फेरी 'ढाँटे' मेहताले

  • राजेश बर्मा


काठमाडौं: नेशनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रवन्धक सत्यनारायण मेहताले दुई विभागका विभागीय प्रमुख नभएका अधिकृतलाई 'विभागीय प्रमुख' भनेर ढाटेका छन्। लामो समयको बिदा लिएर चीनमा भ्रमण गरिरहेका ब्यक्तिलाई निमित्त महाप्रवन्धक मेहताले आर्थिक बिभागको विभागीय प्रमुख भनेर अन्नपूर्ण पोष्टलाई पत्र पठाएका छन्। उनी आफै हस्ताक्षर गरेको पत्रमा 'गोपाल घिमिरे आर्थिक बिभागको प्रमुख' भएको भनेर पत्र पठाएका हुन्। तर घिमिरे लामो विदा समयको बिदा लिएर चीन भ्रमणमा गएका छन्।




घिमिरे गत भदौं २० गते दोश्रो पटक बिदा लिएर चीन भ्रमणमा छन्। घिमिरे यसअघि गत २०७० कात्तिकदेखि जेठको दोश्रो सातास म पनि पहिलो पटक ६ महिने बिदामा चीन गएका थिए। त्यसपछि जेठमा केही समयका लागि कार्यालयमा हाजिर गरेर फेरी बिदा लिएका छन्। 'लामो समय स म बिदामा बस्ने कर्मचारीलाई कुन नियमलाई आकर्षित गरेर विभागीय प्रमुख दिइएको हो,' स्रोतले भन्यो,'त्यो खोज्ने बेला आएको छ। बिदामा बसेका व्यक्तिलाई बिभागीय प्रमुख भनेर मेहताले उल्लेख गरेपनि उक्त बिभागको विभागीय प्रमुख उनी आफै भएर काम गर्दैआएका छन्।'



मेहताले यति मात्रै ढाटेका छैनन्। अन्य महाशाखाको प्रमुखलाई बिक्रि बिभागको बिभागीय प्रमुख भएको भनेर पनि ढाँटेका छन्। मेहताले पत्रमा 'बिक्रि बिभागको प्रमुख खाली रहेकाले वरिष्ठ कर्मचारीको आधारमा उक्त बिभागको प्रमुखमा गिता निरौलालाई जि मेबारी दिइएको' उल्लेख गरेका छन्। उनले 'अर्को व्यवस्था नहुञ्जेलस मका लागि तपाईलाई(गिता निरौला) टेकुस्थित बिक्रि प्रवद्र्धन महाशाखाको प्रमुखमा सरूवा गरिएको' भनेर आफै हस्ताक्षर गरेर सरूवा गरेका थिए। रामशाहपथस्थित यन्त्र बिक्रि तथा मर्मत केन्द्रबाट निरौंलालाई बिक्रि प्रवद्र्धन महाशाखाको प्रमुखमा गत २०७० साउन ४ गते मेहताले सरूवा गरेका थिए।



मेहताले मूल्याँकन समितिको प्रमुखमा खरिद ऐनले 'आफु हुन' पाउने अधिकार दिएको दावी गरेका छन्। तर सोही ऐनको दफा १४७ अनुसार मूल्याँकन समितिमा संस्थाका प्रमुख वा निजले तोकेको बरिष्ठ अधिकृत(स भव भएस म प्राविधिक कर्मचारी) लाई अध्यक्ष बनाउन सक्ने व्यवस्था गरेको छ। साथै उक्त ऐनले समितिमा आर्थिक प्रशासन शाखा प्रमुख सदस्य रहने व्यवस्था गरेको छ। तर मेहता मूल्याँकन समितिको अध्यक्ष र आर्थिक प्रशासन शाखाको प्रमुखको हैसियतमा आफै 'सदस्य' भएर दुईवटा पद ओगटेर बसेका छन्। यति मात्रै होइन्। उनले प्रशासन विभागको प्रमुखसहित दुईवटा उपप्रवन्धक पनि आफै भएको स्वीकार गरेका छन्।



मेहताले 'संस्थामा साबिकदेखि क पनी सचिबको छुट्टै दरवन्दी नभएको र साविकदेखि क पनी सचिबको रूपमा प्रशासन प्रमुखले नै जि मेबारी स हालदै आएकाले मैले पनि क पनी सचिबको जि मेबारी स हाल्दै' आएको पत्रमा उल्लेख गरेका छन्। तर महाप्रबन्धक नै क पनी(बोर्ड) सचिब भएर उनी पहिला व्यक्ति भएका छन्। उनले 'साबिक' बमोजिम महाप्रवन्धकले नै क पनी सचिबको जि मेबारी स हाल्दै आएको उल्लेख गरेपनि हालस म क पनीको सचिब हुने उनीमात्रै ठहरिएका छन्। उनीभन्दा अघि क पनी सचिबको रूपमा निरञ्जनप्रसाद भट्टराई कार्यरत रहेका थिए।



मेहताले बाणिज्य तथा आपूर्ति मन्त्रालयको सल्लाहमा रामशाहपथस्थित उपलब्ध गराइएको जग्गा अर्को प्रयोजनमा प्रयोग भइरहेको स्वीकार गरेका छन्। 'जुन प्रयोजनका जग्गा लागि उपलब्ध गराइएको थियो। त्यो नभएको पाइएको,'  उल्लेख गरेका छन्। उनले योग बर अटो सेन्टरका लागि करिब तीन रोपनी जग्गा भाडामा उपलब्ध गराएका थिए। तर उक्त जग्गामा अटो सेन्टरको नाममा सोही नामबाट पार्टी प्यालेस सञ्चालन आइरहेको थियो। उनले अन्नपूर्ण पोष्टलाई उपलब्ध गराएको पत्रमा उक्त जग्गामा पार्टी प्यालेस सञ्चालन भइरहेकाले तत्कालै बन्द गर्न निर्देशन दिइएको उल्लेख गराएका छन्। तर कुन मितिमा बन्द गराउन निर्देशन दिइएको थियो। त्यो भने खुलाएका छैनन्। हालस म उक्त पार्टी सञ्चालनमै छ। बाणिज्य मन्त्रालयले मेहतालाई पटक पटक पार्टी प्यालेसको नाममा जग्गा भाडामा नदिन निर्देशन दिदैं आएको छ।



रक्सी प्रकरणमा मुछिएका चारजना कर्मचारीमाथि कारवाही गर्न ढिलाई गरेको समाचार गत शुक्रबार अन्नपूर्ण पोष्टले प्रकाशित गरेपछि बल्ल मेहताले कारवाही गर्न चासो देखाएका छन्। चारजनामध्ये दुईजनामाथी मात्रै कारवाहीको सामान्य प्रक्रिया उनले बढाएका छन्। अन्नपूर्ण पोष्टले गत शुक्रबार 'अ ितयारलाई पनि टेरेनन् मेहताले' शिर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशित भएको तेश्रो दिन(आइतबार) उनले बिजयकुमार सिंह र प्रकाश पोखरेललाई पहिले कार्यरत रहेकै स्थानमा कायम गरि हाल काम गरिरहेका कार्यालयबाट फर्काइएको भनेर मेहताले ति दुवैलाई पत्र पठाएका छन्।



हाल टेकुस्थित आर्थिक बिभाग बिभागमा कार्यरत सिंहलाई पहिले कार्यरत रहेको रामशाहपथस्थित बण्डेड वेयर हाउस तथा डिउटी फ्रि सपमा फर्काइएको छ। यसैगरी पोखरेललाई टेकुस्थित महाप्रवन्धकको कार्यालयबाट सरूवा रद्द गरेर मेहताले साबिककै स्थान रामशाहपथस्थित यन्त्र बिक्रि तथा मर्मत केन्द्रमा पठाएका छन्। यसवाहेक रक्सी प्रकरणमा मुछिएकी तत्कालिन जिन्सी प्रमुख तथा हाल प्रशासन महाशाखाको प्रमुख भएर काम गर्दै आएकी बिना प्याकुरेल र केन्द्रिय कार्यालयका अधिकृत रोहितजंग राणामाथि कारवाही गर्न भने मेहताले कुनै चासो नदेखाएको उनले पठाएको पत्रबाट प्रष्ट हुन्छ।



अ ितयार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत सन्तोषकुमार भट्टराईले ट्रेडिङलाई पत्राचार गर्दै आयोगको ऐन २०४८ को दफा(६) अनुसार चारैजना कर्मचारीले आ नो पदको प्रकृतिअनुसार पालन गर्नुपर्ने कुनै पनि पदीय कर्तव्य पालना नगरेको ठहर गर्दै सोही ऐनको दफा १२(क) अनुसार सार्वजनिक पद धारण गरेर अनुचित कार्य गरी सार्वजनिक संस्थालाई हानि नोक्सानी पु:याएकाले हानी नोक्सानी पु:याएका व्यक्तिबाट भरि भराव गर्न बिभागीय कारवाही गर्न निर्देशन दिएका थिए।

२३ कात्तिक, २०७१


Comments