धानवालीमा बिषादी छर्किदा आठजना बिरामी

  • राजेश बर्मा
काठमाडौं: धानवालीमा कडा बिषादी छर्कने क्रममा खाद्यान्न उत्पादन गर्ने किसान आफै सिकिस्त बिरामी भएका छन्। यसमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको बालि संरक्षण निर्देशनालयले जनाएको छ।


निर्देशनालयका निर्देशक डिल्लीराम शर्माका अनुसार धानवालीमा आफुखुशी कडा बिषादी प्रयोग गरेका कारण चितवन जिल्लाका किसान प्रभावित छन्। निर्देशनालयकाअनुसार बिषादी छर्कने चितवनका सात जना किसान एकैदिन बिरामी परेका थिए। उनकाअनुसार बिषादीका कारण सबैभन्दा बढी प्रभावित भएका खैरेनी नगरपालिका ५ बस्ने ३५ बर्षीय दिपक सापकोटाको चितवन मेडिकल कलेजमा सघन उपचार कक्ष(आईसीयु)मा उपचार भइरहेको छ।

'सापकोटाको अवस्था चिन्ताजनक रहेको जानकारीमा आएको छ, उनी अहिले पनि अचेत अवस्थामै छन्,' उनले भने। बिषादीकै कारण एक किसानको मृत्युसमेत भएको सूचना आएपनि पुष्टि भने हुन नसकेको निर्देशनालयले जनाएको छ। निर्देशनालयले मृतकको बारेमा खोजविन गरिरहेको जानकारी दिएको छ। अन्य बिरामीहरू बुधबार उपचारपश्चात घर फर्किएका छन्।




चितवन मेडिकल कलेजका चिकित्सक डा.सन्दीप पाण्डेकाअनुसार बिषादीका कारण सापकोटा अचेत भएको पुष्टि गरे। उनले भने,'बिषादीको अवशेष हावाको माध्यमबाट स्वासहुँदै फोक्सोमा पुगेर रगतमा मिसिएका कारण सापकोटा तत्कालै अचेत भएका थिए। सापकोटाको अवस्था चिन्ताजनक देखिएकाले तत्कालै सघन उपचार कक्षमा राखेर उपचार गर्न सुरू गरेका छौं। अहिले पनि सोही कक्षमा उनको उपचार भइरहेको छ।'



जिल्लास्थित राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन(आईपीएम) जिल्ला संघले ग्वारो किराको प्रकोप नभएको अवस्थामा किसानहरूले धानवालीमा 'लारा' र ' युराडिन' नामक कडा बिषादीे प्रयोग गरेका थिए। सरकारले गठन गरेको आईपीएम संघले बिषादीबारे अध्ययन र अनुगमन गर्दै आएको छ। 'सचेत भएर बिषादी प्रयोग नगर्दा यस्तो घटना घटेको हो। बिषादी प्रयोग गर्नुपूर्व मुखमा मास्क, हातमा पञ्जा, शरीरमा विशेष प्रकारका लुगा र खुट्टामा जुत्ता लगाउनुपर्छ,' निर्देशक शर्माले भने,'खाद्य र तरकारीवालीमा प्रयोग हुने बिषादीका कारण किसानहरू उच्च जोखिममा छन्। उनीहरूलाई जति सूचनामूलक जानकारी दिएपनि व्यवसायिक प्रतिस्र्पधाका कारण बिषादी प्रयोग दरलाई घटाएका छैनन्।'



आईपीएम जिल्ला संघका अध्यक्ष धर्मराज कँडेलकाअनुसार ग्वारो किराको प्रकोप नचलेको अवस्थामा किसानहरूले आफुखुशी दिउँसो चर्को घाम लागेको बेलामा कडा खालका बिषादी छर्केका थिए। उपचार गराइरहेका सापकोटाले गत शुक्रबार अपरान्ह १२ बजे लारा नामको बिषादी धानवालीमा छर्केका थिए। मुखमा मास्क र हातमा पञ्जा नलगाएका सापकोटा हावामा फैलिएको बिषादीका कारण टाउको दु ने र रिंगटा लाग्ने समस्या ब्यहोरेका थिए।

'सापकोटाको परिबारले दिएको जानकारीअनुसार बिषादी छर्कदा छर्किदै रिंगटा लागेर उनी खेतमै अचेत भएका थिए। अध्यक्ष कँडेलले भने,'पानी छ्याप्दा पनि होस नआएपछि तत्कालै उनलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरियो। अहिले पनि उनको स्वास्थ्यमा सुधार आएको छैन्।'

कँडेलकाअनुसार खैरेनी नगरपालिका वडा न बर ५ बुडौली टोल बस्ने ६२ बर्षीय गणेश गजुरेल पनि बिषादी छर्कने क्रममा गत सोमबार धान खेतमा अचेत भएर ढलेका थिए। उनले ग्वारो किराबिरूद्ध युराडिन नामको बिषादी बिहान ११ बजे धानवालीमा छर्केका थिए। भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार पश्चात गजुरेल बुधबार आ नो घर फर्केका थिए। आईपीएम जिल्ला संघकाअनुसार गत शुक्रबार नै चितवनको कुमरोज गाउँ विकास समितिका दुईजना र खैरेनी नगरपालिकाको सुर्तने टोलका चारजना किसान बिषादीको प्रयोग गरेर खेतमा अचेत भएर लडेका थिए।


निर्देशनालयकाअनुसार बिषादीका कारण ७०.५ प्रतिशत किसानमा टाउको दु ने रोग देखा परेको छ। यसैगरी ६८ प्रतिशतमा आँखा दु ने, ३०.५ प्रतिशतमा ज्वरो आउने, २८ प्रतिशतमा अचेत, २१ प्रतिशतमा घाँटी दु ने र १९ प्रतिशतमा वाकवाकी हुने प्रार िमक रोगको लक्ष्ण देखापरेको छ। निर्देशनालयले गरेको सर्वेक्षणअनुसार बारा, धादिङ र काभ्रेका छ गाउँ विकास समितिका ४१ प्रतिशत किसानले मात्रै सुरक्षित रूपमा बिषादी छर्कदै आएका छन्। गत बर्ष नेपालमा तीनसय ४५ मेट्रिक टन बिषादी आयात भएको थियो। आयात बिषादीमध्ये झण्डै ८५ प्रतिशतभन्दा बढी तरकारी र खाद्यान्नमा प्रयोग गर्दैआएका छन्।
अन्नपूर्ण पोष्टमा अर्थतन्त्रको दोश्रो पृष्ठमा प्रकाशित मिति   २०७१ भदौ,१५ आइतबार

Comments