साबधान ! यस्तो रक्सी सेवन गर्नुहुन्छ ?

  • राजेश बर्मा
काठमाडौं: तपाईले सेवन गर्ने घरेलु रक्सी कस्तो छ ? कस्ता कच्चा पदार्थबाट निर्माण गरिएको छ, त्यसबारेमा बिचार गर्नुभएको छ। हेक्का राख्नुहोस्। राजधानीका गल्लीगल्लीमा गुणस्तरहीन रक्सी बनाउने क्रम अहिले पनि जारी छ। सडेका प्लास्टिक, चप्पल, ठसठस्सी गनाउने मोजा, फोहोर कपडा र गाईबस्तुले पनि खान नरुचाउने अखाद्य पदार्थबाट घरेलु रक्सी बनाइन्छ। 



महानगरीय प्रहरी वृत स्वय भु, नागरिक न्यायिक उपभोक्ता मञ्च तथा आन्तरिक राजस्व कार्यालयअन्तर्गतको करदाता सेवा कार्यालय कलंकीले संयुक्त रूपमा सोमबार राजधानीका विभिन्न तीनस्थानमा मारेको छापाको क्रममा अवैध रूपमा सर्वसाधारणको ज्यानै जाने गरी गुणस्तरहिन रक्सी निर्माण गर्दै गरेको फेला पारिएको छ। टोलीले गोग्य सूचनाको आधारमा इचंगुनारायण बडा न बर ४ स्थित प्रेम मगर र कविता मगरले उत्पादन गर्दैआएको रक्सीमा सडेका प्लास्टिक, चप्पल, ठसठस्सी गन्हाउने जुक्ताको मोजा, फोहोर कपडा, कास्टिक सोडा, युरिया मल र गाईबस्तुले पनि खान अयोग्य मानिएको सडेका खाद्य पदार्थ फेला परेको थियो।



'पारिवारिक सदस्यका लागि बनाइएको भनिएपनि तयार पार्ने प्रक्रिया र रक्सीको परिमाण हेर्दा बाहिरका पसललाई बिक्रि गर्न बनाइएको देखियो,' करदाता सेवा कार्यालय कलंकीका निमित्त प्रमुख कर अधिकृत पूर्णवहादुर बरामले भने,'यस्ता रक्सी सेवन गर्दा सर्बसाधारणको सोझै ज्यान जाने प्रवल स भावना छ। यस्ता रक्सीको सेवनबाट कलेजो बिग्रने, आँखाको ज्योति गु ने, ह्दयाघात हुनेलगायतका रोगलाग्न सक्छ।' उनकाअनुसार यस्ता कच्चा पदार्थको प्रयोगबाट निर्माण भएको रक्सीमा मानवस्वास्थ्यलाई प्रत्यक्ष हानि गर्ने अत्यन्तै घातक रसायन आफै उत्पादन हुन्छ। 'जसका कारण यस्तो रक्सीको सेवनबाट सर्वसाधारणको समाचार दैनिक रूपमा आउने गरेको छ,' उनले भने।




रक्सी उत्पादन गर्दैआएकी कविताले आ नै पारिवारिक जमघटमा उपभोग गर्ने गरी रक्सी तयार पारेको दावी गरिन्। उनले प्लास्टिकका निलो ड्रममा गरेर पाँचसय लिटर अवैध गुणस्तरहिन रक्सी उत्पादन गरेकी थिइन्। बरामद गरिएका रक्सी नष्ट गर्नुका साथै रक्सी तयार पार्ने कच्चा पदार्थ र भाडाबर्तन टोलीले नियन्त्रणमा लिएको थियो। रक्सी तयार पार्न उनले ड्रममा मरेका साँङला, प्लास्टिकका टुक्रा, मोजा, सडेका चप्पल र त्यसका फित्ता, फोहोर कपडा घोलेर राखेकी थिइन्। 'कडा नसा दिन यस्ता पदार्थ हालेर रक्सी तयार गर्दैआएको छु,' उनले भनिन,'मेरो परिबारका सदस्यहरूले यही रक्सी सेवन गर्दैआएका छन्।' तर कसैलाई केही नभएको उनले दावी गरिन्। छापा मार्ने क्रममा उनले टोलीसँग बादबिबाद समेत गरेकी थिइन्।



सोही स्थानका प्रेम मगरले उत्पादन गरेका रक्सीको कच्चा पदार्थ, भाडावर्तन र रक्सीभन्दा बरू उनको सौचालय सफा देखिएको थियो। उनले पनि कडा नसाका लागि यस्ता पदार्थको प्रयोग गरेर रक्सी बनाउदै आएको स्वीकार गरे। उनको घरबाट टोलीले तीन सय लिटर अवैध रक्सी, कच्चा पदार्थ तथा भाडा बर्तन बरामद गरेको थियो। रक्सी तत्कालै नष्ट गरिएको थियो। 'रक्सी र रक्सी बनाउने पदार्थभन्दा बरू सौचालय सफा सुग्धर देखियो,' महानगरीय प्रहरी बृतका नायव प्रहरी उपरिक्षक(डिएसपी) पदमबहादुर बिष्टले भने,'यस्ता अवैध गुणस्तरहिन रक्सी उत्पादन गर्नेलाई कुनै पनि शर्तमा छुट दिनुहुन्न्। यस्ता रक्सी सेवन गरेकै कारण धेरै व्यक्तिले अनाहकमा मृत्युलाई अंगाल्दै आएका छन्।' उनकाअनुसार यस्ता उत्पादनकर्ताहरू रातमा रक्सी पारेर बिहान ४ बजेदेखि नै राजधानीका बिभिन्न पसलमा रक्सी बिक्रि गर्दैआएका छन्।



टोलीले काठमाडौं महानगरपालिका बडा न बर १५ स्थित चौमतिका सानुकाजी महर्जनको घरमा पनि छापा मारेर गुणस्तरहिन रक्सी, भाडाबर्तन र कच्चा पदार्थ बरामद गरेको थियो। २४ बर्षदेखि आ नै घरमा नेबा न: सा पस' भन्ने रेष्टुरेन्ट सञ्चालन गर्दैआएका महर्जनले सोही घरमा दुई बर्षदेखि नियमित रूपमा अवैध रूपमा गुणस्तरहिन रक्सी उत्पादन गर्दैआएका थिए। उनको घरबाट टोलीले तयारी हुने अवस्थामा रहेको एक हजार एक सय तीन लिटर र बनाउने क्रममा रहेको ७० लिटर रक्सी बरामद गरेर तत्कालै नष्ट गरिएको थियो। उनले उत्पादन गर्ने रक्सीमा पनि कास्टिक सोडा, युरिया मल, मरेका साँङला र अन्य प्रकारका किरा भेटिएको थियो।



बरामद भएका प्लास्टिकका तीन दर्जनभन्दा बढी ड्रममा प्वाल पारेर प्रयोगविहिन बनाइएको थियो भने ३० किलो चिनी, ३० किलो चिउरा, चामल, रक्सी बनाउने चुल्हो र चारवटा सिलिण्डर नियन्त्रणमा लिइएको थियो। 'बागमति सफाईजस्तै अवैध तथा गुणस्तहिन रक्सी उत्पादनमा रोक लगाउनुपर्छ,' नागरिक न्यायिक मञ्चका अध्यक्ष सहदेव गौतमले भने,'विगतमा पनि यस्ता प्रकारका दुईलाख लिटरभन्दा बढी रक्सी नष्ट गरिएको थियो। अब त्यस्ता रक्सी उत्पादन हुँदैन भनेर लागेको थियो। तर छापा मार्ने क्रममा फेरी फेला पारियो। सर्वसाधारणको स्वास्थ्यलाई दृष्टिगत गर्दै यस्ता उत्पादनलाई उपत्यकाबाट पूर्ण रूपमा निषेध गर्नुपर्छ।'



टोलीले अवैध रूपमा मानवस्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर पुग्ने गरी रक्सी तयार पारेको अभियोगमा मदिरा ऐन २०३१ को दफा १२ बमोजिम तथा अन्त शुल्क २०५८ बमोजिम बिगो बराबर जरिवाना वा एक बर्षस म कैद हुने गरी प्रेम मगर, कविता मगर र सानुकाजी महर्जनलाई पक्राउ गरेको छ।

भिडियो हेर्नुहोस् 
अन्नपूर्ण पोष्टको पहिलो पृष्टमा मुख्य समाचारको रुपमा प्रकाशित
प्रकाशित मिति २०७१ कार्तिक ४ मंगलवार

Comments