पानीको कार्टेलिङ गर्ने 'एम इन्टरनेशनल' का सञ्चालक पक्राउ

  • राजेश बर्मा
काठमाडौं, ९ भदौं : प्रशोधित खानेपानी बोतलको मूल्य बढाएर 'काट्रेलिङ' गरेको आरोपमा प्रहरीले मु य योजनाकार एम ईन्टरनेशनलका सञ्चालक सुरेन्द्र शाक्यलाई आइतबार साँझ पक्राउ गरेको छ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले शाक्यलाई पक्राउ गरेको पुष्टि गरेपनि कुन स्थानबाट नियन्त्रणमा लिइएको थियो त्यो भने खुलाउन मानेनन्। 'आइतबार साँझ सुरेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको हो,' प्रजिअ गौतमले भने,'अब उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरेर कालोबजारी ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गर्नेछ।'

महानगरीय प्रहरी परिसर हनुमानढोकाका नायव प्रहरी उपरिक्षक(डिएसपी) रमेश बस्नेतले शाक्यलाई बबरमहल क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। उनले भने,'अब उनीमाथि कालोबजारी ऐनअन्तर्गत कारवाही गर्न सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट थप अनुसन्धान गर्न याद थप गराएका छौं। अनुसन्धान पश्चात उक्त ऐनअनुसार मुद्दा दायर गरिनेछ।'


व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित स बन्ध समितिका सदस्य तथा सभासद रामवीर मानन्धरका अनुसार जिल्ला प्रशासन कार्यालयले बयानका लागि बोलाएको अवस्थामा साँझ ५ बजे सोही कार्यालयबाट प्रहरीले शाक्यलाई पक्राउ गरेको जानकारी दिए। 'तर प्रशासन कार्यालयले सोमबार साँझस म उनी पक्राउ परेको स बन्धमा समितिलाई आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन्,' समिति सदस्य मानन्धरले भने,'समितिका सदस्य मंगलबार प्रशासन कार्यालयमा आफै उपस्थित भएर पक्राउ परेको र आगामी कारवाहीको बारेमा जानकारी लिने निर्णय गरेको छ।' समितिले बजार एकाधिकार गरेर कार्टेलिङ गर्ने एम इन्टरनेशनलका स पूर्ण पदाधिकारीसहित नेपाल बोटल वाटर संघका स पूर्ण पदाधिकारीलाई पक्राउ गरेर कारवाही गराउन कटिवद्ध रहेको उनले जानकारी दिए।

यसैबीच उपभोक्ता हित संरक्षण मञ्चले क पनी ऐन अन्तर्गत दर्ता गरिएको एम इन्टरनेशनलका सञ्चालक शाक्यसहित स पूर्ण पदाधिकारी तथा नेपाल बोटल वाटर संघका अध्यक्ष किशोर मानन्धरसहित अन्य पदाधिकारीलाई कालोबजारी तथा अन्य केही समाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाहीको माग गर्दै महानगरीय प्रहरी परिसर हनुमानढोकामा सोमबार जाहेरी दिएको छ। 'हदैस मको दण्ड र सजाय हुने गरी मञ्चले प्रहरीमा जाहेरी दिएको छ,' मञ्चका अध्यक्ष जगरनाथ मिश्रले बताए।

एम ईन्टरनेशनलले नेपाल बोटल वाटर संघको सहकार्यमा पानीको बजारमा एकाधिकार कायम गरेर प्रशोधित प्रति बोतलमा ३५ प्रतिशत मूल्य बृद्धि गरेर बिक्रि बितरण गरेको बारेमा राष्ट्रिय उपभोक्ता मञ्चले बाणिज्य विभागमा र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो। यस्तै उपभोक्ता हित संरक्षण मञ्चले व्यवस्थापिका संसदअन्तर्गतको उद्योग बाणिज्य तथा उपभोक्ता हित स बन्ध समितिमा उजुरी दिएको थियो। सोही उजुरीको आधारमा संसदीय समितिले गृह र बाणिज्य मन्त्रालयलाई दोषिलाई पक्राउ गरी कारवाही गर्न कडा निर्देशन दिएको हो।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनकाअनुसार नेपाल बोटल वाटर उद्योग संघले आ नै सदस्यहरूलाई सहभागी गराएर एम इन्टरनेशनल प्राइभेट लिमिटेड नामको क पनी काठमाडौंको त्रिपुरेश्वरमा कार्यालय सञ्चालन गरेका थिए। संघमा आवद्ध सदस्य उद्योगहरूबाट उत्पादित पानी उक्त इन्टरनेशनल नामबाटै बजारीकरण गर्न बाध्य पारिएको थियो। सदस्य उद्योगले संघको लोगोसमेत प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था इन्टरनेशनलका अध्यक्ष शाक्यले बनाएका थिए।


संघले यस्तो उर्दी गर्नुपूर्व बोटलमा जुन उद्योगबाट पानी उत्पादन भएको थियो, त्यही क पनीको नाम, ठेगाना र लोगो प्रयोग भइरहेको थियो। संघमा आवद्ध नभएका सदस्य उद्योगीले पनि आ नै उद्योगको नाम राखेर बिक्रि गर्दैआएका थिए। आफूले भनेअनुसार पानी वितरण गर्न नचाहने उद्योगबाट उत्पादित ठूलो परिमाणको पानीको बोटल संघले नै काठमाडौंको विभिन्न ठाउँमा लुकाएर राखेको स-प्रमाण उपभोक्ता संघसंस्थाले फेला पारेका थिए। ललितपुरको महालक्ष्मीस्थान, सिंचाहिटी, कलंकी, काठमाडौंस्थित कालिका पेट्रोल प प पछाडी रहेको तीन सटर भएको घर, सातदोवाटो, ग्वार्को, चावहिल र ठमेलमा गोदाम राखेर विभिन्न क पनीबाट उत्पादित हजारौं कार्टुन पानी एम इन्टरनेशनलले लुकाएर राखेको अध्यक्ष महर्जनले जानकारी दिए।

कार्टेलिङ गर्ने विरूद्ध तात्तियो संसदीय समिति

काठमाडौं, ८ भदौं
प्रशोधित बोतलको खानेपानीको मुल्य बढाएर 'काट्रेलिङ' गर्ने व्यवसायीलाई हदैस मको कारवाही गर्ने व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित स बन्ध समितिले जनाएको छ। आइतबार पानी उत्पादन गर्ने उद्योग तथा विभिन्न स्थानमा लुकाई छिपाई राखेको गोदामहरूको अनुगमन क्रममा समितिले यस्तो जानकारी दिएको हो।

ब्यवसायको नाममा सिमित व्यवसायीहरू संगठित भएर आफुखुशी पानीजस्तो अत्यावश्यक पदार्थको मूल्य बृद्धि गरेर बजारमा एकाधिकार कायम गरेको जानकारी गराउदै समितिका सभापति सुभाषचन्द्र शाह ठकुरीले सिण्डिकेट गरेर कालोबजारी गरेर उपभोक्तालाई ठग्ने व्यवसायीमाथी हदैस मको कारवाही गराईछाड्ने प्रतिवद्धता जनाएका छन्। उनले व्यवसायीमाथि हदैस मको कारवाही गर्न सरोकारवाला निकायले इच्छाशक्ति नदेखाएको बताउदैं सोमबार बस्ने भनिएको संसद बैठकमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रा ने बिषयमा मु य मुद्दा बनाएर आवाज उठाउने जानकारी दिए।

उनले भने,'भोलीस म पनि दोषिमाथि कारवाही नगरिए मंगलबारदेखि क-कसको जागिर धरापमा पर्दैछ, त्यो हेर्दै जानुस्। दोषिमाथी कारवाही नगर्ने र समितिको निर्देशन अटेर गर्ने कर्मचारीको जागिर अब धरापमा छ भनेर बुझेपनि हुन्छ।'  ऐन कानुनी पर्याप्त भएपनि सरोकारवाला निकायले इमान्दार भएर त्यसलाई कार्यान्वयनमा ल्याएर सहयोगी भूमिका नखेलेको समितिले निश्कर्ष निकालेको सभापति ठकुरीले बताए। कारवाहीको पक्षमा गृह र बाणिज्य मन्त्रालय मातहतका निकायले सहयोगकारी भूमिका नखेलेको बताउँदै उनले भने,'कार्टेलिङ र कालोबजारी गर्नेमाथी कारवाही गर्न निर्देशन दिएको चार दिनवितिसक्दा पनि सहयोग नगर्ने गृह र बाणिज्य मन्त्रालयका पदाधिकारीलाई समेत बाँकी छाड्दैनौं।'

गत बिहिबार समितिले दोषिउपर चौबीस घण्टाभित्र प्रतिफल आउने गरी कारवाही प्रकृया अघि बढाउन गृह तथा बाणिज्य मन्त्रालयलाई निर्देशन दिएको थियो। आइतबारस म ति दुवै मन्त्रालय मातहतका निकायले विभिन्न क पनीको पानी रा ने गोदाममा सिलवन्दी मात्रै गरेर झारा टारेको आरोप लगाउदै दोषिलाई पक्राउ गर्न त्यस्ता निकायले कुनै चासो नदेखाएको जानकारी दिए।


कारवाही प्रक्रियाको गति कुन अवस्थामा छ भनेर सभापति ठकुरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमसँग जिज्ञासा रा दा प्रजिअ गौतमले बजार संरक्षण अधिकृत नभएकाले कारवाही गर्न गाह्रो भएको भनेर जवाफ दिएका थिए। सभापति ठकुरीले भने,'कारवाही प्रक्रिया अघि बढ्यो वा बढेन् भनेर जानकारी माग्दा 'संरक्षण अधिकृत छैन' भनेर प्रजिअ गौतमले जवाफ फर्काए। यसैबाट प्रस्ट हुन्छ, स्थानीय प्रशासन कारवाही गर्न चासो देखाएको छैन्।' काठमाडौं ७ स्थित एम इन्टरनेशनलका सञ्चालक सुरेन्द्र शाक्यलाई तत्काल पक्राउ गर्न समितिले निर्देशन दिएको थियो।


सभापति ठकुरीसहित समितिका तीनजना सभासद, उपभोक्तावादी, कर्मचारी तथा सञ्चारकर्मीको संयुक्त टोलीले आइतबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा लुकाई छिपाई राखेको पानीको गोदाममा अनुगमनसमेत गरेको छ। अनुगमनको क्रममा ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयले तिखिदेवलमा एम इन्टरनेशनल प्राइभेट लिमिटेडले लुकाईराखेको अवस्थामा दुईहजार एकसय थान पानीको वोतलको कार्टुनसहित गोदाममा सिलबन्दी गरेको छ। एक कार्टुनमा १२ थान पानीको बोतल हुन्छ।


ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठकाअनुसार गत शुक्रबार सिंचाहिठीस्थित सोही क पनीको गोदाममा सिलवन्दी गरिएको थियो। उक्त गोदाममा पानीको वोतलसहितको चारसय थान कार्टुन थियो। यसअघि जिल्ला प्रशासन कार्यालय र बाणिज्य विभागको संयुक्त अनुगमन टोलीले काठमाडौंले सोही क पनीले ढुँगेधारामा सञ्चालन गरेका गोदाममा सिलवन्दी गरेको थियो। उक्त गोदाममा पनि विभिन्न १० वटा क पनीको लेभल भएको एकहजार दुईसय कार्टुन थियो।


यसैगरी पाटन औधोगिक क्षेत्रभित्र सञ्चालनमा रहेको कुण्ड पानी प्रशोधन उद्योगलाई पहिलेकै मूल्यमा पानी बिक्रि गर्न संसदीय समितिले निर्देशन दिएको छ। एम इन्टरनेशनलले मूल्य बृद्धि गरेपछि कुण्ड उद्योगले पनि प्रति कार्टुनको मूल्य एकसय ५ रूपैयाँबाट एकसय ९० मा पु:याएको थियो।

संसदीय समितिका सदस्य सभासद रामवीर मानन्धरकाअनुसार सिमित उद्योग मिलेर एउटै ब्राण्ड र लोगोमा पानी उत्पादन गरेर प्रति बोतलमा पाँच रूपैयाँ आफूखुशी मूल्य बृद्धि गरेर एम इन्टरनेशनलले खानेपानी बिक्रि गर्दैआएको थियो। खानेपानी उत्पादक व्यवसायीको संगठन नेपाल बोटल बाटर संघका सिमिति सदस्य मिलेर एम इन्टरनेशनल नामक क पनी खडा गरेर बजारमा एकाधिकार कायम गरेको र मूल्य समेत बढाएको उजुरीको आधारमा संसदीय समितिले दोषिलाई कालोबजारी ऐन, उपभोक्ता संरक्षण ऐन र प्रतिस्र्पधा ऐनअनुसार तत्काल पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाउन माग गरेको छ।

नेपाल खानेपानी व्यवसायी व्यवस्था संघका अध्यक्ष राजु घिमिरेकाअनुसार पछिल्लो समयमा एम इन्टरनेशनलले गुण्डा भिडाएर बाटो बाटोबाट पानीको कार्टुन आ नो कब्जामा लिएर आ नो लोगो प्रयोग गरेर बढी मूल्यमा बिक्रि गर्न लगाएको थियो। 'उसको निर्देशन नमान्ने उद्योगलाई कडा कारवाही गर्ने र बजारमा पानी बिक्रि गर्न नदिनेस मको ध की दिन लगाएको थियो,' उनले भने। 

मुल्य बढाईएका १४ हजार खानेपानीका बोतल जफत
काठमाडौं, ५ भदौ
एक लिटरको पेट बोतलमा खानेपानी उत्पादन गरी मुल्य बढाउन संगठित भएका व्यवसायीलाई सरकारले कारबाही प्रकृया शुरु गरेको छ । सिमित उद्योग मिलेर एउटै ब्राण्ड र लोगोमा उत्पादित एक लिटरका १४ हजार खानेपानीका बोतल समेत बिहिबार जफत गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा अनुगमनकारी निकाय, प्रहरी, उपभोक्तावादी मिलेर एम इन्टरनेशनल नामक कम्पनीको गोदाममा बिहिबार छापा हानिएको थियो । सो क्रममा बिक्रीका लागि बजार पठाउन लागिएको १२ सय कार्टुन ( १४ हजार चार सय बोतल) खानेपानीका बोतल नियन्त्रणमा लिएको बाणिज्य तथा आपूर्ती व्यवस्थापन विभागले जनाएको छ ।

खानेपानी उत्पादक व्यवसायीको संगठन नेपाल बोटल वाटर उद्योग संघका सिमित सदस्य मिलेर एम इन्टरनेशनल नामक कम्पनीमार्फत बजारमा एकाधिकार कायम गरेको र मूल्य समेत बढाएको उजुरीका आधारमा संसदीय समितिले कारबाही गर्न निर्देशन दिएपछि विभागलगायत अन्य निकायले बिहिबार छापा हानेका थिए ।

अनुगमन टोलीले उक्त कम्पनीका अन्यत्र पनि गोदाम रहेको जानकारी पाएकाले त्यसको खोजतलास जारी राखेको जनाएको छ । ‘एम इन्टरनेशनलको गोदाममा छापा हानी पानी बोतल रहेका १२ सय कार्टुन नियन्त्रणमा लिइएको छ’ विभागका निर्देशक पुरुषोत्तम सुवेदीले भने ।

उनले कम्पनीका प्रतिनिधिलाई स्पष्टिकरणका लागि बोलाउन पत्राचार समेत गरेको जानकारी दिए । ‘कम्पनीका प्रतिनिधिलाई विभागमा उपस्थित भई बयान दिन, कागजात तथा विवरण पेश गर्न समेत पत्र पठाएका छौं’ उनले भने ।

व्यवस्थापिका संसद्को उद्योग बाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले बुधबार दिनभर छलफल गरी एम इन्टरनेशनल कम्पनीले गैरकानून रुपमा बजारमा एकाधिकार कायम गर्न खोजेको र संगठित भएर पानीको मुल्य समेत बढाएको ठहर्दै कारबाही गर्न गृह सचिव सूर्य सिवाल र आपूर्ती मन्त्रालयका सचिव नारायणगोपाल मलेंगोलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनलगत्तै गृह मन्त्रालयले बिहिबार काठमाडौं जिल्ला प्रशाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र प्रहरी निरिक्षकको नेतृत्वमा बाणिज्य विभाग, उपभोक्तावदीलगायतलाई समेटेर अनुगमन गर्न निर्देशन दिएको थियो ।

संसदीय समितिका सदस्य तथा कांग्रेस सभासद रामवीर मानन्धरले खानेपानी जस्तो संवेदनशील पदार्थमा एकाधिकार कायम गर्न खोज्नेलाई कारबाही गर्नु भनी दिएको निर्देशनल सरकारले पालना गरेको भन्दै प्रशंसा गरे । ‘आम उपभोक्तालाई समस्यामा पार्ने गरी समिति व्यवसायी मिलेर खानेपानीको बजार कब्जा गर्ने र मूल्य बढाउनेलाई कारबाही गर्न दिएको निर्देशन पालना भएको सुनेर खुसी लागेको छ’ उनले  भने ।

खानेपानीको बजार कब्जा गरेर मूल्यवृद्धि

काठमाडौं, ४ भदौ
पेट बोतलमा खानेपानी वितरण गरिरहेका व्यवसायीको एक समूहले प्रतिस्पर्धी बजारलाई हस्तक्षेप गरी मूल्यवृद्धि गरेको पाइएको छ । नेपाल बोटल वाटर उद्योग संघले आफ्ना सदस्य उद्योगलाई एउटै ब्राण्डमा पानी उत्पादन गर्न बाध्य बनाएर मूल्य वृद्धि गरेको हो ।

संघमा आवद्ध नभएका अन्य उद्योगीलाई समेत धाक धम्की दिएको उपभोक्ता अधिकारकर्मीले उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले बाणिज्य विभाग, जिल्ला पं्रशाशन कार्यालय ललितपुरमा उजुरी दिएको छ भने उपभोक्ता हित संरक्षण मञ्चले व्यवस्थापिका संसद अन्तर्गतको उद्योग बाणिज्य तथा उपभाक्ताहित सम्बन्ध समितिमा उजुरी दिएकबो थियो ।

उपभोक्ताको उजुरीपछि समितिले बुधबार बाणिज्य तथा आपूर्ती मन्त्रालय र गृह मन्त्रालयलाई डाकेर छलफल समेत गराएको छ । छलफलमा खानेपानी वितरण गर्ने संघले प्रतिस्पर्धी बजारलाई हस्तक्षेप गरी कार्टेलिङ्ग गरेको ठहर्दै दोषीलाई तत्काल कारबाही गृह मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति सुवर्ण ज्वारचनले जानकारी दिए ।

‘खानेपानी जस्तो संवेदनशील पदार्थको व्यवसाय र बिक्री वितरणमा एकाधिकार कायम गर्न खोज्ने र मूल्यवृद्धि गर्ने व्यवसायीलाई प्रचलित कानून बमोजिम मुद्धा दायर हुने गरी कारबाही गर्न आवश्यक अनुसन्धान, खोजतलास र दोषी भेट्टिएका व्यवसायको कारोबार रोक्का गर्न निर्देशन भएको छ’ उनले भने ।

समितिसमक्ष परेको उजुरीमा संघले पानी वितरणमा एकाधिकार कायम गरी मूल्यवृद्धि गरेको दाबी गरिएको छ । बुधबार दिउ“सो समितिले गरेको छलफलमा बाणिज्य मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले समेत कार्टेलिङ्ग भएको स्वीकार्दै आवश्यक कारबाही प्रकृया थालिएको बताए । ‘खानेपानीमा व्यवसायीले एकाधिकार कायम गर्न खोजिए जस्तो देखिएकाले स्पष्टिकरण माग्न शुरु भएको छ’ सचिव मलेगोले भने, ‘थप छानविन पनि हुन्छ । छानविनमा पुष्टि भए प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।’

समितिका उपस्थित सभासद्हरुले भने प्रकृयागत रुपमा जा“दा ढिलो हुने भन्दै जतिसक्दो चा“डो कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिएका छन. । छलफलमा सहभागी गृह सचिव सूर्य सिवालले पनि दोषी देखिएका व्यवसायीलाई तत्कालै कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तो छ, कार्टेलिङ्गको कथा
नेपाल बोटल वाटर उद्योग संघले आफ्नै सदस्यहरुलाई संगठित पारेर एम इन्टरनेशनल प्रालि नामको कम्पनी खोलेको हो यसको कार्यालय त्रिपुरेश्वरमा छ । संघका सदस्य रहेका उद्योगबाट उत्पादित पानी एम इन्टरनेशनल नामबाटै बजारीकरण गर्न बाध्य बनाइएको उजुरीमा उल्लेख छ । सदस्य उद्योगले संघको लोगो समेत प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था बनाइएको छ ।

संघले यस्तो उर्दी गनुपूर्व पेट बोटलमा जुन उद्योगबाट पानी उत्पादन भएको हो त्यसैको नाम, ठेगाना र लोगो प्रयोग हुने गरेको थियो । संघमा सदस्य नरहेकाले पनि आप्mनै उद्योगको नाम राख्ने गरेका छन् । धैरै उद्योगबाट उत्पादित पानीलाइ एउटै ब्राण्डबाट बिक्री गर्ने नियम बसाएको संघले मूल्य समेत बढाएको उजुरीमा उल्लेख छ ।
राष्टि उपभोक्ता मञ्चले बाणिज्य विभागलगायतका निकायमा दिएको उजुरीमा प्रति बोतल ५ रुपैया“ मूल्य वृद्धि गरेको उल्लेख छ । आफूले भनेअनुसार पानी वितरण गर्न नचाहने उद्योगबाट उत्पादित ठूलो परिमाणको पानीको बोटल संघले नै काठमाडौंको विभिन्न ठाउमा लुकाएर राखेको स–प्रमाण उजुरीमा उल्लेख । ललितपुरको महालक्ष्मीस्थान, सिन्चाहिटीमा विभिन्न उद्योगले उत्पादन गरेको पानी संघको रोहबरमा लुकाएर राखेको भेट्टिएको छ ।

त्यस्तै कलंकी, काठमाडौं स्थित कालिका पेट्रेल पम्प पछाडी रहेको ३ शटर भएको घरमा, सातदोवाटोमा, ग्वार्कोमा, चाबहिलमा र ठमेलमा गोदाम राखेर संघका निर्णय नमान्ने पानी उद्योगका बोटलहरु बिक्री हुन नदिई जम्मा गरी राखेको र त्यसैको भरमा संघमा आवद्ध भई आफ्नो निर्णय मान्न अन्य उद्योगीलाई बाध्य बनाइएको उजुरीमा उल्लेख छ । आफूहरुको निर्णय अटेर गर्ने उद्योगलाई सरकारी निकाय लगाएर बन्द गराउन सक्ने धम्की समेत संघका पदाधिकारीले दिएको उजुरीमा उल्लेख छ ।


हेर्नुस नेपाल बोटल वाटर उद्योग संघ र एम इन्टरनेशनलको फट्याईको चर्चिकला




Comments