सुरक्षित छैनन, तिम्रा खेलौना

  • राजेश बर्मा
भाइबहिनीहरू, तिमीहरू आ ना पढाई सकेर सधै खेल्ने गर्छौ होइन त ? झन बिदाका दिन खेलौंनासँग रमाइलो गर्छौ होला। तिमीहरूका खेल्ने सामाग्रीहरू कस्ता कस्ता छन्। खेलौनामा पुतली, कपडा वा उनबाट बनाइएका बाघ, भालु, कुकुर, खरायोलगायतका जनावरका आकृतिजन्य खेल सामाग्री होलान्। केही खेलौंना चहकिलो, रंगिचंगी र आर्कषक पनि होला। पहिलो नजरमै मनमोहक लाग्ने र किनौं किनौंजस्तो लाग्दो पनि होला। कुनै खेलौंना हेरेपछि किनिदिन आमाबुबासँग जिद्दी पनि गर्छौ होला। कहिलेकाही त रून्छौं पनि। तर, थाहा छ। तिमीले जिद्दि गरेर किनेर खेल्ने त्यस्ता खेलौंना तिम्रो स्वास्थ्यका लागि कति हानिकारक छ वा फायदाजनक छ, त्यो बारेमा थाहा पाइरा नुपर्छ। विश्वास छ, तिमीहरू यो पढेर धेरै जानकारी प्राप्त गर्छौ र त्यसलाई व्यवहारमा पनि ल्याउछौं।


तिमीहरूले खेल्ने विभिन्न प्रकारका रंङगीचंङगी खेलौनामा नदे ने गरी बिषाक्त पदार्थ भेटिएका छन्। यस्ता खेलौंनाको स पर्कबाट तिम्रा शरीरमा त्यस्ता बिषाक्त पदार्थ सजिलै छिर्दैआएको छ। तिम्रा औला र मुखको स पर्कबाट शरीरमा बिषाक्त प्रवेश गर्छ। यस्ता खेलौंना बिषाक्त मात्रै होइन, बरू तिमीहरूलाई विभिन्न प्रकारको रोग लगाउन पनि ठूलो भूमिका खेल्दै आएको छ। हालै गरिएको एक अध्ययनअनुसार खेलौनामा तिमीहरू को स्वास्थ्यलाई अत्यन्त खतरनाक मानिने गह्रुगो धातु सिसा(लिड), पारो(मर्करी) का साथै क्याडमियम, आर्सेनीक, एन्टिमनीलगायतका रसायनको मात्रा भेटिएको छ। बिज्ञहरूका अनुसार यो रसायनले तिमीहरूको शारिरीक र मानसिक बृद्धि विकासमा असर गर्नुका साथै अत्यन्त बिषाक्तसमेत मानिएको छ। तिमीहरूले खेल्ने प्लास्टिक, काठ, रबर र टिनबाट निर्माण भएका मनमोहक खेलौंनाहरूमा यसप्रकारको घातक रसायन भेटिएको हो।

स्वीडेन र अमेरिकामा कार्यरत इन्टरनेशनल पप्स इलिमिनेशन नेटवर्क (आईपेन) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र(सिफेड) ले गरेको अध्ययनको क्रममा यस्तो रहस्य बाहिर आएको हो। सिफेडले अध्ययनका लागि उपत्यकाको असन, महाबौद्घ, बनेपा, पुल्चोक, कोटेश्वर, लगनखेल, ग्वार्को, जाउलाखेल, पाटन, महापाल तथा नयाँ वानेश्वरबाट सयप्रकारका खेलौंना संकलन गरेको थियो। यसमध्ये ६३ प्रतिशत प्लास्टिक, ११ प्रतिशत धातु, ९ प्रतिशत काठ, सातप्रतिशत रबर, तीनप्रतिशत माटो, ४ प्रतिशत कपास वा कपडा, दुईप्रतिशत फोम र एकप्रतिशत कागजबाट तयार पारिएको खेलौंना संकलन गरिएको थियो।


सिफेडले उक्त खेलौंनाहरू उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल हस्तकला महासंघको संयुक्त लगानीमा स्थापित बालाजुस्थित नेपाल ह्याण्डीक्रा टेष्टिङ ल्याबोरेट्रीको नमूना परीक्षण प्रयोगशालामा परीक्षण गराएको थियो। उक्त प्रयोगशालाले तिमीहरूलाई स्वास्थ्यका हिसावले अत्यन्त हानीकारक मानिने गह्रो धातुहरू खेलौंनामा भेट्टाइएको पुष्टि गरेको थियो। प्रयोगशालले कूल खेलौंनाको नमूनामध्ये ५४ प्रतिशतमा विभिन्न प्रकारका रसायन भेट्टाएको थियो। यस्तै ४६ प्रतिशतमा कुनै पनि प्रकारका रसायन फेला परेन। रसायन फेला परेको ५४ प्रतिशतमा २८ वटामा सिसा(लेड), १ वटामा पारो(मर्करी), ९ वटामा क्याडमियम, १४ वटामा क्रोमियम तथा ४० वटामा ब्रोमिनजस्ता खतरनाक रसायन भेटिएको थियो।

यसअघि यस्तै अध्ययन अन्तर्राष्ट्रिय स्तरमा पनि भएको थियो। अमेरिका, भारत, फिलिपिन्स र चीनमा कार्यरत ग्रीनपीस ईन्टरनेशनल तथा आईपेन नामले संयुक्त रूपमा यो अध्ययन गरेको थियो। चिनीया बजारमा पाइने ५ सय प्रकारका गुडिया, सिसाकलम, बल, गाडि, रिङगलगायतका खेलौनाको नमूना संकलन गरेर अध्ययन गरिएको थियो। ति दुवै संस्थाले खेलौनाहरूमा पाइने घातक रसायनहरूको बारेमा अध्ययन अनुसन्धान गर्दैआएको छ। खेलौनाहरूको अध्ययनको क्रममा ७५ प्रतिशतभन्दा बढी नमूनामा सिसा, पारो, क्याडमियम, आर्सेनीक , बोरोन, एन्टिमनीलगायतका रसायनको मात्रा पाइएको थियो। यसैगरी अमेरिकी उपभोग्य वस्तु उत्पादन समितिको प्रतिवेदन अनुसार बजारमा पाइने १ सय ५७ प्रकारका खेलौनामध्ये ९९ प्रकारका खेलौनामा लिडको मात्रा भेट्टाइएको थियो। यसैगरी फि लिपिन्समा गरिएको अध्ययनको क्रममा पनि खेलौंनाहरु मा घातक रसायनहरू फेला पारिएको छ।


अध्ययन अनुसार २९ प्रतिशत अर्थात ४ सय ३५ मध्ये १ सय २४ वटा खेलौनाहरु मा तिमीहरूको स्वास्थ्यलाई विगार्ने क ितमा एउटा घातक रसायन पाईएको थियो। त्यसै गरी ६७ खेलौनाहरु मा सिसाको मात्रा अमेरीकी मापदण्ड ९० पीपीएमभन्दा बढी पाईएको थियो। यस्ता समस्याहरूलाई स बोधन गर्न विभिन्न मुलुकहरूमा आवश्यक ऐन र मापदण्ड बनाएर प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको छ। यूरोपीयन यूनियनमा सहभागी राष्ट्रहरूले सन् १९९९ देखीहालस म ६ प्रकारका फ्याथालेट्सका खेलौनाहरूको प्रयोगमा प्रतिवन्ध लगाइसकेको छ। अमेरिका र अस्ट्रेलियामा पनि यस्ता खेलौनाहरूमाथि बन्देज लगाईएको छ।

'बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने गरी नेपालमा विभिन्न मुलुकबाट यस्ता खेलौना आयात भएर चर्को मूल्यमा बिक्रि बितरण भइरहंदा पनि सरकारले यसतर्फ कुनै ठोस कदम चाल्न सकेको छैन,' सिफेडका कार्यकारी निर्देशक रामचन्द्र साहले भने,'कुन कुन रसायन मिसाएर खेलौना निर्माण गरिएको हो, त्यो बारेमा उपभोक्तालाई जानकारी गराउने खालको कुनै पनि विवरण खेलौंनाहरूमा उल्लेख गरिएको अध्ययनको क्रममा फेला पार्न सकिएन।' वालवालिकाको स्वस्थ्य र सुरक्षित रूपमा खेल्न पाउने अधिकारतर्फ अभिभावक, विद्यालय, चिकित्सक, व्यापारी तथा सरोकार रा ने सरकारी निकायले समेत चासो देखाउन नसकेको उनको ठहर छ।

भन्सार विभागको तथ्यांक अनुसार सन् २०१० मा करीव ५० करोड बरावरको खेलौनाहरु आयात भएको थियो भने सन् २०१२ मा करीव ८१ करोड नेपाली रूपैंया बराबरको खेलौना नेपाल भित्रीएको थियो। नेपाली बजारमा पाइने प्राय:जसो खेलौना बजार आयातमा निर्भर गर्छ। छिमेकी मुलुक चीन, भारत, मलेसिया, थाईल्याण्डलगायत यूरोपीयन तथा अमेरीकी मुलुकहरु बाट खेलौंनाहरू आयात हुन्छ।

के गर्दैछ सरकार
खेलौंनास बन्धी अध्ययनको प्रतिवेदन बाहिर आएलगक्तै सरकारले पनि पछिल्लो समयमा यो बिषयमा चासो देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिब गणेशबहादुर अधिकारीले गत साउन २३ गते बिज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयलाई पत्राचार गर्दै वालवालिकाले प्रयोग गर्ने खेलौंनाहरूमा हुनसक्ने हानिकारक रसायनको मापदण्ड निर्धारण गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्न निर्देशन दिएका थिए। सोही मितिमा अधिकारीले विदेशबाट आयात हुने खेलौंनामा लेवल नभएको भए त्यस्तो बस्तु आयातमा प्रचलित नियमअनुसार रोक लगाउने भनेर अर्थमन्त्रालयलाई तथा लेबल नभएका र विषाक्त खेलौनाहरूको बजार उपभोक्ता संरक्षण ऐनअनुसार कारवाही गर्ने भनेर बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका थिए।

यसैगरी सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गर्दै प्रधानमन्त्री कार्यालयले बिषाक्त रसायनयुक्त खेलौंनाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने हुँदा त्यस्ता खेलौंना आयात, बिक्रि बितरण र उपभोग नगर्ने खालका जनचेतनामूलक सूचना प्रभाव गर्न निर्देशन दिएको थियो। 'सरकारले सुरूमा चासो देखाएपनि अहिले यो बिषयमा कुनै पनि निकायले चासो देखाएको छैनन्,' सिफेडका कार्यकारी निर्देशक साहले भने,'जसका कारण अहिले पनि विभिन्न मुलुकबाट यस्ता खालका खतरनाक खेलौंनाहरू आयात भइरहेका छन्।'


कुन रसायनले कस्तो हानी गर्छ
  • क्रोमियम : एलर्जी हुने, नाक चिलाउने तथा नाकबाट रगत बग्ने, पेट दु ने तथा अल्सर हुने, स्वासप्रश्वासमा समस्या देखिने, पाचन प्रणालीमा गडबडी उत्पन्न हुने तथा फोक्सो र कलेजोमा समस्या आउने।
  • ब्रोमिन : आँखा पोल्ने, घाटीमा समस्या आउने, स्नायु प्रणालीमा गडबडी हुने तथा कलेजो र फोक्सोमा समस्या देखा पर्ने।
  • पारो : विश्व स्वास्थ्य संगठनकाअनुसार पारोले स्नायू, पाचन, स्वासप्रश्वास प्रणालीसहित मृगौला तथा फोक्सोमा असर पु:याउँछ। यसले सुन्ने र हेर्ने शक्ति मा ह्रास ल्याउनुको साथै बालबालिकाहरूको बौद्धिक तथा शारीरिक विकासमा समेत असर गर्छ। पारो हाम्रो शरीरको रोगसँग लड्ने क्षमताको सबैखाले प्राकृतिक बाधा जस्तै: गर्भनाल, मष्तिस्क रक्त कोशिका तथा छालालाई पार गरेर हाम्रो शरीरलाई हानी पु:याउँछ। पारोका कारण रिसाउने, लजाउने, काप्ने, हेर्ने र सुन्ने शक्ति मा नकारात्मक असर गर्छ। स्मरण शक्ति स बन्धी समस्या, वाकवाकी लाग्ने, रक्त चाप तथा छातिको धडकन बढ्ने, छालामा दाग तथा आँखा पोल्ने जस्ता रोगहरू पनि देखापर्न सक्छ।
  • क्याडमियम : हड्डी कमजोर बनाउने तथा भाचीन सक्ने, वालवालीकामा सुस्तपना आउने, आनीबानीमा परीवर्तन आउने तथा क्यान्सरजन्य रोग लाग्नसक्छ।
  • शिशा : रक्त नलीमा शिशाले रातो रक्त कोषिकाहरु लाई मार्दछ । जसका कारण विभिन्न अंग तथा तन्तुमा रगतको कमी भएर आवश्यक अक्सिजन पुग्न सक्दैन। शिशाले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु:याउँछ । रक्त अल्पता यसको साधारण लक्षण हो। यसवाहेक टाउको दु ने, सिक्ने क्षमतामा ह्रास आउने, दिमागी सन्तुलन बिग्रने, शरीर वृद्घिमा कमी आउने, बानी व्यहोरामा परिवर्तन आउने, श्रबण शक्ति गु नुका साथै अचेत अवस्थामा पुग्नेपनि त्यतिकै स भावना हुन्छ। शिशाको नियमित स पर्कमा आउदा मृर्गौलाको कार्यमा असर पु:याउँछ। 

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको शनिबारको बालबालिका परिशिष्टांक अंकुरमा कभर स्टोरी
प्रकाशित मिति २७ बैशाख, २०७१

Comments