संविधान दिन नसक्ने सभासदलाई बासी खाना


क्यान्टिनमा राखिएको दालसहितका तरकारी । तस्वीर सौजन्य : सर्वेन्द्र पूर्वेली 
काठमाडौं । संविधान दिन नसकेका सभासद, नेतासहित उच्च कर्मचारीलाई संविधासभा भवनको क्यान्टिनले लोप्पा खुवाइदिएका छन् । समयमै संविधान दिन्छु भनेर जनतालाई ठग्दै आएका नेता तथा सभासदलाई भने यसपटक क्यान्टिन सञ्चालकले मज्जैसँंग ठगेका छन्, बासी खाना खुवाएर । यसअघिसम्म जनता मात्रै सडेगलेका र गुणस्तरहिन खाना खाना खान बाध्य भएका थिए । यसपटक भने नेता तथा सभासद नै परे बासी खाना खानेमा ।



बानेश्वरस्थित संविधान सभा भवनको संसद सचिवालयको चमेनागृह(क्यान्टिन) ले बासी खाना खुवाउदैआएको रहष्य खुलेको छ । बासी खाना खुवाउने गरेको पुष्टि भएपछि शुक्रबार त्यहाँं कार्यरत कर्मचारीले शिलबन्दी गरेर ताला लगाइदिएका छन् । सचिवालयको चमेनागृहको मासु ५ दिन बासी र दाल ३ दिन अघि पकाएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले पुष्टि गरेपछि बन्द गरिएको हो ।


संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबार बैठकपछि सभापति डा बाबुराम भट्टराई, पूर्णवहादुर खड्का र सचिव मुकुन्द शर्मा चमेनागृहमा खाना खान गएका थिए । खाना खाने क्रममा दाल र मासु गन्हाएपछि खाना कचौरामा राखी सचिव शर्माको कोठामा लगिएको थियो । त्यहिँबाट खाद्य प्रबिधिका कर्मचारीलाई बोलाएर जाँच गर्दा बासी खाना पुष्टि भएको थियो ।


‘मासु ५ दिनको बासी र दाल तीन दिनको बासी भन्ने पुष्टि भयो’ शर्माले भने । सचिवालयको चमेनागृहले बासी खाना खुवाउने गरेको यसअघि पनि गुनासो आउने गरेको थियो । शुक्रवार पुष्टि भएपछि संसद सचिवालय कर्मचारी युनियनले सिंहदरवार र बानेश्वर दुवै ठाउमा ताला लगाइदिएको हो । 

यसअघि गत बर्ष जुन १० २०१३ मा पनि सिंहदरबारस्थित प्रायःजसो सबै साना ठूला क्यान्टिनको खाना गुणस्तरहिन तथा बासी भेटिएको थियो । समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
क्यान्टिनमा राखिएको दालसहितका तरकारी । तस्वीर सौजन्य : सर्वेन्द्र पूर्वेली - See more at: http://www.onlinekhabar.com/2014/06/207876/#sthash.TL9OY5kA.dpuf

Comments