प्रशोधित पानीमा पनि कोलिफर्म

सुरक्षित छैन जार र बोतलका पानी


  • राजेश बर्मा

काठमाडौं : राजधानीमा शतप्रतिशत शुद्ध र प्रशोधित भनेर विक्रि भइरहेका अधिकांश पिउने पानी ( ड्रिङ्कीङ वाटर) मानव स्वास्थ्यका लागि अस्वस्थ्यकर अवस्थामा भेटिएका छन्। सरकारी निकायबाट स्वच्छ र 'गुणस्तरयुक्त प्रशोधित पानी' उत्पादन तथा 'विक्रि गर्छु' भनी अनुमतिपत्र प्राप्त गरेका उद्योगबाटै गुणस्तरहीन पानी विक्रि हुँदै आएको छ। यस्ता उद्योगले जार र बोटल सिलबन्दी गरेर पानी सर्वसाधारणलाई बिक्रि गर्दैआएका छन्। सरकारले कडा कारवाही गर्न चासो नदेखाउदा यस्ता उद्योगले पटक पटक दूषित पानी उत्पादन गरेर सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्दैआएका छन्।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त प्रतिवेदनअनुसार यस आर्थिक बर्षमा मात्रै नीजि क्षेत्रका २८ पानी उद्योगबाट उत्पादन तथा विक्रि वितरण हुँदै आएको प्रशोधित पानीमा मानव स्वास्थ्यमा ग भीर असर पु:याउने तत्व फेला परेको छ। कतिपय नाम चलेका ठूला घरानाद्वारा सञ्चालित उद्योगले अनुमति पत्र नलिएर पनि गुणस्तरहिन पानी उत्पादन गर्दैआएका छन्। उच्च गुणस्तरको पिउने पानी उत्पादन गर्ने उद्योगकै पानीमा कोलिफर्मका सुक्षम जिवाणुस म फेला परेका छन्। कोलिफर्म मानव तथा जीवजन्तुको मलमुत्र, सडेको खाद्य पदार्थ तथा ढलको स पर्कबाट पानीमा मिसिने गर्छ। कोलिफर्मयुक्त पानी सेवन गर्दा जण्डिस, हेपाटाइटिस ई, झाडापखाला र डायरियाको महामारीजस्ता रोग लागेर ज्यान जाने स भावना हुन्छ। 


काठमाडौंस्थित श्रीकृष्ण वेभरेज(एकै बर्षमा दुईपटक गुणस्तरहिन फेला परेको), दुवा फूड प्रोडक्ट एण्ड वेभरेज(एकै बर्षमा दुईपटक गुणस्तरहिन फेला परेको), काभ्रेप्लान्चोकस्थित यति बेभरेज(एकै बर्षमा दुईपटक गुणस्तरहिन फेला परेको) र वागद्वार फ्रेस मिनरल वाटर(एकै बर्षमा तीनपटक गुणस्तरहिन फेला परेको) उद्योगबाट उत्पादित पानी सेवनका लागि अयोग्य ठहराइएको छ। यस्तै सितल जल उद्योग, क्रिस्टल ड्रिंक्स एण्ड वेवरेज, चण्डेश्वरी मिनरल एण्ड बेभरेज, साँग्रिला स्प्रिङ ड्रिंक्स एण्ड बेभरेज, आक्वा प्यासिफिक बेभरेज, सिटी मिनरल वाटर एण्ड बेभरेज, प्राची स्प्रिङ वाटर सोलुसन, शुभप्रभात बेभरेज, युनाइटेड वाटर एण्ड बेभरेज, ललितकृष्ण हिमचुली, आक्वा इनर्जी, सुर्य कुण्ड एण्ड फुड एण्ड बेभरेज, एसपी ड्रिंक्स वाटर एण्ड बेभरेज र ओसियन डिंक्स वाटर उद्योगबाट शतप्रतिशत प्रशोधित शुद्ध भनेर उत्पादित पानी दुषित भेटिएका छन्। 


त्यस्तै ललितपुरस्थित नेष्टली वाटर एण्ड बेभरेज, श्रीआदिशक्ति भवानी घ्यु उद्योग, अन्नपूर्ण स्प्रिङ एण्ड बेभरेज र प्रसिद्ध वाटर सोलुसन तथा भक्तपुरस्थित जिआर ड्रिंक्स उद्योगबाट उत्पादित पानी पनि गुणस्तरहिन फेला परेको छ। गत आर्थिक बर्षमा काठमाडौंस्थित पशुपति स्प्रिङ वाटर(एकै बर्ष चार पटक गुणस्तरहिन फेला परेको), आक्वा मिनरल नेपाल, रियल माउण्ट एभरेष्ट बेभरेज, कन्चनजंघा बेबी मिनरल वाटर एण्ड बेभरेज, निरजल रिभर्स अस्मोसिस वाटर, ग्रिनल्याण्ड मिनरल वाटर एण्ड बेभरेज, श्रीजल वाटर, डाँफे मिनरल वाटर, साग्रीला स्प्रिङ ड्रिंकिङ वाटर, एबी बेभरेज, मन्जुश्री गणेश हिमाल खानेपानी, श्रीकृष्ण बेभरेज र ललितपुरस्थित डल्फिन इण्डस्ट्रिज तथा भक्तपुरस्थित स्वस्तिक बेभरेज(एकै बर्ष दुईपटक गुणस्तरहिन फेला परेको) उद्योगबाट पनि गुणस्तरहिन पानी उत्पादन भएको थियो। 


सर्वसाधारणको स्वास्थ्यप्रति सरकार सचेत छैन् भनेर यसको अर्को गतिलो प्रमाण के छ भने, तीनपटकस म दुषित पानी उत्पादन गरेर सर्वसाधारणलाई बिक्रि गर्ने उद्योगलाई सामान्य जरिवाना गराएर मात्र छाड्ने गरिएको छ। खाद्य विभागले तीनपटकस म गल्ति दोहोराउने उद्योगको सबालमा हालस म जिल्ला प्रशासन कार्यालयमा अनुमति खारेजको बारेमा कुनै सिफारिश गरेको छैन्। 'प्रशोधित पानी उत्पादन गर्ने बिषयमा अनुमतिपत्र हामीले दिने हो,' खाद्य विभागका प्रवक्ता प्रमोद कोइरालाले भने,'तर गुणस्तरहिन उत्पादन गरेको अभियोगमा अनुमतिपत्र खारेजको लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएको छ। त्यस्ता उद्योगको अनुमतिपत्र खारेज गर्न जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्न हामी चुकेका नै छौं।'



पिउने पानीको हकमा रसायन, बिषादी र सुक्षम जिवाणु गरेर तीनवटा मापदण्ड तोकिएको छ। पानीमा सुक्षम जिवाणु(कोलिफर्म) हुनुहुँदैन भने रसायन र बिषादीको अवशेष पनि निश्चित मात्रामा हुनुपर्छ। खानेपानीको पीएच लेभल(क्षारीय तथा अ िलयपनाको स्तर) ६.५ देखि ८ स म हुनुपर्छ। यसैगरी तामा, फलाम, नाइट्रेड, क्लोरिन, लोराइड र पारोको मात्रा पनि निश्चित स्तरभन्दा बढी हुनुहुँदैन्। नेपालमा करिब चारसयको सं यामा अबैद्य रूपमा पानी उद्योग सञ्चालनमा छ। खाद्य विभागमा भने हालस म दुईसय १७ वटा उद्योगले मात्र अनुमति लिएका छन्।

मुद्दा दायर गरिएको उद्योगको नाम गायव

खाद्य विभागले गत आर्थिक बर्ष ०६९/७० को साउन महिनामा मुद्दा दायर गरेको २८ वटा उद्योगहरूमध्ये १६ वटा उद्योगको नाम उक्त आर्थिक बर्ष तथा चालु आर्थिक बर्ष ०७०/०७१ को अन्तिम तथा पूर्ण प्रतिवेदनबाट हटाएको छ। तत्कालिन समयमा जारि गरिएको प्रतिवेदनमा २८ वटा उद्योगको पानी दूषित भेटिएको भन्दै विभागले सिलबन्दी गरेर उक्त उद्योगविरूद्ध मुद्दा दायर गरेको बताएको थियो। तर, मुद्दा दायर गरिएको पूर्ण प्रतिवेदनबाट तेज फ्रुट एण्ड बेभरेज, एभरेष्ट बेभरेज, ब्लु पाइन, सगुन वेभरेज, कागेश्वरी मिनरल, क्वालिटी, गोरखा, प्रकृति प्योर, खानेपानी सेवा, नेपो मिनरल, जयश भु वेभरेज, ओके मिनरल, नेचुरल बेभरेज, केएडी बेभरेज, ग्लोवल, यति बेभरेज र इच्छाकामना उद्योगको नाम हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको रेकर्डअनुसार यसमध्ये भने ब्लु पाइन, कृष्ण बेभरेज, गोरखा बेभरेज, नेपो मिनरल र साग्रीला स्प्रिङ उद्योगविरूद्ध गत ०६८ असार २४ गतेदेखि ०६९ पुस १७ गतेस म मुद्दा दायर भएको छ।

अन्नपूर्ण पोष्टमा जेठ १ गते, २०७१ मा पहिलो पृष्टमा प्रकाशित

Comments