लौं हेर्नुस ! 'बिशालबजार व्यापारीको ब्रम्हलुट'

यस्तो छ, ब्यापारीको लुट धन्धा !

         पसल                सामान        खरिद मूल्य(रु.मा)      बिक्रि मूल्य(रु.मा)
  • आरएसए तृषा         ज्याकेट                  ३७३                              ३५४०
  • आरएसए तृषा         सुटकेश                  १७००                            २३४५
  • इन्टरसप                पाइन्ट मिडियम     २८७                              २२५०
  • इन्टरसप                सर्ट                        १८७                              १२००
  • श्रीरेडिमेड स्टोर       हाफ ज्याकेट           २०१                             २७००
  • ओकल्याण्ड            जिन प्यान्ट            ३००                             ११००
  • ओकल्याण्ड            टी सर्ट                     ७६                                १०००
  • बीओम स्टोर           लेडिज व्याग           १९१                              १९५०
  • बीओम स्टोर           जुत्ता                     ४६५                             २५०० 
 श्रोत : बाणिज्य विभाग
  • राजेश बर्मा 
काठमाडौं: व्यापारीले सामान बिक्री गर्दा उपभोक्ताबाट कति प्रतिशतसम्म मुनाफा असुल गर्छन्  सामान्य अनुमान होला , २५ वा ५० प्रतिशत ! तर न्युरोडस्थित बिशालबजारका व्यापारीले परेको मूल्यभन्दा दुई सय प्रतिशत बढी रकम उपभोक्ताबाट असुले पनि सरकारले उन्मुक्ति दिएको छ। सरकारले उपभोक्तालाई लुट्ने ब्यापारीमाथि कुनै कारवाही नगरेर त्यसै छाडेको छ । सरकारले आवश्यकताभन्दा बढी मुनाफा असुल गरेको भनेर अनुगमन गर्न जादां उल्टै त्यहांका  । ब्यापारीहरु संगठित भएर पसल नै बन्द गरेर सरकारलाई अनुगमन गर्न पाईदैंन् । पसल बन्द गरेर र अनुगमनमा असहयोग गरेर उनीहरुले आफुखुशी मुनाफा लिएर उपभोक्तालाई ढाड खुस्काउनै गरी ठग्न पाउनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।


न्युरोडस्थित विशालबजारका व्यापारीले बजार अनुगमनको विरोध गर्दै बजार बन्द गरेका छन्। खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा जोडेर उपभोक्ताबाट असुल गरेको उजुरीका आधारमा वाणिज्य विभागको नेतृत्वमा आइतबार बजार अनुगमन टोली गएपछि त्यसको विरोध गर्दै व्यापारीले बजार बन्द गरेका हुन्।



विशालबजारमा तयारी पोसाक, जुत्ता, ब्याग, सुनचाँदीका गरहगना, फेन्सीलगायतका समान छन्। यसअघि गत शुक्रबार पनि बजार अनुगमनको विरोधमा यहाँका पसल बन्द गरिएका थिए। टोलीले चारवटा पसल अनुगमन गर्नासाथ व्यापारी एकजुट भएर सबै पसल बन्द गरेको अनुगमन टोलीले जानकारी दिएको छ। 
विभागका शाखा अधिकृत हिरम्भराज पोखरेलले खरिद र बिक्री बिल माग्दा संगठित भएका व्यापारीले एक्‍कासि हुलमूल गरेर पसल बन्द गरेको जानकारी दिए।


लागत मूल्यमा अधिकतम २० प्रतिशतसम्ममात्र मुनाफा जोडेर बिक्री गर्न पाउने कानुनी व्यवस्था भए पनि विशालबजारका व्यापारीले दुई सय प्रतिशतसम्म मुनाफा जोडेर सामग्री बिक्री गर्दै आएको प्रमाण भेटिएको आधारमा सरकारले अनुगमन गरेको पोखरेलले बताए।


'भीडभाडको मौका छोपेर केही व्यापारीले अनुगमन गर्न पाइँदैन भनेर हामीमाथि हात हालाहालसम्म गरेु,' उनले भने, 'त्यसपछि भटाभट सबै पसलको बत्ती निभाउँदै सटर बन्द गरेर उनीहरू हामीमाथि जाइलाग्न खोजे। हामी तत्कालै प्रहरीको सहयोगमा त्यहाँबाट निस्कन सफल भयौं।'


खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा जोडेर उपभोक्ताबाट असुल गरेको उजुरीका आधारमा वाणिज्य विभागको नेतृत्वमा आइतबार बजार अनुगमन टोली गएपछि त्यसको विरोध गर्दै व्यापारीले बजार बन्द गरेका हुन्।


उनीहरू पसल बन्द गरेपछि महानगरीय प्रहरी वृत्त जनसेवामा प्रहरीको सुरक्षा घेरामा झन्डै दुई घन्टा बसेर थप अनुगमन नगरी टोली फर्केका थियो। पोखरेलले सुरक्षाकर्मीको असहयोगका कारण थप अनुगमन गर्न नपाएको बताए।


उनले भने 'यस्तो अवरोध तथा असुरक्षित अवस्थामा अनुगमन गर्न सकिन्‍न।' अनुगमनको विरोधमा व्यापारी उत्रेपछि विशालबजार क्षेत्र आइतबार दिनभर तनावग्रस्त रह्यो।


अनुगमनमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार अनुगमनको क्रममा विभागका अधिकारीले पसलमा राखिएका सामग्रीको सक्कली खरिद र बिक्री बिल माग्दा व्यापारी संगठित भएर अनुगमन गर्न नदिएपछि दुई पक्षबीच तनाव भएको थियो।


'उनीहरू हुलमै आएर अनुगमन गर्न पाइँदैन, अनुगमन गर्न दिन्‍नौ। कसरी हाम्रो बिल लिन्छौं भनेर अपशब्द प्रयोग गर्दै अनुगमन गर्न दिएनन्', तिमल्सिनाले भने,'सक्‍कली खरिद र बिक्री बिल माग्दा संगठित भएका व्यापारीले एक्‍कासि हुलमूल गर्दै कर्मचारीलाई पसलबाट ठेलठाल र तानातान गरेर बाहिर निकालेका थिए।' विशालबजार व्यापार संघका अध्यक्ष कुमार राजभण्डारीको नेतृत्वमा व्यापारीहरू संगठित भएर अनुगमनको प्रतिकार गरेका थिए।


विभागको टोलीले पसल नम्बर ४२ देखि ४५ सम्मका आरएसए तृषा इन्टरप्राइजेज, श्री रेडिमेड स्टोर्स, इन्टरसप, ओक ल्यान्ड भन्‍ने पसलमा मात्र अनुगमन गर्न भ्याएको थियो। 'ती पसलका सञ्चालकले पनि खरिद र बिक्री बिल उपलब्ध गराएनन्', उपभोक्तावादी तिमल्सिनाले भने, 'बिल माग्दा व्यापारीको हुल नै जाइलागेपछि हामीले अनुगमन गर्न पाएनौं।'


वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले विशालबजारका व्यापारीले जति विरोध र अवरोध सिर्जना गरे पनि सुरक्षाकर्मी र वाणिज्य मन्त्रालयसँग समन्वय गरेर फेरि अनुगमन गरिने जानकारी दिए। ुपसल बन्द गरे पनि, अवरोध गरे पनि अनुगमन कार्यलाई रोक्दैनौं। भोलिदेखि त्यस क्षेत्रमा थप प्रभावकारी रूपमा अनुगमन गर्दैछौं। ढुक्‍क हुनुहोस्।' उनले भने, 'कानुनको परिधिभित्र रहेर त्यहाँका व्यापारीलाई कारबाहीको दायराभित्र पनि ल्याउँदैछौं।'


बिडारीले अनुगमनको क्रममा स्थानीय व्यापारीले परल मूल्यभन्दा झन्डै सय गुणाभन्दा बढी मुनाफा लिएर सामान बिक्री गरेको प्रमाणहरू फेला परेको जानकारी दिए। उनले थप यस्ता बिल संकलन गरेर उपभोक्ता संरक्षण ऐनसँगै राजस्व छली गरेको आरोपमा पनि कारबाहीको प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए। 'बिलहरू संकलन गरेर थप कारबाहीका लागि राजस्व विभाग पठाउँदैछौं,' उनले भने।


यसअघि गत शुक्रबार सोही बजारमा गरिएको अनुगमनको क्रममा शुभसाइत इन्टरप्राइजेजबाट एक सय ९१ रुपैयाँ प्रतिगोटा लेडिज ब्याग र चार सय ६५ प्रतिजोर जुत्ता खरिद गरेर बीओम स्टोरले क्रमशस् एक हजार नौ सय ५० रुपैयाँमा उक्त ब्याग र दुई हजार पाँच सय रुपैयाँमा सोही जुत्ता ग्राहकलाई बिक्री गरेको सक्कली बिल फेला पारेको छ।


यसैबीच, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले कालोबजारी गर्ने बजारमध्ये पहिलो नम्बरमा विशालबजार आउने गरेको बताएका छन्। उनले न्यून विजकीकरणमा अत्यधिक उपभोक्ता मूल्य थपेर विशालबजारका व्यापारीले उपभोक्तालाई पनि ठग्दै आएको जानकारी दिए। उनले अनुगमनमा असहयोग गर्ने व्यापारीमाथि सरकारले तत्कालै कालोबजारी ऐन तथा सार्वजनिक अपराध तथा ऐनअन्तर्गत पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्।

मिलेमतोमा नाफाखोरलाई उन्मुक्ति

यसअघि वाणिज्य विभागले दुई सय प्रतिशतभन्दा बढी नाफा असुल्ने विशालबजारस्थित बीओम स्टोरलाई उन्मुक्ति दिएको हो। उक्त स्टोरले शुभसाइत इन्टरनेसनलबाट एउटा लेडिज ब्याग एक सय ९१ रुपैयाँमा खरिद गरेर एक हजार नौ सय ५० रुपैयाँमा बेच्दै आएको थियो।

त्यस्तै एक जोर जुत्ता चार सय ६५ रुपैयाँमा खरिद गरेर दुई हजार पाँच सय रुपैयाँमा उपभोक्तालाई बेच्दै आएको थियो। अनुगमनका क्रममा खरिदबिक्रीका दुवै बिल फेला परेपछि यो ठगी पत्ता लागेको हो।

लागत मूल्यमा अधिकतम २० प्रतिशतसम्म मुनाफा राखेर बिक्री गर्न पाउने व्यवस्था भए पनि उपभोक्ता ठग्ने उक्त स्टोरलाई विभागले कुनै कारबाही गर्न सकेन। विभागबाट मंगलबार अनुगमनमा खटिएका अधिकारी ुपसलको अविलम्ब नवीकरण गर्नूु भनेर त्यत्तिकै फर्किए।

एक जोर जुत्ता चार सय ६५ मा खरिद गरेर दुई हजार पाँच सय रुपैयाँमा विक्री गरिएको छ।
राष्ट्रिय उपभोक्ता मञ्‍चका अध्यक्ष प्रेमलाल महर्जनले उच्‍च मुनाफा असुल्ने व्यापारीमाथि तत्काल कारबाही गर्नसक्ने ऐन भए पनि विभागले मिलेमतोमा घटना ढाकछोप गरेको बताए। उनका अनुसार कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन २०३२ ले आयात र परल मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा लिने व्यापारीलाई पक्राउ गर्ने र पसल बन्द गराउने व्यवस्था गरेको छ।

'यो ऐनलाई आकर्षित गराएर जिल्ला प्रशासन कार्यालय तथा प्रहरीको सहयोगमा तत्काल त्यस्ता व्यापारीमाथि कारबाही गर्न सकिन्थ्यो,' महर्जनले भने, 'तर विभागले मिलेमतो गरेर कारबाही नगरी उन्मुक्ति दियो।'

अनुगमनमा खटिएका विभागका शाखा अधिकृत राजेन्द्र कार्कीले सरकारले त्यस्ता व्यापारीमाथि तत्काल कारबाही गर्नसक्ने अधिकार नदिएकाले कारबाही गर्न नसकिएको जबाफ दिए। उनले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न पनि कठिन भएकाले त्यसै फर्किएको बताए।

विशालबजारकै अंकित स्टोरमा अनुगमन गर्दा व्यापारीले विभागको टोलीमाथि हातपात प्रयास पनि गरेका थिए। विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार अनुगमनमा गएका निरीक्षकद्वय टीकाबहादुर थापा र राजेन्द्र कार्कीमाथि विशालबजार व्यापार संघका अध्यक्ष कुमार राजभण्डारीको नेतृत्वमा आएका व्यापारीले हातपात गर्ने प्रयास गरेको बताए।

निर्देशक श्रेष्ठले भने, 'अनुगमन टोलीका पदाधिकारी पसलमा छिरेर खरिद बिल र बिक्री बिल हेर्न सुरु मात्रै गरेका थिए, राजभण्डारीको नेतृत्वमा आएका सयौं व्यापारीले अनुगमन गर्न पाइँदैन, हामीले विभागका महानिर्देशकलाई भनिसकेका छौं, खरिदबिक्री बिल पनि हेर्न पाइँदैन भन्दै अवरोध गरे।' टोलीमाथि आक्रमण प्रयास हुन थालेपछि निरीक्षक त्यसै फर्किएको पनि उनले बताए।

उनका अनुसार अत्यधिक मुनाफा लिने बीओम स्टोरमा अनुगमन गर्ने क्रममै व्यापारीहरू जम्मा भइसकेका थिए। अंकित स्टोरमा अनुगमन गर्ने क्रममा सबै व्यापारी मिलेर अवरोध पुर्‍याएका थिए। विभागको अनुगमन टोलीले निर्देशन पालना नगरेको भन्दै कमलादीस्थित हरि स्टोर भने अनिश्‍चितकालका लागि बन्द गराएको छ।

अन्नपूर्ण पोष्टको अर्थतन्त्रमा मुख्य समाचार प्रकाशित २०७१ असोज ६
अन्नपूर्ण पोष्टको मुख्य पृष्टको मुख्य समाचार प्रकाशित २०७१ असोज ३

Comments