छत र गमलामा तरकारी फलाउनुस, आम्दानी गर्नुस् !

अन्तर्राष्ट्रिय पारिवारिक खेती बर्ष मनाइने

  • राजेश बर्मा
काठमाडौं : तपाईको घरको छत रित्तो र वेवारिसे छ भने अब चिन्ता मान्नुपर्दैन्। घरको रित्तो छत अब तपाईका लागि आ दानीका श्रोत बन्न सक्छ। त्यति मात्रै होइन। तपाईलाई दिनदिनै बिषादीरहित हरिया तरकारी तथा साग पनि सित्तैमा उपलब्ध हुन्छ।


सरकारले अन्तर्राष्ट्रिय पारिवारिक खेती बर्षअन्तर्गत यस्तो योजना ल्याउन लागेको हो। संयुक्त राष्ट्र संघले सन् २०१४ लाई अन्तर्राष्ट्रिय पारिवारिक खेति बर्षको रूपमा मनाउने निर्णय गरेको छ। सोहीअनुसार कृषि विकास मन्त्रालयले पनि उक्त पारिवारिक खेती बर्ष मनाउने तयारी गरेको हो। जसअन्तर्गत घरका रित्तो र वेवारिसे छत, गमला तथा सानो करेशावारीमा तरकारी तथा साग रोप्ने घरधनीलाई सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ। त्यतिमात्रै होइन। उत्पादित कृषिजन्य बस्तु उपभोगभन्दा बढी भयो भने यही योजनाअन्तर्गत बनेका एकीकृत बजार योजना संयन्त्रमार्फत खरिद गरेर बिक्रि गर्ने व्यवस्था पनि गरिएको छ।



'सहरिया जीवनमा रमाइरहेका पारिवारका सदस्यहरूलाई कृषिप्रति आकर्षण गर्न तथा कृषिजन्य पदार्थको आयात दरलाई घटाउन यस्तो योजना ल्याइएको हो,' अन्तर्राष्ट्रिय पारिवारिक खेती बर्षका राष्ट्रिय निर्देशक समितिका सदस्य सचिब खेमबहादुर पाठकले भने। उनकाअनुसार छत र गमलामा रोप्न आवश्यक पर्ने तरकारी तथा सागको वीउ, गमला र जैविक मल खरिदमा आर्थिक सहयोगका साथै प्राविधिक सहयोग तथा प्रशिक्षणसमेत घरधनीलाई सरकारले उपलब्ध गराउनेछ।



पाठककाअनुसार एउटा परिबारले एक सातामा एक किलो मात्रै तरकारी उत्पादन गर्ने हो भने आयात दरलाई धेरै हदस म प्रतिस्थापना गर्न सकिन्छ। योजना अन्तर्गत यो बर्ष १० लाख परिवारलाई सहभागी गराउने योजना छ। आगामी आर्थिक बर्षमा यो योजनामा थप परिबारलाई सहभागी गराइने छ। योजनाअन्तर्गत कृषिस बन्धी पैरवी, तालिम र  जनचेतनाजस्ता कार्यक्रमहरू पनि बर्षैभरी सञ्चालनमा ल्याइनेछ। राष्ट्रिय कार्यान्वयन समितिका अध्यक्षसमेत रहेका पाठकले छत, गमला र करेशावारीमा तरकारी र साग उत्पादन गरेर उत्कृष्ट ठहरिएका घरधनीलाई पुरस्कारको पनि व्यवस्था छ। ग्रामिण भेगका परिवारका सदस्यहरूले भने करेशावारी तथा बाँझो जग्गामा तरकारी र साग फलाएर योजनामा सहभागी हुन सक्छन्।



गरिवीसँग जुध्नका लागि खाद्य सुरक्षा तथा संप्रभुताको खोजी गर्नु, पारिवारिक कृषि प्रणाली सुरक्षाको लागि सरोकारवाला निकायलाई प्रभावकारी नीति बनाउन, सबै राष्ट्रका सरकार र अन्तर्राष्ट्रिय सहयोग नियोगलाई कार्यमुलक रणनीति तयार गरेर आवश्यक बजेट छुट्टयाउन विशेष जोड दिने यो योजनाको प्रमुख उद्देश्य रहेको उनले बताए। ग्रामिण भेगमा धेरै जग्गा बाँझो अवस्थामा रहेकाले त्यस्ता जग्गामा पनि कृषिजन्य उत्पादन गर्नका लागि स्थानीय परिवारका सदस्यहरूलाई कार्यक्रममार्फत उत्प्रेरणा दिइनेछ।



कृषि विकास मन्त्रालयका सहसचिब तथा योजना महाशाखाका प्रमुख रामप्रसाद पुलामीले योजनालाई मूर्त रूप दिन एक करोड रूपैयाँ छुट्टयाइएको छ। उनकाअनुसार योजनालाई कार्यान्वयनमा ल्याउन नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष पाठकको अध्यक्षतामा राष्ट्रिय कार्यान्वयन समिति निर्माण गरिएको छ।  समितिमा कृषि र पशु विभाग, नेपाल कृषि अनुसन्धान परिषद(नार्क), कृषि तथा वन विश्व विद्यालय, सहकारी विभाग, कृषक सञ्जाललगायतका सरोकारवाला निकायलाई सहभागी गराइएको छ। 'योजनामार्फत निरन्तर रूपमा कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउनु हो,'



उनकाअनुसार नेपालको निर्यात दर ७६. ९२ अर्ब रूपैयाँबराबर छ। त्यसैगरी ५५६.४४ अर्ब रूपैयाँबराबरको आयात हुँदै आएको छ। पुलामीले नेपालसहित ६० वटा राष्ट्रले एकैपटक पारिवारिक खेति बर्ष मनाउन लागेको हो। हाल विश्वभर तीन अर्ब सर्वसाधारण ग्रामिण भेगमा बसोबास गर्दैआएका छन्। यसमध्ये दुई अर्ब ५० करोड मानिस कुनै न रूपमा कृषि कर्ममा लागेका छन्। विश्वभर ग्रामिण भेगमा बसोबास गर्ने सर्वसाधारणमध्ये करिब एक अर्ब जनसं या गरिबीको रेखामूनि रहेका छन्।
सहसचिब पुलामीले भने।
२० बैशाख, २०७१

Comments