होस् गर्नुस ! मिठाई पनि नक्कली हुन सक्छ

'शुद्ध साकाहारी छैनन् मिठाई'


राजेश बर्मा
काठमाडौं: तिहारको लागि मिठाई खरिद गर्ने जोहो गर्दैहुनुहुन्छ भने एक पटक बिचार गर्नुपर्ने बेला आएको छ। मुनाफाखोर ब्यापारीले भिडभाडको मौका छोपेर गुणस्तरहिन नक्कली मिठाई भिडाउने स भावना भएकाले सतर्क भएर विश्वासिलो पसलबाट मात्रै खरिद गर्न बिज्ञहरूले सुझाव दिएका छन्। नक्कली मिठाईको सेवनबाट ज्यान पनि जान सक्छ।




पर्वको अवसरमा मुख मिठो पार्न गुणस्तरहिन नक्कली मिठाईको थोरै प्रयोगले पनि मानव स्वास्थ्यलाई दीर्घकालिन रोग लगाउने स भावना हुन्छ। बिज्ञहरूका अनुसार तिहारमा बासि सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्रि गर्ने अत्याधिक स भावना हुन्छ। यसका साथै नक्कली घ्यु र तेलमा तारेर अखाद्य र खाद्य रंगको प्रयोग तथा चाँदीको वर्क हालिएको रंगिचंगी स्वादिला मिठाईले पनि मानवस्वास्थ्यलाई दीर्घकालिन रूपमा ठूलो असर पु:याउन सक्छ। यस्तै नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थ्यकर हुन सक्छ।



बरिष्ठ खाद्य बिज्ञ डा. दिलिप सुब्बाका अनुसार मिठाईलाई आकर्षक बनाउन चाँदीको वर्क लगाइएको मिठाई मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ। चाँदीको वर्क लागेको(मिठाईको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) मिठाई सेवन गर्न नहुने उनको सुझाव छ। चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले मानव शरीरलाई निक्कै समस्या पार्छ। भारतको लखनउस्थित इंडियन इस्टीच्युट अफ टक्सीकोलोजी रिसर्च सेन्टर र शिमलास्थित इन्दिरा गाँधी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले चाँदी वर्कको स्थानमा ब्यवसायीले आल्मुनियमको प्रयोग गर्न थालेका छन्। 'यसले सिधै कलेजो र आन्द्रामा असर पार्छ,' डा.सुब्बाले भने।



अध्ययनअनुसार चांदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तत्व पाइन्छ। यस्ता मिठाईको उपभोग गर्दा क्यान्सर, कलेजो, मृगौला र घाँटीस बन्धी रोग लाग्न सक्छ। अध्ययनअनुसार चांदीको वर्क आफैमा बिशुद्ध रूपमा साकाहारी होइन्। चांदीको पातलो च्याप्टो टुक्रा बनाउन गाईको ताजा आन्द्राको प्रयोग गरिन्छ। गाईको आन्द्राबिना चांदी वा आल्मुनियमको बर्क बन्न नसक्ने उक्त प्रतिवेदनले ठोकुवा गरेको छ।

आन्द्रामा चांदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुग्रोले पिट्ने गरिन्छ। मुग्रोले त्यतिवेलास म पिटिन्छ जबस म यो पातलो च्याप्टो नबनोस्। यही बर्कलाई मिठाईमा सजाएर उपभोक्तालाई बिक्रि गरिन्छ। मिठाईको मिसावट र गुणस्तरहिनता यत्तिमै सिमित छैन्। सिंथेटिक पेन्ट्समा केही दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा, फरमालिन मिश्रण गरेर नक्कली दूधस म बनाउन थालिएको छ।

नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ। यही खुवाबाट बिभिन्न खालका बर्फि, पेडा र अन्य महंगा मिठाई तयार पारेर भिडभाडको मौका छोपेर बिक्रि गर्ने हुन्छ। खुवामा गहुँको पिठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घ्यु मिसाएर गुणस्तरहिन मिठाई तयार पारिन्छ। 'तर अनुगमनको क्रममा राजधानीमा अहिलेस म नक्कली दूधबाट निर्मित मिठाई फेला परेको छैन्,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षण सुमन धितालले भने,,'हल्ला आएपनि फेला भने पार्न सकेका छैनौं।'



धितालकाअनुसार नक्कली दूधबाट निर्मित मिठाईको सेवनबाट वान्ता हुने, मृगौला र कलेजो बिग्रने र क्यान्सर लाग्न सक्छ। छिमेकी मुलुक भारतमा अहिले नक्कली दूधबाट निर्मित मिठाई भयावह रूपमा अनुगमनको क्रममा फेला पर्न थालेको छ। नेपालमा पनि ठूला ब्यवसायीहरू भारतबाट कच्चा पदार्थ आयात गरेर मिठाई तयार पारेर बिक्रि गर्दैआएका छन्।

 बिभागकाअनुसार अनुगमनको क्रममा अहिलेस म मिठाई बनाउने घ्यु र म खनमा रांगाभैसीको बोसो मिसाइएको, याद नाघेको घ्यु र तेल प्रयोग गरिएको, सडेको खुवामा ताजा खुवा मिसाएर नयाँ मिठाई तयार पारेको तथा मिठाईमा खाद्य र अखाद्य रंग मिसाइएको फेला पारिएको छ। लड्डु, जेरी र विभिन्न चहकिलो रंगिचंगी मिठाईमा रंग प्रयोग गरिएको हुन्छ। 'मिठाईमा दुई सय पीपीएमस म खाद्य रंग मात्र मिसाउने मापदण्ड भएपनि अत्याधिक परिमाणमा मिसाइएको फेला पारेका छौं,' निरिक्षक धितालले भने,'उपभोक्ताको स्वास्थ्यलाई हेर्दै तिहारलाई लक्षित गर्दै बाणिज्य र खाद्य विभागले छुट्टाछुट्टै रूपमा अनुगमन गर्ने कामलाई तिव्र पारिएको छ।'



बाणिज्य बिभागका निर्देशक प्रदिप सुवेदीकाअनुसार प्रतिष्ठित मिठाई घरानाले पनि मिठाईमा ठग्दैआएको जानकारी दिए। उनकाअनुसार आइतबार मात्रै आंगन ब्राण्डमा मिठाई उत्पादन गरेर बिक्रि गर्दैआएको त्रिपुरेश्वरस्थित पशुपति फूड्सले मिठाईको उत्पादन, उपभोग्य मिति तथा बिक्रि मूल्य उल्लेख नगरेर उपभोक्तालाई बिक्रि गर्दैआएको फेला परेको छ। 'ठूला विश्वासिला प्रतिष्ठानको मिठाईको अवस्था यस्तो छ भने साना उत्पादकको अवस्था कस्तो छ सहजै अनुमान गर्नुस्।'


मिठाईमा प्रयोग हुने कच्चा पदार्थ यसरी छुट्टयाऔं

चांदीको वर्क : यसलाई डढाउदा त्यतिकै तेलको सानो थोपाको रूपमा परिणत हुन्छ। मिसावट चांदीको वर्क डढाउदा गाढा खैरौ रंगको अवशेष बांकी हुन्छ।

दूध: टेस्टटयुवमा तीन मिलिलिटर दूध रा ने। त्यसमा एक प्रतिशत आयोडिन घोलको एक थोपा मिसाउने। दूध नीलो वा गाढा निलो रंगको भए दूधमा मिसावट भएको बुझनुहोस्।

नक्कली दूध: साबुनजस्तो गन्हाउने। दूध पहेलो देखिने। स्वाद अस्वभाविक लाग्ने।
घ्यु/म खन: हाइड्रोक्लोरिक अ ल १० सिसि र एक च चा चिनी घ्यु वा म खनमा मिसाएर हल्लाउनुहोस। मिसावट भए मिश्रणको रंग रातो हुन्छ।

खुवा: खुवामा दुई/तीन थोपा टिंचर आयोडिन रा नुहोस्। खुवाको रंग निलो देखियो भने नक्कली छ बुझनुस्। नक्कली खुवा आवश्यकताभन्दा बढी सेतो देखिन्छ।

स्रोत: खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग
अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको मुख्य समाचारमा प्रकाशित
प्रकाशित मिति ३ कात्तिक, २०७१

Comments