रङ र लक्ष्ण हेरी खसी किनौं !

'स्वस्थलाई हरियो, अस्वस्थलाई रातो'

राजेश बर्मा
काठमाडौं: दशैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्दैहुनुहुन्छ भने खसीबोकाको सिंगमा लगाइएको 'हरियो' रंग हेरेर मात्र किन्नुहोला। रंग छुट्याएर खरिद गर्न सक्नुभएन भने तपाई ठगिन सक्नुहुनेछ। शुद्ध र स्वस्थ्य मासुका लागि हरियो चिन्ह भएका खसीबोका मात्र खरिद सरकारले सुझाव पनि दिएको छ।


पशु स्वास्थ्य निर्देशनालय तथा काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिंगमा 'हरियो' र अस्वस्थ्यलाई 'रातो' चिन्ह लगाउने अभियान शुक्रबारदेखि सुरू हुँदैछ। कलंकी, बालाजु, कोटेश्वर, टुकुचा र बिजुलीबजारस्थित खसीबोकाको बजारमा यो अभियान थालिदैंछ। खसीबोकाको स्वास्थ्य परीक्षणका लागि कलंकीमा डा.अन्जिरमान डंगोल, बालाजुमा डा.बोधकृ ष्ण पराजुली, कोटेश्वरमा डा. बिनोदबाबु कट्टेल, टुकुचामा डा. भिमनाथ चौलागाई र बिजुलीबजारमा डा. मुकुल उपाध्यायको नेतृत्वमा एक पशु स्वास्थ्य प्राविधिक, एक महानगरपालिकाका कर्मचारी र जनपथका प्रहरी गरी प्रत्येक टोलीमा चारजनालाई खटाएको छ।

भेटेनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. उपाध्यायकाअनुसार टोलीले बजारमा आएका खसीबोकाको स्वस्थ्य आगामी फुलपातिस म परीक्षण गर्नेछन्। पशु चिकित्सकले दसैंमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमूनाको आधारमा अध्ययन गरेर स्वस्थ्य ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिंगमा रातो चिन्ह लगाउने छन्।

बिक्री स्थलमा हरियो र रातो चिह्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि सोही दिनदेखि सुरू हुनेछ। 'दसैंको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगवाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने स भावना हुन्छ,' डा. उपाध्यायले भने,'मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्य सुरु गरेको हो।'

पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिंगान र :याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडीको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, लंगडाउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुँई कोट्टयाउने, घरी घरी आकाशतर्फ फर्केर घु दै कराउने र लड्नेजस्ता लक्ष्णहरूको पहिचान गर्नेछन्। परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिंगमा नखुइलिने बिशेष खालको हरियो रंग लगाएर ब्यापारीलाई बिक्रि गर्न अनुमति दिइनेछ।



निमुनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेविज र घुमाउने रोग लागेका खसीबोकाको सिंगमा रातो चिन्ह लगाएर बिशेष निगरानीमा राखेर उपचार गरिनेछ। 'यसमध्ये निमुनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचार पश्चात स्वस्थ्य भएका खसीबोकालाई पुन: बिक्रिका लागि बजार पठाइनेछ,' डा. उपाध्यायले भने,'तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई कुनै पनि शर्तमा बिक्रि गर्न अनुमति दिदैंनौं।'


काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बज्राचार्यकाअनुसार दसैंमा रोगी र मरेका खसीबोका भित्र्याएर पसलमा मासु काट्ेर बिक्रि गर्ने स भावना पनि त्यतिकै भएकाले नागढुँगा नाका भएर राजधनी भित्र्ने सबारी साधनलाई दिन र रातको समयमा बिशेष निगरानीमा राखिएको छ। उनकाअनुसार गतबर्षको असोजमा नागढुँगा नाकाबाट पाँचवटा मरेका र  विभिन्न रोगबाट प्रभावित भएका ५६ वटा खसीबोका नियन्त्रणमा लिइएको थियो। अघिल्लो बर्ष २०६९ को असोजमा सोही स्थानबाट सातबटा मरेका र विभिन्न प्रकारका रोग लागेका ८० वटा खसीबोका नियन्त्रणमा लिइएको थियो।



केन्द्रिय क्वारान्टाइन कार्यालयका पूर्व प्रमुख डा. बोधप्रसाद पराजुलीकाअनुसार कडा खालको ज्वरो, पीपीआर, रेबीज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानवस्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ। 'यस्ता रोगबाट प्रभावित भएका खसीबोकाको मासु कुनै पनि शर्तमा उपभोग गर्नुहुन्न्,' डा.पराजुलीले भने,'यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रवल स भावना हुन्छ। मानिसको ज्यान पनि जोखिममा पर्न सक्छ।'


पशु सेवा विभागका प्रमुख डा. केशवप्रसाद प्रेमीकाअनुसार उपत्यकामा गरिएको एक अध्ययनअनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ। यस्ता जीवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छन्। अध्ययनअनुसार मानिसमा लाग्ने सरुवा रोगमध्ये ७५ प्रतिशत पशुपन्छीबाट सर्छ।



विभागकाअनुसार दशैंको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ। दशैंमा देवी दुर्गालाई वली दिन तथा घरमा मार हानेर मासु खाने चलन बढ्दै गएकाले करिब ६० हजार खसीबोका(१२ लाख किलो मासु), १० हजार च्याङग्रा र तीनहजार भेडा र सयभन्दा बढी राँगाको खपत हुने गर्छ। सप्तमीदेखि प्रति व्यक्तिको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्राम पुग्ने गर्छ। सरकारले प्रति व्यक्ति प्रति बर्ष १४ किलो मासु खानुपर्ने मापदण्ड बनाएको छ। तर प्रति बर्ष नेपालीको भागमा ९ किलोको हाराहारीमा मात्र पर्छ। 



चौपाया खरिद बिक्रि सेवा संघका अध्यक्ष दीपक थापाले दसैंका लागि भनेर बुधबारदेखि भारतका विभिन्न सहर र आन्तरिक बजारबाट खसीबोका भित्र्याउने काम सुरू भइसकेको जानकारी दिए। संघले मात्रै बिहिबार पाँचहजार खसी बोका भित्र्याएको छ। यसपटक नेपाल माछामासु व्यवसायी संघले १२ हजार, नेपाल खाद्य संस्थानले तीनहजार पाँचसय र चौपाया खरिद बिक्रि सेवा संघले ४० हजार खसीबोका भित्र्याउन सुरू गरेको छ। उत्पत्यकामा सामान्य दिनमा एकहजार गोटा खसीबोका बिक्रि भएपनि दसैंको समयमा करिब दैनिक तीनहजारको सं यामा बिक्रि हुन्छ।



खाद्य संस्थानले खसी बोका भित्र्याउन सकेन

स्थापनाकालदेखि घटस्थापनाको दिनदेखि खसीबोका बिक्रि गर्ने नेपाल खाद्य संस्थानले बिहिबारस म राजधानीमा खसीबोका भित्र्याउन सकेन्। खसीबोका भित्र्याउन नसकेपछि संस्थानको इतिहासमा पहिलो पटक यो बर्ष घटस्थापनाको दिनदेखि खसीबोका बिक्रि गर्न सकिएन्। संस्थानस बद्ध एक अधिकारीले भने,'बिहिबारस म खसीबोका राजधानी भित्र्न सकेन्।' संस्थानले यसपटक तीनहजार चारसय खसीबोका बिक्रि गर्ने लक्ष्य राखेको थियो।
अन्नपूर्ण पोष्टको अर्थतन्त्रको अन्तिम पृष्ठको मुख्य समाचार
प्रकाशित मिति २०७१ असोज १० गते

Comments