सत्तरीहजार मेट्रिक टन मल भित्र्याइदै

आगामी आवका लागि तीनलाख मेट्रिक टन

  • राजेश बर्मा
काठमाडौं : सरकारले आगामी धानवालीका लागि रसायनिक मलको अभाव हुन नदिन सत्तरीहजार रसायनिक मल भित्र्याउने भएको छ। कृषि सामग्री क पनीले यो परिमाणको मल भित्र्याउन आवश्यक गृहकार्य सुरू गरेको हो।



कृषि सामग्री क पनीका निमित्त प्रवन्धक अमर खैरले आगामी धानवाली र मकैवालीका लागि मलको अभाव हुन नदिन युरिया मल भित्र्याउन आवश्यक गृहकार्य सुरू गरिएको जानकारी दिए। असारमा धानवाली र जेठमा तराईमा मकै छर्ने वेला भएकाले क पनीले मल ल्याउन तयारी गरेको हो। पहाडी क्षेत्रमा भने मकै छर्ने काम स पन्न भइसकेको छ। उनकाअनुसार धानवाली र मकैवालीलाई लक्षित गरेर कोरियाको सामसुङ क पनीमार्फत चीनवाट ३५ हजार मेट्रिक टन युरिया मल ल्याउने तयारी गरिएको छ। 'सामसुङसँग स झौता सकेर एलसी खोल्ने तयारीमा छौं,' निमित्त प्रवन्धक खैरले भने,'यो मल जेठ दोश्रो सातास म नेपाल आइपुग्छ।'


उनकाअनुसार सिंगापुरका  यालेन्सी इन्टरनेशनलले पनि चीनबाट ३५ हजार मेट्रिक टन युरिया मल ल्याउन सहमति जनाइसकेको छ। उक्त मल ल्याउन यालेन्सी इन्टरनेशनलसँग यसै साता दुई पक्षिय स झौता गरेर मल भित्र्याउने प्रकृया सुरू गर्ने क पनीले जनाएको छ। यसै गरी साल्ट ट्रेडिङ कर्पोरेशनले पनि धान र मकैवालीलाई लक्षित गरेर २० हजार मेट्रिक टन युरिया मल भित्र्याउने तयारीमा छ। कर्पोरेशनले चालु आर्थिक बर्षको लागि ८५ हजार मेट्रिक टनका लागि सरकारबाट अनुदान प्राप्त गरेको थियो। जसमध्ये करिब ६५ हजार मेट्रिक टन भित्र्याइसकेको छ। 'गत बर्षजस्तै यो बर्ष पनि रसायनिक मलको अभाव हुँदैन,' निमित्त प्रवन्धक खैरले भने।



क पनीकाअनुसार युरियातर्फ हाल ३८ हजार मेट्रिक टन मल मौज्दात छ। यसैगरी डिएपीतर्फ ४० हजार र पोटासतर्फ तीनहजार मेट्रिक टन मौज्दात छ। सरकारले गत ०६५ चैतदेखि रसायनिक मलमा पुन: अनुदान दिन सुरू गरेको हो। पहाडमा १५ रोपनी र तराईमा ४ हेक्टर खेतीयोग्य जमिन भएका किसानलाई बढीमा तीन वालीका लागि अनुदानमा मल उपलब्ध गराउदै आएको छ। खैरले भने, 'हामीसँग तत्कालका लागि पनि पर्याप्त परिमाणमा मल मौज्दात भएकाले अभाव हुने अवस्था आउदैन। मौज्दात रहेको र आउन बाँकी रहेको मलले आगामी भदौंस म धान रोपाँईको लागि पर्याप्त हुन्छ।'


कृषि विकास मन्त्रालयका सह प्रवक्ता टेकप्रसाद लुँईटेलकाअनुसार आगामी आर्थिक बर्षको लागि तीनलाख मेट्रिक टनमा अनुदान दिन अर्थमन्त्रालयसँग ६ अर्ब रूपैयाँको प्रस्ताव गरिएको छ। 'यो भित्र सबै प्रकारका रसायनिक मल, प्राँगारिक र भ्रमिक क पोष्ट मल भित्र्याइनेछ,' सहप्रवक्ता लुँईटेलले भने। उनकाअनुसार सरकारले विगत छ बर्षको अवधीमा सातलाख ८९ हजार तीनसय २० मेट्रिक टन मलका लागि १८ अर्ब २३ करोड ५४ लाख ४६ हजार एकसय २० रूपैयाँ अनुदानवापत उपलब्ध गराएको छ। यसैगरी गत आर्थिक बर्ष ०६८/०६९ देखि चालु आर्थिक बर्षस म छहजार नौंसय मेट्रिक टन प्राँगारिक मलका लागि १० करोड ९७ लाख १९ हजार तीनसय ६८ रूपैयाँ अनुदानवापत उपलब्ध गराएको छ।



नेपालमा सबैप्रकारका वाली गरेर ७ लाख मेट्रिक टन रसायनिक मलको माग भएपनि हालस म करिब तीनलाख मेट्रिक टनको हाराहारीमा सरकारले मल भित्र्याउदै आएको छ। धानवालीको लागि मात्रै क ितमा एक लाख मेट्रिक टन मलको माग हुन्छ। भारतसँग सीमा जोडिएका किसानले सीमापारीबाट मल भित्र्याएर गर्जो टार्दैआएकाले सरकारले तीनलाख मेट्रिक टनस म मात्र आयात गर्दैआएको छ।



मलको अवस्था

आर्थिक बर्ष     मल आयात(मे.टन)      बिक्रि(मे.टन)     बिनियोजित रकम(रू.)

०६५/६६         २२४८४                          ७०९०             ३६६८१२१२६।

०६६/६७         ८१५९३                         ८१८४५            १३७०५१८२५९

०६७/६८        १३१४७९                       ११००३१            २४६८६२६८०५

०६८/६९        ११२१२६                         १४४८१३           ३१४७८५१७४९

०६९/७०       २२०५४२                      १७६९६३           ५१७१८३७१८१

०७०/७१       २२१०९५                        १५०३०१           ५७०९८०००००

स्रोत: कृषि विकास मन्त्रालय
अन्नपूर्ण पोष्टमा प्रकाशित
२५ बैशाख, २०७१

Comments