अनुगमन 'हल्ला' मात्र

उपभोक्तालाई ठग्ने कुनै ब्यापारीमाथि कारवाही भएन

असोज २

बाणिज्य विभागले बिशालबजारस्थित बीओम स्टोरले एकसय ९१ मा लेडिज ब्याग  र चार सय ६४ मा जुक्ता खरिद गरेर दुई हजार पाँचसयमा बिक्री गरेको तथ्य फेला पा:यो। तर कुनै पनि प्रकारको कारवाही गरिएन्।

असोज ५

सोही विभागद्वारा बिशालबजारकै आरएसए तृषा, श्रीरेडिमेड स्टोर, ओक ल्याण्ड र इन्टरसपमा अनुगमन। ७६ रूपैयाँमा टीसर्ट खरिद गरेर एकहजारस ममा बिक्रि गरेको प्रमाण फेला। तर कारवाही प्रक्रिया शुन्य।

असोज ६

बसुन्धरास्थित केही डिर्पाटमेन्ट स्टोरमा बाणिज्यद्वारा अनुगमन। नापतौल मेसिन दुरूस्त नभएको, याद नाघेको खाद्य सामग्री फेला। कारवाही प्रकृया शुन्य।

असोज ७

ज्ञानेश्वर, नक्साल, अनामनगर, कुमारीपाटी, ललितपुरको नौंवटा महँगा रेष्टुँरामा अनुगमन। भान्छाघर अत्याधिक फोहोर, भान्छाघरबाटै ढल वगेको, ढलका बिभिन्न किटाणु खाद्य पदार्थमा गइरहेको अवस्था देखिएपनि कुनै कारवाही गरिएन्।

असोज ८

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा १५ वटा खाद्य उद्योग, नौंवटा खाजा घर, दुई पसल र दुई वटा खाद्य गोदाममा अनुगमन। यसमध्ये घट्टेकुलोस्थित स्वस्तिक डेरी उद्योग र ललितपुरको एबी वेभरेजको उद्योगमा सिलबन्दी। गुणस्तरहिन अवस्थामा भेटिएका दूध तथा दुग्धजन्य चारसय किलो पदार्थ नष्ट। चार वटामाथि मुद्दा दायर। थप चारमाथि मुद्दा दायर गर्ने प्रक्रियामा र पाँचवटा अनुसन्धानको क्रममा रहेको।



माथिका घटना चाडपर्वको अवसरमा उपभोक्तालाई राहत दिने नाममा सरकारले बर्षेनी गर्ने अनुगमनको केही उदाहरण मात्रै हो। चाडपर्व नजिकिदैं गएपछि सरकारले बर्षेनी 'अनुगमन' को नाटक गर्छ। निक्कै प्रचार र हल्लीखल्ली हुने गरी गरिने यस्ता अनुगमनको भने कुनै विश्वसनियता छैन्। चाडपर्व जति जति नजिकिदैं जान्छ बाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनको नाममा त्यति बढी चासो देखाएर सक्रियता बढाउछ।

उपभोक्तालाई महसुस हुने गरी अत्याधिक मुनाफा असुल गर्ने र गुणस्तरहिन खाद्य पदार्थ बिक्रि गर्ने व्यपारीमाथि तत्कालै कारवाही गर्न सक्ने प्रसस्त नीति र ऐन भएपनि विभागले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन्। जसका कारण यस्ता व्यापारीहरू कारवाहीको दायराबाट उ कन मात्र सफल भएको छैनन्। मनोवल पनि बढेको छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बाणिज्यले तत्कालै कारवाही प्रकृया अघि बढाउन नसक्दा उनसे गरेको अनुगमनको विश्वसनियता गुमेको बताए।

उनले उपभोक्तालाई गुणस्तरहिन खाद्य पदार्थ बिक्रि गर्ने र बढी मुनाफा असुल्ने ब्यापारीमाथि घटनास्थलमै कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन, शान्ति सुरक्षा ऐन, उपभोक्ता संरक्षण ऐनलगायतका ऐन आकर्षित गरेर पक्राउ र थुनछेक गर्न मिल्ने भएपनि बिभागले कुनै कारवाही नगरेर व्यापारीलाई उन्मुक्ति दिएको आरोप लगाए। 'तत्कालै कारवाही नगर्दा 'मिलोमतो' मा छाडिएको बिशालबजारको घटनाले प्रस्ट पारेको छ,' उनले भने।

महर्जनले कालोबजारी गर्ने र कर छली गरेको बिषयमा स बन्धित ब्यापारीमाथि कारवाही गर्न मु य सचिब, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग तथा बाणिज्य विभागमा लिखित उजुरी दिएपनि कुनै कारवाही नगरिएको गुनासोसमेत पोखेका छन्।

राजधानीका विभिन्न स्थानमा खुलेका महँगा रेष्टुँराको खाद्य पदार्थ पकाउने भान्छाघरबाटै ढल बगेको, भान्छाछरमा झिंगा वगेको हिलो र खाद्य पदार्थमा अत्याधिक रंग मिसाइएको फेला पारिएपनि बिभागले कारवाही प्रकृया अगाडि बढाउन सकेन्। विभागले एकगतेदेखि ११ गतेभित्रमा झण्डै सयभन्दा बढी ठूला डिपार्टमेन्ट स्टोर, खाद्य पसल र अन्य पसलमा अनुगमन गरेको छ। अनुगमनको क्रममा याद नाघेको, खाद्य, पेय र तयारी खाद्य पदार्थको प्याकेटमा उत्पादन मिति, उपभोग्य मिति उल्लेख नगरिएको पाइएपनि विभागले कुनै कारवाही गर्न सकेन्। 

'केही अफवाद घटना वाहेक अनुगमनको निश्कर्ष शुन्य छ। बास्तविक अनुगमनले बजारको शुद्धिकरण र उपभोक्ताको हित संरक्षण हुन्छ। त्यसको अनुभूति उपभोक्ताले गर्छन,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिब ज्योति बानियाँले भने,'अनुगमन सरकारको देखाउने नाटक मात्रै हो। ब्यापारीले जति बढी नाफा असुल गरेपनि हुन्छ। गुणस्तरहिन खाद्य पदार्थ सेवन गरेर उपभोक्ताको स्वास्थ्यमा हानि परेपनि कुनै कारवाही हुन्न भने अनुगमनको नाममा गरिने नाटक बन्द गरेपनि हुन्छ।'



उनकाअनुसार सरकार अनुगमन गरेपनि कारवाही प्रक्रिया भने शुन्य देखिएको छ। खाद्य विभागले तत्कालै देखिने गरी अनुगमनको क्रममा केही उद्योग सिलवन्दी गरेर मुद्दा दायर गरेपनि बाणिज्यले भने त्रुटि फेला परेका व्यवसायीमाथि कारवाही नगरेर उपभोक्तालाई थप ठग्न हौसला प्रदान गरेको छ। असोज दुई र पाँच गते न्युरोडस्थित बिशालबजारमा अनुगमन गर्ने क्रममा ब्यापारीले परलमूल्यभन्दा सयौं गुणा बढी मुनाफा उपभोक्ताबाट असुल गरेको सप्रमाण फेला परेपनि बाणिज्य विभागले कुनै कारवाही गर्न सकेन्। विभिन्न प्रकारका धक्कामुक्की, होहल्ला र व्यवधान उत्पन्न गराएर अनुगमनलाई नै प्रभावित गराइए पनि बिभागले तत्कालै कारवाही गर्नुका साटो मुख लुकाउनु बाहेक केही गर्न सकेन्। 'मुनाफाखोर ब्यापारीहरू सामु बिभाग निरिहजस्तै देखियो,' बानियाँले भने।



बाणिज्य विभागका प्रवक्ता पुरू षौत्तम सुवेदीले बढी मुनाफा असुल गर्ने, अनुगमनमा अवरोध सिर्जना गर्ने र गुणस्तरहिन खाद्य पदार्थ बिक्रि गर्ने ब्यापारीमाथि तत्कालै कारवाही गर्न नसक्दा बाहिर नराम्रो सन्देश गएको स्वीकार गरे। 'घटनास्थलमै आवश्यक ऐनलाई आकर्षित गरेर तत्कालै उनीहरूलाई थुनछेक गरेर कारवाही गर्न सकिएको भए सरकारको लागि ठूलो उपलब्धी हुन्थ्यो। तर हामी चुक्यो। हामीबाट ठूलो गल्ति भएको महसुस गरेका छौं,' उनले भने। अत्याधिक मुनाफा लिने ब्यापारीलाई स्पष्टीकरण लिन पत्र काटिएको र दसैंपछि बयानका लागि बोलाएर कारवाही प्रकृया अघि बढाइने दावी गर्दै निर्देशकसमेत रहेका सुवेदीले भने,'तत्काल नराम्रो सन्देश बाहिर गएपनि दसैंपछि कारवाही गरिएको राम्रो सन्देश उपभोक्ताले सुन्न पाउनेछन्।'

Comments