पछि नपर्ने उनको भोगाइ छ। 'चितवनको रामनगरमा होटेल व्यवसायीले आ नै होटेलमा खाना खुवाउन मरिहत्ते गरी मलाई ध क्याउन लगाएका थिए,' उनले भने,'सबारी साधन त्यही सडकबाट गुडाउनु पर्छ। उनीहरुसँग दुश्मनी मोल्नु पनि राम्रो हुन्न।'

खाद्य तथा गुण नियन्त्रण विभागका अनुसार नौविसेमा ६०, मलेखुमा ५०, मुग्लिङमा १ सय १४, धार्केमा ३०, खानिखोलामा १० र अन्य गरी करिब २ सय ५० वटा साना ठूला होटेल तथा रेष्टुँरा पृथ्वी राजमार्गमा संचालनमा छन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राजधानीबाट दैनिक ६ सय ४० वटा यात्रुवाहक बस बाहिरिन्छ । बाहिरिने बसमा दैनिक करिब १९ हजार ८ सय ४० जना यात्रु यात्रा गर्दै आएका छन्।

Comments