संस्थान आफै‌ बाँड्दैछ दूषित पानी

  • राजेश बर्मा 
काठमाडौं : नेपाल खानेपानी संस्थानले विराटनगरमा दूषित पानी वितरण गर्दा जन्डिसको महामारी फैलिए पनि उपभोक्तालाई त्यस्तै पानी बाँड्न रोकिएको छैन। संस्थानले विराटनगरमा वितरण गरेको पानी परीक्षण गर्दा 'कोलिफर्म' भेटिएको थियो। संस्थानले विराटनगरको कञ्चनबारी, मुनालपथ र पिचरामा भने जमिनमुनिको पानी प्रशोधन नगरी सीधै उपभोक्तालाई वितरण गर्दै आएको छ। 



स्रोतका अनुसार ती ठाउँमा गाडिएका बोरिङबाट झिकिएको पानी १० हजार ५० धारामार्फत सीधै उपभोक्ताका घरमा पठाइँदैछ। स्रोतले भन्यो, 'करिब १५ वर्षदेखि यसरी नै पानी वितरण भइरहेको छ।' विराटनगरमा जन्डिसका कारण हालसम्म नौजनाको मृत्यु भइसकेको छ भने एक हजार चार सयभन्दा बढी बिरामी छन्। दिसामा पाइने कोलिफर्म जीवाणु भएको दूषित पानीकै कारण विराटनगरमा जन्डिस फैलिएको पत्ता लागेको छ। 

संस्थानले वितरण गर्नुपूर्व सम्पूर्ण रूपमा पानी परीक्षण गर्नुपर्छ। तर संस्थानले विराटनगरमा अहिलेसम्म पानी परीक्षण गर्ने प्रयोगशालासमेत स्थापना गरेको छैन। प्रयोगशाला नहुँदा संस्थानले जमिनमुनिबाट निकालेको पानी आवश्यकताअनुसार प्रशोधन नगरी उपभोक्तालाई वितरण गर्दै आएको हो। दिशा, पिसाव र मुखको स पर्कबाट कोलिफर्मको जिवाणु सिधै हेपाइटिस इजस्तो महामारी रोग लाग्छ। कोलिफर्मले डायरिया, झाडापखाला र जण्डिसजस्ता महामारी नि त्याउछ।


खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाका अनुसार उपभोक्तालाई पानी वितरण गर्नुपूर्व सूक्ष्म जीवाणु, रसायन र पानीमा अम्लीय तथा क्षारीयपना (पीएच) को मात्रा परीक्षण गर्नुपर्छ। त्यसपछि प्रशोधन गरेर मात्रै पानी वितरण गर्नुपर्छ।


खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले विराटनगरमा पानी परीक्षण गर्ने प्रयोगशाला नभएको स्वीकारे। उनले इटहरीस्थित डिभिजन खानेपानी कार्यालयको प्रयोगशालामा नियमित रूपमा पानी परीक्षण गर्दै आएको दाबी गरे। उनका अनुसार सबै पानीमा कोलिफर्म नभेटिएकाले संस्थालने नियमित रूपमा पानी वितरण गर्दै आएको हो।

विराटनगरस्थित खानेपानी संस्थानका प्रमुख सन्तोष रौनियारले ढलसँगै पानीको पाइपलाइन भएकाले हानि गर्ने सूक्ष्म जीवाणुको प्रत्यक्ष सम्पर्कबाट केही स्थानको पानी मात्रै दूषित बनेको दाबी गरे। 'हामीले कुन स्थानमा त्यस्तो भएको छ भनेर पत्ता लगाउँदैछौं', उनले भने।


खाद्य विभागको बिराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुख उपेन्द्र रायकाअनुसार खानेपानीको पाइपलाइन निरीक्षण गर्ने क्रममा अधिकाँश होटेल व्यवसायीले होटेलबाट निस्केको सडेगलेका खाद्य तथा पेयजन्य पदार्थ ढलमा फाल्ने गरेको भेटिएको छ। सोही ढलमा पानीको पनि पाइपलाइन भएकाले पानीको पाइप फुटेर कण्टामेण्ट भएको हुनसक्ने उनले जानकारी दिए।

नेपाल उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष शम्भु कडरियाले पानीमा कोलिफर्म भेटिँदा पनि सरकारले लापरबाही गर्दा उपभोक्ता दूषित पानी खान बाध्य भएको बताए। उनले भने, 'सरकारले सर्वसाधारणको स्वास्थ्यसँग चरम लापरबाही गरेको छ ।'

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक लामाले विराटनगरको पानी परीक्षण गर्ने काम भइरहेको जानकारी दिइन्। उनले भनिन्, 'विभागले तीन दिनपछि पानीमा के कस्ता जीवाणु छन् त्यसबारे गहन प्रतिवेदन सार्वजनिक गर्दैछ।' उनले झाडापखाला, डायरिया र जण्डिसबाट बच्न पानी उमालेर खानुपर्ने, खाद्यान्न सफा पानीमा धुनुपर्ने, खानुभन्दाअघि साबुनपानीले राम्ररी हात धुनुपर्ने, खानेकुरा सफा स्थानमा छोपेर रा नुपर्ने,  माछामासु र तरकारी काट्ने चक्कु र चुलेसी छुट्टाछुट्टै रा नुपर्ने तथा खाना तातै खानुपर्ने सुझाव दिइन्।

अन्नपूर्ण पोष्टमा  २०७१ वैशाख, २९   गते पहिलो पृष्टमा प्रकाशित

Comments