दसैं तयारी: रोगी पशुपन्छी रोक्‍न सीमा क्‍वारेन्टाइनमा कडाइ


काठमाडौं : सरकारले भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने पशुपन्छीको स्वास्थ्य परीक्षण कडाइका साथ गर्न निर्देशन दिएको छ। चाडबाड नजिकिँदै गर्दा व्यवसायीले विभिन्न रोग लागेका राँगा, चल्ला, माछा, खसी र बोका भित्र्याउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएको हो।


राष्ट्रिय पशु केन्द्रीय क्वारेन्टाइन कार्यक्रमले निगरानी र स्वास्थ्य परीक्षणमा थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। क्वारेन्टाइनका प्रमुख डा. माधव दाहालले दसैंलाई लक्षित गरेर अहिलेदेखि नै व्यवसायीले लुकीछिपी र ढाँटेर अस्वस्थ पशुपन्छी भारतलगायतका मुलुकबाट भित्र्याउने भएकाले सीमा क्षेत्रका क्वारेन्टाइन कार्यालय र त्यस मातहतका चेक पोस्टलाई कडाइका साथ स्वास्थ्य परीक्षण गर्न सोमबार नै निर्देशन दिएको बताए। केन्द्रीय क्वारेन्टाइनले निर्देशनअनुसार काम थाल्न मातहतका निकायलाई पत्राचार गरिसकेको छ।

क्वारेन्टाइन कार्यालयले २४ वटा सीमा क्वारेन्टाइनमध्ये काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी (गड्डाचौकी) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित क्वारेन्टाइन कार्यालयलाई यस्तो निर्देशन दिएको छ।

ती क्वारेन्टाइन मातहत रहेका चेक पोस्टलाई पनि सीमा क्षेत्रमा कडा निगरानी राखेर पशुपन्छीको सूक्ष्म स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल भित्र्याउन दिन केन्द्रीय कार्यालयले निर्देशन जारी गरेको छ।


'चाडबाडको समयमा भीडको लाभ उठाएर व्यवसायीले लुकाईछिपाई विभिन्न रोगबाट प्रभावित कुखुरालगायत अन्य पशुपन्छी भित्र्याउन सक्ने भएकाले त्यस्तामाथि निगरानी रा न भनेका छौं', डा. दाहालले भने, 'प्राय: घटस्थापनाको अघिल्लो दिनस म भित्र्याउने चाप हुन्छ।


त्यसपछि सामान्य हुँदै जान्छ।' क्वारेन्टाइनले यसपटक एकै दिन बढी परिमाणमा भित्र्याउन खोज्ने व्यवसायीलाई पनि तोकिएभन्दा बढी परिमाणमा भित्र्याउन नदिने नीति अख्तियार गरेको छ। भीडभाडको फाइदा उठाएर एकैपटक अत्यधिक परिमाणमा पशुपन्छी वा खसी, बोका भित्र्याउन खोज्दा गहन रूपमा स्वास्थ्य परीक्षण गर्न समस्या पर्ने भएकाले सरोकारवाला व्यवसायीलाई थोरथोरै परिमाणमा दिनहुँ स्वास्थ्य परीक्षण गराएर भित्र्याउन सुझाव दिएको उनले बताए।

वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीबाट अत्यधिक परिमाणमा मासु र जनावर भित्र्याउने गरिएको छ। 'आठवटामध्ये पनि मु य गरी वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी सीमामा थप प्रभावकारी निगरानी रा न भनेका छौं', उनले भने, 'प्रभावकारी रूपमा परीक्षण र निगरानीका लागि थप जनशक्तिसमेत परिचालन गरिएको छ। कर्मचारीलाई अति आवश्यक अवस्थामा मात्र बिदामा बस्न भनेका छौं।'

उनका अनुसार अत्यन्त कम चाप भएका क्वारेन्टाइन कार्यालयबाट दुईदुईजना कर्मचारी चाडबवाडको समयमा बढी चाप भएका क्वारेन्टाइनमा खटाइनेछ। पशु चिकित्सकको मातहतमा रहने गरी करिब सातदेखि १२ जनास म लाई खटाइएको छ।

यसैगरी केन्द्रीय भेटेनरी जनस्वास्थ्य कार्यालयले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा राजधानी भित्रिने खसी, बोका, राँगा तथा हाँस र कुखुराको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ।

यस अनुसार व्यापारीले उपभोक्तालाई बिक्री गर्नुपूर्व यस्ता पशुपन्छीको अनिवार्य स्वास्थ्य परीक्षण गराएर निरोगिता चिह्न प्राप्त गर्नुपर्छ। निरोगिता चिह्नको आधारमा मात्र व्यवसायीले उपभोक्तालाई बिक्री गर्न पाउने योजना तयार पारिएको छ। यसअनुसार आगामी असोज ४ गतेदेखि राजधानीको कलंकी, खसीबजार, बागबजार, अनामनगर, बालाजुको बाईसधारा र कोटेश्वरस्थित खसीबजारमा करिब डेढ सातास म स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिनेछ।

यसका साथै राजधानी भित्रिने मु य नाका थानकोट, साँगा, दक्षिणकाली र ककनीमा पनि स्वास्थ्य परीक्षण गर्ने टोली खटाइनेछ। 'स्वास्थ्य परीक्षण गरेर चिह्न दिइएका खसी, बोका, राँगा, हाँस र कुखुरामात्र बिक्री गर्न दिइनेछ', भेटेनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा. मुकुल उपाध्यायले भने।

यसका लागि महानगरपालिकाका तीन र भेटेनरीतर्फ दुईजना गरेर एक स्थानमा पाँचजनालाई परिचालन गरिनेछ। पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयका अनुसार दसैंको समयमा उपत्यकामा मात्र करिब तीन अर्ब मूल्य बराबरका ५५ देखि ६० हजारस मको खसीबोका किनबेच हुन्छ। १२ लाख किलो मासुको खपत हुन्छ।
अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्ठको मुख्य समाचार
प्रकाशित मिति २०७१ भदौं १३ गते

Comments