मूल सडक छलेर नेताको 'घरदैलो' मै पक्की सडक

सर्वधारणलाई भने खाल्डा सडक

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको घर जाने बाटोमा गरिएको कालोपत्रे
राजेश बर्मा/सुवास गोतामे

काठमाडौं: बालुवाटारको उपहारमार्गमा मूल सडक धुला मे छ। गत चैतमा भत्काईएको बाटो नजिकै एउटा गोरेटो बाटोमा भर्खरै कालोपत्रे गरेको देखिन्छ। करिब २५ मिटर कालोपत्रे गरिएको गोरेटो बाटो सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको घरको दैलोमा टुंगिन्छ। मूलसडकबाटै बाँया दिशाबाट ६० मिटर दुरी अगाडी अर्को गोरेटो बाटो आउँछ। करिब ३० मिटर कालोपत्रे गरिएको उक्त बाटो संविधान सभाका अध्यक्ष सुवासचन्द्र ने बाङको घरको दैलोमा टुंगिन्छ।





दैनिक सयौं सर्वधारण ओहोरदोहोर गर्ने मूल सडकलाई छलेर सत्ताको दुरूपयोग गरी नेताद्वय ने बाङ र रिजालको दैलो गत बिहीबार मात्रै महानगरपालिकाले कालोपत्रे गरेको हो। उपहारमार्गका स्थानीय वासिन्दाले गोरेटोबाटे कालोपत्रे गर्दा मूलसडकलाई नछाड्न आग्रह गर्दा 'हामीलाई यतिमात्रै कालोपत्रे गर्नु भन्ने माथिको आदेश छ'  भन्दै ठेकेदार कृष्णप्रसाद चौलागाइँ कड्कीएका थिए। 



उपहारमार्गको करिब चार मिटर चौडा भएको उपहारमार्ग मूल सडक गत चैतमा फराकिलो पारेर अहिले ६ मिटर पारिएको छ। तर कालोपत्रे गरिएको छैन्। सोही बाटोबाट दायाँ मन्त्री रिजालको घर जाने बाटो छुट्टिएको छ भने मन्त्री रिजालको घरभन्दा अर्थात मूल बाटोको बायाँतर्फ सभामुख ने बाङको घर जाने बाटो छुट्टिएको छ।



भिडियो हेर्नुहोस् ।



सभामुख ने बाङ र रिजाल सरकारी सुविधा सहित क्वाटरमा वस्दैआएका छन्। शनिबार अन्नपूर्णकर्मी पुग्दा मन्त्री रिजालका घरमा सुरक्षा गार्ड मात्रै थिए भने ने बाङको घर सुनसान थियो। सर्वसाधारणले धुलोबाट सास्ती व्यहोर्नु परिरहेको भनेर पटकपटक महानगरपालिकासँग हारगुहार माग्दा पनि मूल सडक कालोपत्र गर्न महानगरपालिकाले चासो नदेखाएको स्थानीयबासीले गुनासो पोखेका छन्। यो पनि हेर्नुस् : नेतालाई 'चिल्ला', जनतालाई 'खाल्डा' सडक



त्यसो त् ने बाङ र रिजाल घर गएको समयमा धुला मे मूल सडक भएरै जानुपर्छ। झारा टार्ने हिसाबले गरिएको कालोपत्रे प्रति स्थानीयवासी आक्रोश व्यक्त गरेका छन्। 'सत्तामा बस्नेले शक्तिको आडमा जे गरेपनि हुँदो रहेछ, हामी धुलो चाट्ने, उहाँहरू लाजै नमानी दैलोमा कालोपत्रे गर्न लगाउने, गणतन्त्रान्त्रिक मुलुकमा जनताले पाउने यही हो ?,' किशोरलाल श्रेष्ठले आक्रोश पो दै भने,' रिजालको दैलो अगाडी कालोपत्रे गर्न लाग्दा हामीले अरू २५ मिटर अगाडी गरिदेउ भन्दा ठेकेदारले टेरपुच्छ्र लगाएन, महानगरपालिको आदेशमा यति मात्रै गर्न लागेको भनेर हपारे।'


ञ्चारमन्त्री मिनेन्द्र रिजालको घर जाने भित्री सडकमा गरिएको कालोपत्रे



ठेक्केदार कृष्णप्रसाद चौलागाईले आफुले काठमाडौं महानगरपालिकाको निर्देशनमा ति दुवै सडकमा कालोपत्रे गरेको बताए। उनले भने,'मैले महानगरपालिकाबाट ठेक्का पाएर दुवै सडकमा कालोपत्रे गरेको हो।' मूल सडकमा कालोपत्रे गर्ने बारेमा आफुलाई कुनै निर्देशन महानगरपालिकाले नदिएको जानकारी गराउदै थप कुरा महानगरपालिकासँग बुझन आग्रह गरे। काठमाडौं महानगरपालिका अन्तर्गतको भौतिक पूर्वाधार निर्माण विभागका प्रमुख संजयराज उपाध्यायले उक्त सडक खण्डमा कालोपत्रे गर्ने जि मेबारी साइड इन्जिनियर भैरव बोगटीलाई दिइएको जानकारी दिए। कालोपत्रेबारेमा बिस्तृत जानकारी बोगटीसँग लिन उनले आग्रह गरे।



साइड इन्जिनियर बोगटीले भने आफु साइड इन्जीनियर नभएको र आफुलाई महानगरपालिकाले कुनै जि मेबारी नदिएको बताउदै उनले आफु स्थानीय भएकाले कहिले काँही सडकको अवस्थाको बारेमा मात्र चासो देखाएको जानकारी दिए। उनले पनि आ नो जि मेबारी पन्छाउदै साइड इन्जिनियर भुपेन्द्र मास्केको नेतृत्वमा सडक कालोपत्रे गरिएको बताए। अर्का साइड इन्जिनियर मास्केले भने ति दुवै सडक खण्डमा आफुलाई जानकारी वेगर ठेक्केदारले कालोपत्रे गरेको जानकारी दिए। 'मेरो अनुमति वेगर ठेक्केदारले कसरी कालोपत्रे ग:यो, मलाई पनि थाहा छैन्। मेरो रेखदेखमा कालोपत्रे हुनुपर्ने हो। तर ति दुवै सडक कालोपत्रे भएको बारेमा मलाई कुनै जानकारी छैन्। म यो बिषयमा बुझ्छु।'



उपत्यका सडक विस्तार आयोजनाले मैतिदेबी-ज्ञानेश्वर, सिनामंगल-पुरानो बानेश्वर-डिल्लीबजार-पुतलीसडक, धु बाराही- मण्डिखाटार- गल्फुटार, बल्खु, मिनभवन, पुतलीसडक-बागबजार, जडिबुटी-पेप्सीकोलालगायतका सडक खण्ड भत्काएर अलपत्र छाडेको छ। यी सडक खण्डहरू राजधानीका अति व्यस्त सडक हुन्। भत्काइएका सडक खण्ड समयमा पुन: निर्माण नगरिंदा मैतिदेवी-ज्ञानेश्वर र मैतिदेवी- पुतलीसडक खण्डमा दर्जनौं पटक सबारी दुर्घटना समेत भईसक्यो। गत असोजमै आयोजनाले दुई महिना भित्र यी सडक कालोपत्रे गरिसक्ने दावी गरेपनि मंसिर लागिसक्दा कुनै काम अगाडी बढाएको छैन। 

अन्नपूर्ण पोष्टको दोश्रो पृष्टमा प्रकाशित
प्रकाशित मिति २०७१ कार्तिक २३

Comments