'मन्त्री' लाई नटेर्ने मेहताले 'अख्तियार' लाई पनि टेरेनन्

राजेश बर्मा

काठमाडौं: बाणिज्य मन्त्रीलाई नटेर्ने सत्यनारायण मेहताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलाई पनि अटेर गरेका छन् । आयोगलाई पनि नेशनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रवन्धक मेहताले 'टेर्न'  छाडेका छन्।

ड्युटी फ्रि सुविधाको रक्सी हराएको प्रकरणमा आयोगले लिमिटेडका चारजना कर्मचारीलाई विभागिय कार्वाही गर्न निर्देशन दिएको थियो। तर मेहताले उनीहरूमाथि कुनै कारवाही नगरेर आयोगको निर्देशनलाई अटेर गरेर बसेका छन्। यति मात्रै होइन्। कार्वाही गर्न भनेका कर्मचारीलाई मेहताले मिलोमतो गरेर उन्मुक्ति दिएका छन्। कारवाहीका लागि सिफारिश गरिएका कर्मचारीमध्ये एकजनालाई स पूर्ण सुविधासहित मेहताले अवकाश दिएका छन् भने बाँकी तीनजनामाथी कारवाही गर्नुका साटो आकर्षक स्थानमा सारेका छन्।




आयोगले गत असोज ३ गते रामशाहपथस्थित 'वण्डेड वेयर हाउस तथा डिउटी फ्री सप सेन्टर' का तत्कालिन कार्यालय प्रमुख प्रकाश पोखरेल, जिन्सी प्रमुख बिना प्याकुरेल, हालका जिन्सी प्रमुख बिजयकुमार सिंह र केन्द्रिय कार्यालयका अधिकृत रोहितजंग राणालाई तत्कालै बिभागिय कारवाही गर्न निर्देशन दिएको थियो। यसमध्ये आन्तरिक छानविनको क्रममा दोषि देखिएका टेकुस्थित केन्द्रिय कार्यालयको जिन्सी नियन्त्रण महाशाखाका प्रमुख राणा बिना कारवाही उ किन सफल भएका छन्। स्रोतका अनुसार छानविनको क्रममा शंकाको घेरामा देखिएका राणामाथी मेहताले कुनै पनि प्रकारको कारवाही गर्न सकेनन्। मेहताले राणाले पाउने स पूर्ण सुविधा तथा उपदान वापतको करिब २१ लाख रूपैयाँ सहित गत असारको तेश्रो सातामा अवकाश दिएका थिए।



आयोगका अनुसन्धान अधिकृत सन्तोषकुमार भट्टराईले ट्रेडिङलाई पत्राचार गर्दै आयोगको ऐन २०४८ को दफा(६) अनुसार चारैजना कर्मचारीले आ नो पदको प्रकृतिअनुसार पालन गर्नुपर्ने कुनै पनि पदीय कर्तव्य पालना नगरेको ठहर गर्दै सोही ऐनको दफा १२(क) अनुसार सार्वजनिक पद धारण गरेर अनुचित कार्य गरी सार्वजनिक संस्थालाई हानि नोक्सानी पु:याएकाले हानी नोक्सानी पु:याएका व्यक्तिबाट भरि भराव गर्न वा दोषअनुसार उपयुक्त आवश्यक विभागिय कारवाही गर्न निर्देशन दिएका थिए।



आयोगले निर्देशन दिएको करिब डेढ महिना वितिसक्दा पनि मेहताले कारवाही गर्न कुनै चासो देखाएका छैनन्। आयोगको निर्देशनलाई सर्वौपरी नमानेर मेहताले ति कर्मचारीलाई चो याउन अहिले ट्रेडिङका कानुनी सल्लाहकार राजकिशोर यादबको अध्यक्षतामा अधिकृतद्वय रमेश दाहाल तथा चेतवहादुर खड्कालाई अर्को छानविन समिति गठन गरेका छन्। आयोगले कारवाही गर्न भनेको पोखरेललाई अहिले टेकु कार्यालयमा सरूवा गरिएको छ। यसैगरी प्याकुरेललाई प्रशासन महाशाखाको प्रमुख बनाइएको छ भने सिंहलाई टेकुकै आर्थिक व्यवस्था विभागमा खटाइएको छ। निमित्त महाप्रवन्धक मेहताले भने दोषि देखिएका कर्मचारीमाथि कारवाही गरिएको दावी गरे। 'दोषि देखिएका कर्मचारीमाथि कारवाही गरेको छु,' दावी गर्दै उनले भने,'यस वाहेक बिस्तृत रूपमा म अरू केही भन्दिन्।' 


ड्युटी फ्रीमा ल्याइएका रक्सी राजधानीस्थित विदेशी कुटनीतिक नियोगले खरिद गर्दैआएका छन्। कर्मचारीको मिलोमतोमा बण्डेड वेयर हाउसबाट २१ लाख रूपैयाँभन्दा बढीको रक्सी रित्तयाइएको बारेमा अन्नपूर्ण पोष्टले गत २०७० फागुन ६ गते 'कसले पियो एक्काइस लाखको रक्सी ?' भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो। आन्तरिक छानविनको क्रममा गत २०७० भदौं २१ गते सात प्रकारका एक हजार ९० थान उच्चस्तरका रक्सी रामशाहपथस्थित वण्डेड वेयर हाउसबाट गायव भएको तथ्य बाहिर आएको थियो।



यही रक्सी प्रकरणमा चारजना बाहेक आयोगले छानबिन गर्दै ट्रेडिङको वण्डेड हाउसका तत्कालिन प्रमुख भरतबहादुर बस्नेतसहित तीनजना कर्मचारीमाथि विशेष अदालतमा गत असोजको पहिलो सातामा आरोप पत्र दायर गरेको थियो। ड्युटी फ्रीमा आयात गरिएको उच्चस्तरका महँगा रक्सी मिलोमतोमा हिनामिना गरेर भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले ट्रेडिङका बस्नेत, तत्कालीन स्टोरकिपरद्वय ऋषिराम जोशी र दीपेन्द्र अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार निवारण ऐनअनुसार २४ लाख ८८ हजार नौ सय ८२ रूपैयाँ बिगोसहित आरोपपत्र दायर गरेको थियो।



आयोगले गरेको अनुसन्धानका क्रममा गत आर्थिक वर्ष २०६४/६५ को अन्त्यदेखि गोदाममा नभएका मदिरा पनि फाइलमा मौज्दात रहेको भनेर विवरण उल्लेख गरिएको फेला परेको थियो। आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार 'कसुर गरेको पुष्टि हुन आएकाले' बिगोसहित सोही ऐनअनुसार हदैस मको सजायको मागसहित आरोपपत्र दायर गरेको छ।




यो घटनाका दोषि कर्मचारीमाथी कारवाही नहुँदै पुन: केही महिनाअघि भएको अर्को छानविनको क्रममा वेयर हाउसको गोदाम न बर १६,१७,४४,५३ र ५४ बाट  याटसहित ६ लाख ८८ हजार दुई सय २३ रूपैयाँबराबरको उच्चस्तरका दुई सय ४५ बोतल वाइन, ह्वीस्की र बीयर गायब भएको फेला परेको छ। विभिन्न निकायका १४ सदस्यीय प्रतिनिधी स िमलित टोलीले गत जेठ २५ मा वेयर हाउसको छानविन गरेर गत भदौं ३१ गते बुझाएको प्रतिवेदनमा अवकाश प्राप्त सुपरभाइजर दिपेद्र अधिकारीको जि मा रहेको गोदामबाट महंगा रक्सी हराएको उल्लेख छ।


अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा अंकरमा प्रकाशित
प्रकाशित मिति २०७१ कार्तिक २१ शुक्रबार

Comments