'अवैध' चल्लाले स्वदेशी उत्पादक धरासायी हुँदैं

राजेश बर्मा
काठमाडौं: बर्ड लुका कारण धरासायी बनेको नेपालको कुखुरा पालन व्यवसाय ठडिन नपाउँदै फेरी धरासायी हुन थालेको छ। भारतबाट चोरी निकासी गरेर नेपाल भित्र्याउन थालिएको कुखुराको चल्लाको कारण नेपाली कुखुरा व्यवसाय धरासायी हुन थालेको हो। गत बर्ष बर्ड लुका कारण स्वदेशी उत्पादकले करिब दुईअर्ब मूल्यबराबरको क्षति व्यहोरेका थिए। जिउँदो चल्ला र कुखुरा तथा मासु नेपाल भित्र्याउन अहिले ठूलो 'गिरोह' नै सक्रिय रहेको सरोकारवाला निकायले ठहर गरेको छ।


भारतबाट सस्तोमा चल्ला भित्र्याएर मासु उत्पादन गरी यस्ता गिरोहले मासु बिक्रेतालाई निक्कै सस्तो मूल्यमा उपलब्ध गराउदै आएका छन्। 'कपफोर-१००' जातको कुखुराको चल्ला भित्र्याइएका कारण विगत डेढ महिनाको अवधीमा कुखुराको मासुको मूल्य तीनपटकस म घटेको छ। 'कारण एउटै हो भारतबाट अवैध रूपमा सस्तोमा चल्ला नेपाल भित्रिनु,' कुखुरा व्यवसायी महासंघका अध्यक्ष गुणचन्द बिष्टले भने,'बर्ड लुबाट ध्वस्त बनेको यो व्यवसाय पुन: ठडिन सुरू हुन नपाउँदै षडयन्त्रपूर्वक फेरी ध्वस्त पार्न थालिएको छ।'


महासंघका अनुसार साउनको पहिलो साता तीनसय ७० रूपैयाँ प्रति किलो उपभोक्ता मूल्य रहेको कुखुराको मासुको मूल्य भदौंको पहिलो सातामा तीनसय ५० मा झरेको थियो। भदौंको तेश्रो सातास म आइपुग्दा दुईसय ७० रूपैयाँमा झरेको छ। पहिलोको तुलनामा साउनदेखि केही बढी परिमाणमा चल्ला भित्रिन थालेको सरोकारवाला निकायको भनाई छ। 'भारतबाट आयात भएको चल्ला, कुखुरा र मासुको उत्पादन लागत खर्चसँग नेपाली कुखुराले प्रतिस्र्पधा गर्न नसकेर मासुको मूल्यमा धेरै गिरावट आएको हो,' महासंघका अध्यक्ष बिष्टले भने,'स्वदेशमा उत्पादन भएको कुखुरा बिक्रि हुन नपाएर थन्किएको छ।'


नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष शिव शर्माका अनुसार नेपाली उत्पादकले उत्पादन गरेका करिब १० लाख कुखुरा बिक्रि हुन नपाएर त्यसै थन्किएको छ। ४० देखि ४५ दिन पुगेका ब्रोइलर कुखुराको मासु खानलाई राम्रो मानिन्छ। हुर्काइएका तर बिक्रि हुन नपाएर यस्ता चल्ला अहिले ७० दिनको भइसकेको संघले जनाएको छ। 'तयार भएर पनि बिक्रि नहुँदा ७० दिनको भइसकेको छ,' उनले भने,'यस्ता कुखुरा दाना खुवाएर केही दिन अझै रा दा हामीलाई नै घाटा हुन्छ। कुखुराले जति दाना खाँदै जान्छ। सोही अनुपातमा मोटाएर हर्ट अटैक भएर मर्ने स भावना पनि उतिकै हुन्छ। दुवैतिरबाट हामीलाई नै घाटा भइरहेको छ।'


गत आर्थिक बर्षमा मात्रै अबैध रूपमा भारतबाट नेपाल भित्र्याइएको करिब २५ लाख गोटा चल्ला नष्ट गरिएको छ। भित्र्याइने यस्ता चल्ला स्थानीय प्रहरी, पशु क्वारेन्टाइन, ह्याचरी उद्योग संघ लगायतका सरोकारवाला निकायको सहयोगमा नियन्त्रणमा लिएर नष्ट गरिदैं आएको छ। पछिल्लो ६ महिनाको अवधीमा नवलपरासीको विभिन्न स्थानबाट एक लाख र झापाबाट डेढ लाख गोटा चल्ला नष्ट गरिएको छ। 'मु य नाकाबाट आएको नियन्त्रणमा लिएर नष्ट भइरहेपनि छलेर आएका नष्ट गर्न सकिएको छैन्,' संघका अध्यक्ष शर्माले बताए। उनकाअनुसार सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न ह्याचरी र कुखुरा व्यवसायी महासंघले अवैध चल्ला नष्ट गर्ने सुरक्षाकर्मीलाई प्रति गोटा ५ रूपैयाँ उपलब्ध गराउदै आएको छ।


नारायणी अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनालका गत बर्ष २०७० देखि २०७१ को भदौंस म पर्सा, रौतहठ र बारा जिल्लाका विभिन्न स्थानबाट ३४ हजार दुईसय ४६ कार्टुन भारतीय चल्ला बरामद गरेर नष्ट गरिएको जानकारी दिए। 'हामीले फेला पारेका सबै प्रकारका चल्ला नष्ट गर्दैआएका छौं। अञ्चलमातहतका सबै जिल्ला प्रहरीलाई कडाईका साथ चल्लाको तस्करी नियन्त्रण गर्न निर्देशन दिइएको छ। यसका साथै चल्ला आयातलाई नियन्त्रण गर्न बिशेष टोली पनि परिचालन गरेका छौं,' अञ्चल प्रमुख खनालले भने।


नेपाली बजारमा अवैध रूपमा चल्लाहरू भित्रिने गरेको स्वीकार गर्दै राष्ट्रिय पशु केन्द्रिय क्वारेन्टाइन कार्यक्रमका प्रमुख डा.माधव दाहालकाअनुसार नेपाल भित्रिने क्रममा अहिलेस म जनकपुर, नवलपरासी, कपिलबस्तु, काकडभिट्टा, नेपालगञ्ज, टनकपुर, बारा, पर्सा, झापा, रौतहठ र भिट्टामोडसँग जोडिएका सीमा क्षेत्रबाट बढी परिमाणमा चल्ला बरामद गरिएको छ। 'बरामद गरिएका चल्ला हामीले सुरक्षाकर्मीको सहयोगमा तत्कालै नष्ट पनि गर्दैआएका छौं,' प्रमुख दाहालले भने,'खुला सीमानाको फायदा उठाएर यस्ता गिरोहहरूले चोरबाटो प्रयोग गरेर पनि नेपाली क्षेत्रमा भित्र्याएको हुनसक्छ। फेला पारेको अवस्थामा नष्ट गर्दैआएका छौं।' उनकाअनुसार सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत एकदिनको चल्ला मात्र भारतबाट आयात गर्ने अनुमति दिएको छ। त्यसबाहेकका अन्य सीमाबाट आएकोलाई अवैध भनेको छ।


ह्याचरी संघकाअनुसार नेपालमा एक सातामा करिब १६ लाख गोटा चल्ला उत्पादन हुन्छ। यो चल्लाबाट एक सातामा ३२ लाख किलो ब्रोइलर कुखुराको मासु उत्पादन हुन्छ। एउटा चल्लाको बिक्रि मुल्य ५५ रूपैयाँ राखिएको छ भने तयारी ब्रोइलर कुखुराको उद्योग मूल्य प्रतिकिलो एकसय ४० रूपैयाँ तोकिएको छ।
अन्नपूर्ण पोष्टको अर्थतन्त्र तेश्रो पृष्ठमा प्रकाशित मितिः २०७१ भदौं २३ गते

Comments