अभियानको सफलता, बिषादी र रसायनिक मल
प्रयोग नभएको खाद्यान्नदेखि हरियो तरकारी, दूधदेखि मह, मसलादेखि फलफुलसम्म
उत्पादन हुन थालेका छन्। अहिले यो क्षेत्र फराकिलो हुँदै गएको छ।
सरकारीदेखि गैरसरकारी र ठूला आयोजनाले समेत अर्गानिक खेती प्रणालीलाई महत्व
दिन थालेका छन्। अर्गानिक उत्पादनका लागि राज्य र नीजि क्षेत्रले थोरै
परिमाण भएपनि सुविधा उपलब्ध गराउन थालेपछि किसान पनि यो प्रणालीतर्फ उन्मुख
भएका छन्। जसका कारण अहिले सर्वसाधारणदेखि सेलिब्रेटीसम्म अभियानमा जुटेका
छन्।
अहिले
यो क्षेत्रमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठदेखि बिनिता बराल, काभ्रेका
गोविन्द शर्माको हसेरा (हरियो अर्थात तरकारी, सेतो अर्थात दुग्धजन्य र
रातो अर्थात माछामासु) अर्गानिक फार्म, साँगास्थित प्रेम लामाको आशापुर
अर्गानिक फार्मको नाम चर्चामा छ। त्यसो त अर्घाखाँची, पोखरा, थानकोट,
गुल्मी, मुस्ताङ, पाटन, भक्तपुर, ललितपुर, सुनसरीलगायतका स्थानका केही
अभियानकर्ताहरू यो क्षेत्रलाई व्यापकता दिन कम्मर कसेर लागेका छन्।
अर्गानिक अभियानले गति लिएपनि कुन
जिल्लाको कति हेक्टरमा अर्गानिक खेती हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन।
कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा पहिलो पटक २०३८ सालमा
सिराहाबाट सुरू भएको थियो। त्यसवेला राजदेव मोरवैताले माडर गाबिस २ मा
अर्गानिक फार्मको सुरूआत गरेका थिए। त्यसपछि ०४३ सालमा 'कृषि निरन्तरता'
संस्था विराटनगरहुँदै जुम्ला, मुस्ताङ, गुल्मी, पाल्पा, कास्की, काभ्रे,
इलाम, झापा र ताप्लेजुङमा हाल व्यवसायिक रूपमा अर्गानिक खेती हुँदै आएको छ।
अहिले यो अभियानमा करिब दुईसय संघसंस्था सक्रिय छन्। सरकारले जुम्ला
जिल्लालाई अर्गानिक उत्पादन जिल्ला घोषणा गरिसकेको छ। जुम्लामा खाद्य,
तरकारी, फलफुल र जडिवुटीसम्म अर्गानिक पद्धतीवाट उत्पादन हुन थालेको छ।
यसका साथै काठमाडौंकै काभ्रेस्थली गाबिस पनि यतिखेर अर्गानिक गाबिसको रूपमा
घोषणा भइसकेको बाली विकास निर्देशनालयका प्रमुख डिलाराज भण्डारीले बताए।
नेपालको कूल खेतीयोग्य क्षेत्रफलमध्ये करिब २० प्रतिशत जग्गामा अर्गानिक
खेती हुँदैआएको छ।
अर्गानिक अभियन्ता गोविन्द शर्माकाअनुसार
अहिले अर्गानिक जडिबुटी, मह, गेडागुडी र हरियो तरकारी अमेरिका, युरोप,
जापान, कोरियाजस्ता मुलुकमा निर्यात भइरहेको छ। काठमाडौंमा मात्रै गत चैतमा
२१ लाख मूल्यबराबरको प्रमाणिकरण भएका अर्गानिक उत्पादनको बिक्रि भएको
थियो। प्रमाणिकरण नभएको करिब ३० लाखभन्दा बढीको बिक्रि भएको शर्माले बताए।
अर्का अर्गानिक अभियन्ता रवीकृष्ण
जोशीकाअनुसार २०२० पछि हरित क्रान्ति आएपछि सामान्य रूपमा अर्गानिक
अभियानले विस्तारै पाइला चाल्न थालेको हो। उनकाअनुसार रसायनिक मल र
बिषादीका कारण कूल खेतीयोग्य जग्गाको ६५ प्रतिशत जग्गामा अम्लियपना आइसकेको
छ। जसका कारण उर्वरा शक्ति नाश भइसकेको छ। उनकाअनुसार आईएएएस, नेपाल कृषि
अनुसन्धान परिषद(नार्क), कृषि विकास मन्त्रालयको एकीकृत शत्रुजीव
व्यवस्थापन(आईपीएम पाठशाला), इनसान, लोट्स ल्याण्ड, हसेराजस्ता संघसंस्थाको
प्रभावकारी गतिविधिका कारण अहिले मुलुक विस्तारै अर्गानिकमय बन्दै गएको छ।
पछिल्लो समयमा अर्गानिक रूपमा मरिच,
टिमुर, मह, चिया, धान, स्याउ, तरकारी, च्याउ, अदुवा, बेसार, खुर्सानी,
मसला, कफि उत्पादन भएपनि सरकारले अहिलेसम्म यसमध्ये चिया, कफि र मसलाजन्य
पदार्थलाई मात्र 'प्रमाणिकरण' गरेको छ। बाँकी उत्पादनको अझै बाँकी छ।
किन अर्गानिक अभियान
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको
किट बिज्ञान महाशाखाका वरिष्ठ बैज्ञानिक अनिसुर रहमान अन्सारीकाअनुसार
बिषादी र रसायनिक मलका कारण व्यापक रूपमा मानवस्वास्थ्यमा असर पु:याउन
थालेपछि अर्गानिक अभियानको सुरूआत भएको हो।
बिषादी र रसायनिक मलका कारण विषाक्त
माटोको सम्पर्कबाट, कृषि उपजको उपभोग गर्दा, पानी र हावाको सम्पर्कका कारण
महिला तथा पुरू षलाई क्यान्सरजन्य रोग, मृगौला बिग्रने, पक्षघाट हुने, गर्भ
तुहिने, विकलांग बालबालिका जन्मने, आन्द्राजन्य, श्वासप्रश्वास, कलेजो तथा
फोक्सो र छालाजन्य रोग धेरै मात्रामा फैलिन थालेपछि यसमा न्युनिकरण ल्याउन
अर्गानिक खेती प्रणालीमा जोड दिइएको हो।
बिषादी र रसायनिक मलका कारण वातावरणीय
चक्रिय प्रणालीमा समेत पछिल्लो समयमा प्रभाव पार्न थालेपछि बिज्ञहरूले विक
ल्पको रूपमा अर्गानिक उत्पादनमा जोड दिएका हुन्। बिषादी र मलसँग जोडिएका
माटो, हावा र पानीसमेत बिषाक्त र प्रदुषित बनेको छ। प्रदुषित माटो, हावा र
पानीका कारण अहिले मानवदेखि जलचर, थलचर र आकाशमा बिचरण गर्ने जीवजन्तु तथा
चराचुरूङीसमेतको जीवन संकटमा परेको छ। अहिले संसारभर जे जति परिमाणमा घातक
रोगहरू उत्पन्न भएका छन, त्यसको हानिकारक तत्व यही प्रदुुषित माटो, हावा र
पानी मानिएको बिज्ञहरूले दावी गरेका छन्।
असहयोगी नीति
अर्गानिक अभियान बढ्दै गएपनि प्रमाणिकरण
समस्याका कारण यस्ता उत्पादनलाई आन्तरिक र बाह्य बजारिकरणमा केही जटिल
समस्या आइपरेको छ। कृषि विकास मन्त्रालयका अनुसार नेपालसँग अर्गानिक
प्रमाणिकरण(सर्टिफिकेसन) गर्नेसम्बन्धी आफ्नो मापदण्ड नहुँदा समस्या परेको
हो। मापदण्डको अभावमा नेपालले अहिले अन्तर्राष्ट्रिय प्रमाणिकरण सँस्थालाई
महँगो शुल्क तिरेर केही खाद्य पदार्थको प्रमाणिकरण गरेको छ। 'मापदण्ड तथा
लोगो बनाउने क्रम जारी छ,' मन्त्रालयका सहप्रवक्ता लुँइटेलले भने।
अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न
अर्गानिक उत्पादन गर्ने किसानलाई विशेष सुविधामा साना सिंचाई, भकारो सुधार,
बीउ, प्राँगारिक मल तथा भ्रमिक मल उपलब्ध गराउदैआएको छ। यसका साथै
प्राँगारिक र भ्रमिक मल कारखाना स्थापना गर्नसमेत अनुदान उपलब्ध गराउदैआएको
छ। यसका साथै प्राङारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय
प्राविधिक मापदण्डसम्बन्धी निर्देशिकासमेत जारी गरिसकेको छ।
अर्गानिक अभियन्ता
![]() |
गोविन्द शर्मा, हसेरा अर्गानिक फार्म, पात्लेखेत, काभ्रे |
अर्गानिक उत्पादनको विक ल्प नभएको भन्दै शर्माले ०४९ सालमा हसेरा अर्गानिक फार्म तथा अनुसन्धान केन्द्र स्थापना गरेका हुन्। करिब ७० लाखको लगानीमा नौं रोपनीको क्षेत्रफलमा उक्त फार्म स्थापना गरिएको थियो। कृषि बिषयमै स्नातक गरेका शर्माले अहिले उक्त फार्मबाट ८१ जातका खाद्य, गेडागुडी, तरकारी, फलफुल र मसलाजन्य बाली उत्पादन गर्दैआएका छन्। उनको फार्ममा उत्पादन हुने जाम, जेली, अचार, हरियो तरकारी, कफि, चिया र गेडागुडी सिंगापुरस म पुग्ने गरेको छ। बार्षिक ५५ लाखको हाराहारीमा यस्ता पदार्थ बिक्रि भइरहेको छ। यसका साथै गाईपालन, कुखुरा पालन तथा माछा पालनसमेत गरेका छन्। पछिल्लो समयमा उनको अर्गानिक फार्म लोकप्रिय बन्दै गएपछि अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी, बंगलादेश, मेक्सिकोलगायत ६१ वटा मुलुकबाट दुईहजारको सं यामा कृषि र अर्गानिक बिषय अध्ययन गर्ने विद्यार्थीहरू शोध गर्न आइसकेका छन्।
![]() |
प्रेम लामा, आशापुरी अर्गानिक फार्म, साँगा, काभ्रे |
ह्याण्डीक्रा टको व्यवसायी रहेका लामा करिब १२ बर्षअघि अर्गानिक अभियानमा होमिएका हुन्। लामाले करिब एक करोडको लगानीमा काभ्रेको नासिकास्थान साँगामा दुईसय रोपनीमा आशापुरी अर्गानिक फार्म तथा अनुसन्धान केन्द्र स्थापना गरेका छन्। उनको फार्ममा पनि सयभन्दा बढी जातका खाद्यान्न, तरकारी, गेडागुडी, च्याउ, फलफुल, जडिबुटीलगायतका पदार्थ फलाउदै आएका छन्। उनको उत्पादनपनि सिंगापुरदेखि युरोप तथा अमेरिकाका भान्साकोठामा पुग्ने गरेको छ। उनको फार्ममा पनि विभिन्न मुलुकबाट अवलोकन गर्न आउने कृषि विधार्थीको सं या सयौंमा छ। लामाले बार्षिक ७० लाख रूपैयाँभन्दा बढीको यस्ता उत्पादन बिक्रि गर्दैआएका छन्।
विश्व वातावरण दिवसको अवसरमा २०७१ जेठ २२ गते अन्नपूर्ण पोष्टमा प्रकाशित
Comments
Post a Comment