भारतीय बजार सहज छैन् नेपाली गोलभेडाका लागि

निर्यातका लागि चार प्रमुख बाधक तत्व


  • राजेश बर्मा
काठमाडौं: सरकारले स्वदेशमा उत्पादन हुने गोलभेडाको लागि भारतीय बजार उपयुक्त क्षेत्र भएको दावी गरेपनि व्यवहारमा भने त्यो निक्कै झण्झटिलो देखिएको छ। नेपालमा आवश्यकताभन्दा बढी उत्पादन भएका गोलभेडाका लागि भारतीय बजार उपयुक्त मानिएपनि त्यहाँको निर्यात तथा क्वारेन्टाइनस बन्धी नीति झण्झटिलो भएका कारण निर्यात गर्न त्यति सहज नभएको बिज्ञहरूले बताएका छन्।



पारिवारिक खेती बर्षस बन्धी भारतको दिल्लीमा आयोजित एक कार्यक्रमलाई स बोधन गर्दै कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले भारतले सहयोगी भूमिका निर्बाह गर्न सके नेपालबाट ठूलो परिमाणमा गोलभेडा निर्यात गर्न सकिने बताएका थिए। त्यसअघि राजधानीको कालिमाटीमा केही साताअघि स्थानीय उत्पादक तथा व्यापारीहरूले भारतीय बजारमा गोलभेडा बिक्रि गर्न पाउनुपर्ने माग रा दै गोलभेडा फालेर विरोध जनाएका थिए। लगत्तै कृषि विकास मन्त्रालयले नीतिगत समस्या समाधान बिना नै भारतको लखनउमा गोलभेडा बिक्रि गर्न किसान तथा व्यापारीलाई सुझाव दिएको थियो।


राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रमकाअनुसार सरकारले निर्यातका लागि भारतीय क्षेत्र उपयुक्त क्षेत्र भनेपनि त्यहाँको क्वारेन्टाइन तथा निर्यात नीति नेपालमैत्री नहुँदा तत्कालै निर्यात गर्न नसकिने स्पष्ट पारेको छ। बिज्ञहरूले गोलभेडा निर्यातका लागि दुवै मुलुकका उच्च अधिकारीहरूबीच कुटनीतिक छलफलको माध्यमबाट नेपालमैत्री नीति तयार हुनुपर्छ। क्वारेन्टाइनकाअनुसार अहिले पनि भारतीय सीमा क्षेत्रमा अनौपचारिक रूपमा गोलभेडा निर्यात भइरहेका छन्। 'तर आधिकारिक रूपमा विरूवा स्वस्थता प्रमाणपत्रको आधारमा निर्यात हुन सकेको छैन्,' वरिष्ठ प्लान्ट क्वारेन्टाइन अधिकृत प्रकाश पौडेलले अन्नपूर्णसँग भने।


पौडेलले गोलभेडा निर्यात गर्न भारतले केही प्रमुख नीतिहरूमा सुधार गर्नुपर्ने आवश्यकता औल्याए। 'बाहिर जेजस्तो हल्ला भएपनि भारतले आ नो नीतिमा सुधार नल्याउदास म गोलभेडा निर्यात गर्न स भव छैन्,' उनले भने। निर्यात गर्न भारतीय पक्षले त्यहाँको प्लान्ट प्रोटेक्सन अर्गानाइजेसनको निर्देशनमा सन् २००३ मा ल्याएको 'प्लान्ट क्वारेन्टाइन अर्डर' लाई सुधार गरेर नेपालको गोलभेडा निर्यात गर्न प्राथमिकतामा रा नुपर्ने उनले बताए। 'उक्त अर्डरमा नेपालको गोलभेडालाई समावेश गरिएको छैन्। जसका आधारमा भारतीय पक्षले नेपाली गोलभेडाको निर्यातमा अवरोध सिर्जना गर्दैआएका छन्,' पौडेलले भने,'दुवै मुलुकबीच कुटनीतिक छलफलको आधारमा यो बिषयमा बाटो खुल्ला भएपनि पुन: अर्को अव्यवहारिक समस्याले निर्यातलाई रोक्छ।'


उनकाअनुसार गोलभेडाको बजार खोल्नलाई अर्को महत्वपूर्ण समस्या भनेको भारतीय पक्षले हालस म नेपालसँग गोलभेडामा प्रयोग हुने बिषादी(पेस्टीसाइड)स बन्धी विस्तृत विश्लेषण अवशेष प्रतिवेदन माग नगर्नु हो। आयात गर्ने मुलुकले निर्यात गर्ने मुलुकसँग बिषादीस बन्धी विस्तृत विश्लेषण प्रतिवेदन माग गर्नुपर्ने प्रावधान छ। तरकारी र अन्य खाद्य पदार्थ आयात गर्ने मुलुकले त्यस्तै पदार्थमा आ नो मुलुकका किसानले कति परिमाणमा बिषादी प्रयोग गरेका छन् भन्ने प्रतिवेदन र निर्यातकर्ता मुलुकको विश्लेषण प्रतिवेदनसँगै राखेर अध्ययन गर्छ।


अध्ययनको क्रममा निर्यातकर्ता मुलुकको तरकारी र खाद्य पदार्थमा थोरै मात्रामा बिषादी प्रयोग भएको र त्यसबाट कुनै हानी नोक्सानी नहुने निश्कर्ष आएपछि निर्यात गर्न दोश्रो बाटो खुल्ला हुन्छ। 'तर नेपालले हालस म विश्व व्यापार संगठनको एसपीएस मापदण्डभित्र रहेर बिषादी प्रयोगको बारेमा अन्तर्राष्ट्रिय स्तरको आधिकारिक रूपमा गहन विश्लेषण अवशेष परीक्षण गरेर प्रतिवेदन तयार नगरेकाले दोश्रो बाटो नेपालका लागि भने त्यति सहज देखिएको छैन्,' उनले भने।


राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रमकाअनुसार नेपाली गोलभेडाले यस्ता प्रक्रिया पार गरेपनि भारतीय बजार पाउन गाह्रै छ। बिषादीरहित भएको प्रमाणपत्रसहितको गोलभेडा भारतमा निर्यात गर्दा भारतीय पक्षका क्वारेन्टाइन अधिकारीहरू त्यस्ता प्रमाणपत्रमाथि विश्वास गर्दैनन्। 'त्यहाँका अधिकारीले गोलभेडाको नमूना लिएर बिषादी परीक्षणका लागि दिल्ली, कलकत्ता र पटनाजस्ता सहर पठाउँछन्। नमूना प्रतिवेदनको प्रतिवेदन आउन क ितमा पन्ध्र दिन लाग्छ,' उनले भने,'थोरै समयमा बिग्रिने गोलभेडालाई प्रतिवेदन आउन्जेलस म पर्खाउदा गोलभेडा सीमामै सडेर खेर जान्छ।' यसका साथै प्रतिवेदन आइपुग्यो भने पनि भारतको अर्को राज्यले ट्रान्जिट परमिट र सर्टिफिकेट अफ ओरिजिनस बन्धी प्रमाणपत्र खोज्ने भएकाले भारतीय बजार गोलभेडाका लागि त्यति सहज नभएको अधिकारीहरूले बताएका छन्।


कृषि विकास मन्त्रालयकाअनुसार पछिल्लो समयमा नेपालमा २७ प्रतिशतले गोलभेडाको क्षेत्रफल र २४ प्रतिशतले उत्पादनमा बृद्धि हुँदै गएको छ। नेपालमा हाल झण्डै २० हजार हेक्टरमा २ लाख ९८ हजार पाँचसय ९४ मेट्रिक टन गोलभेडा फ ल्दै आएको छ। काठमाडौंमा मात्रै गत आर्थिक बर्ष ०६९/०७० मा २० रोपनीमा ११ हजार आठसय ८० मेट्रिक टन गोलभेडा फलेको थियो।

गोलभेडा उत्पादनको अवस्था
बर्ष               क्षेत्रफल(हेक्टर)               उत्पादन(मेट्रिक टन)

२०६७               १५६०९                      २४२०१८
२०६८               १६७०२                      २५९१८९
२०६९               १६४१६                       २८२४८१
२०७०               १९७२८                     २९८५९४
स्रोत: कृषि विकास मन्त्रालय
अन्नपूर्ण पोष्टमा प्रकाशित मिति : १ भदौं, २०७१(अर्थतन्त्रको पहिलो पृष्ठमा)

Comments