सार्क 'आठ प्रमुखका लागि सुरक्षित खाना' पाक्ने

राजेश बर्मा
काठमाडौं: सार्क स मेलनमा सहभागी हुने सार्क मुलुकका आठ राष्ट्र प्रमुखसहित अन्य अति बिशिष्ट श्रेणीका पाहुना(भिभिआईपी)लाई उपलब्ध गराइने खाना नेपाली खाद्य बिज्ञको प्रत्यक्ष रेखदेखमा तयार गरिनेछ। नेपाली खाद्य बिज्ञहरूको रेखदेखमा तयार पारिने खाना मात्र पाहुनालाई खुवाउने सरकारले व्यवस्था गरेको छ।




सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका बरिष्ठ खाद्य बिज्ञ तथा उपसचिब कृष्ण राईको संयोजकत्वमा २९ सदस्यीय उच्चस्तरिय 'खाद्य तथा पेय पदार्थ सुरक्षा टोली' नामको समूह बनाएको छ। यो समूहमा बिभागका तर्फबाट राईसहित बरिष्ठ खाद्य बिज्ञ ४ जना, नेपाली सेनाका एक, नेपाल प्रहरीबाट एक र शसस्त्र प्रहरीबाट एक गरेर तीन जना पोषण बिज्ञ खटाइएको छ। त्यसैगरी नेपाल प्रहरीबाट एकजना बिष९प्वाइजन० बिज्ञ र लागु औषध नियन्त्रण व्युरोबाट एकजना नार्कोटिक बिज्ञ पनि समूहमा परिचालन गरिएको छ। समूहमा नेपाली सेनाको एक मेजरको नेतृत्वमा प्रहरीतर्फबाट नौं र शसस्त्रतर्फबाट सादा पोशाकका १० जनालाई राखेर बिशेष सुरक्षा समन्वय समितिपनि परिचालन गरिएको छ।



खाना पकाउने क्रममा खटिएका होटेलका कामदार, भान्छाकोठा र खाद्य पदार्थको सरसफाई तथा गुणस्तर निर्धारण, खाना पाक्ने र भण्डारण कक्षको तापक्रम निर्धारण, खाना र पेय पदार्थ तयार गर्ने बेलामा प्रयोग गरिने कच्चा पदार्थको गुणस्तर निर्धारण, पाकेको र तयार भएको पेय पदार्थको परीक्षण र नमूना लिनेस मका जि मेबारी उक्त टोलीलाई दिइएको छ। 'पकाइएका र तयार पारिएका खाना र पेय पदार्थको पून: सातदोबाटोस्थित विधि बिज्ञान प्रयोगशालाको फोरेन्सिक ल्याव तथा बिभागको फुड ल्यावमा परीक्षण गरेर कुनै त्रुटी नपाइएको अवस्थामा मात्र त्यस्ता पदार्थ राष्ट्र प्रमुख तथा अति बिशिष्ट पाहुनालाई उपलब्ध गराइनेछ,' संयोजक राईले जानकारी दिए।



खानाको गुणस्तर निर्धारण तथा स्वच्छताका लागि फुड ल्याव र फोरेन्सिक ल्यावलाई सुविधा स पन्न बनाएर तयारी अवस्थामा राखिएको छ। यो टोलीले आइतबारबाट आ नो काम सुरू गर्नेछन्। टोलीलाई २४ घण्टे कामको जि मेबारी दिइएको छ। 'बजारबाट खरिद गरेर आएदेखि पकाउने र खाद्य पदार्थको नमूना लिनेदेखि सरसफाई र परीक्षणस मको जि मेबारी यो टोलीलाई दिइएको छ,' टोली संयोजक कृष्ण राईले अन्नपूर्ण पोष्टसँग शनिबार भने,'टोलीको प्रत्यक्ष निगरानीमा होटेलका सेफले तयार पारिने खाना, खाजा र अन्य खाद्य तथा पेयजन्य पदार्थ मात्र राष्ट्र प्रमुख तथा उति बिशिष्ट श्रेणीका पाहुनालाई खुवाइनेछ।' श्रोतकाअनुसार सोमबार सार्क मुलुकका सदस्य राष्ट्रका खाना बिज्ञ पनि आउने कार्यक्रम छ। बाहिरबाट आएका खाना बिज्ञले यो समूहलाई सघाउने श्रोतले जनाएको छ।





सरकारले राष्ट्र प्रमुख तथा अति बिशिष्ट पाहुनाहरूका लागि खाना तयार पार्ने जि मेबारी सोल्टी होटेललाई दिएको छ। राजधानी वरिपरी हुने स पूर्ण कार्यक्रममा सहभागी हुने पाहुनाहरूका लागि सोल्टी होटेलमै यही टोलीको निगरानीमा खाना तथा पेयजन्य पदार्थ तयार पारिनेछ। यसका लागि टोली प्रमुख राईको संयोजकत्वमा सोल्टी होटेलमा ४ जना खाद्य बिज्ञ र अन्य बिज्ञलाई आइतबारदेखि आगामी शुक्रबारस मका लागि परिचालन गरिएको छ। यस्तै भक्तपुरमा आयोजना हुने सार्क राष्ट्रका प्रथम महिलाहरूको कार्यक्रमका लागि पनि खानाको गुणस्तर हेर्न दुई सदस्यीय टोली परिचालन गरिएको छ।



विभागकाअनुसार  लु िबनीमा तीनजनालाई शनिबार नै खटाइसकिएको छ। त्यस्तै धुलिखेलमा आयोजना गरिने 'रिट्रिट' का लागि पनि दुई सदस्य परिचालन गरिएको छ। यसका साथै सोल्टी होटेलमा जि मेबारी पाएका बिज्ञ टोलीलाई नै बत्तिसपुतलीस्थित होटेल द्वारिकाजको पनि जि मेबारी दिइएको छ। जनकपुरमा भने शनिबारस म टोली परिचालन गर्ने स बन्धी निर्णय हुन नसकेको संयोजक राईले बताए। उनकाअनुसार परराष्ट्र मन्त्रालयमार्फत आउने राष्ट्र प्रमुख तथा अति बिशिष्ट पाहुनाहरूको खानाको सूची(मेनु) को आधारमा खाना र अन्य पदार्थ तयार गरिनेछ। 'अहिलेस म बढी पिरो र चिल्लो हुने खाद्य पदार्थ नपकाउने बिशेष निर्देशन दिएका छौं। मेनु आएपछि त्यहीअनुसार खाना तयार गर्नेछौं,' उनले भने।

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको अंकर समाचारमा प्रकाशित
प्रकाशित मिति २०७१ मंसिर ७ गते

Comments