सार्क पाहुनाका लागि रक्सीमा १५ प्रतिशत छुट

राजेश बर्मा
काठमाडौं: दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) स मेलनमा सहभागी हुने विशिष्ट पाहुनाहरूका लागि सरकारले उच्च गुणस्तरका ड्युटी फ्रि मदिरामा बिशेष छुट दिने भएको छ। स मेलनमा सहभागी हुन आउने अति बिशिष्ट तथा राजधानीस्थित कुटनीतिक नियोगका अधिकारीहरूलाई उच्च स्तरका मदिरा खरिदमा सरकारले १५ प्रतिशत छुट दिन लागेको हो। 



 नेशनलले दुबईबाट रेड लेबल, ब्ल्याक लेबल, ब्लु लेबल, याट ६९, १०० पाइपर, ह्याँकी बेनिष्टर, लर्डस किंगलेज, टिचर्स, लिजन भि सप, ब्लाइन्टाइन, सैण्ड मंग ओ, सिगनेचरसहित ब्राण्डि, वाइन र भोड्का मगाउन लागिएको हो।

बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेशनल ट्रेडिङ लिमिटेडले यो सुविधा उपलब्ध गराउन लागेको छ। नेशनल ट्रेड्रिङले बिशिष्ट पाहुनाहरूका लागि शनिबार(भोली) देखि आगामी सोमबारस म यो छुटको ब्यवस्था गरेको छ। नेशनलले यस्तो छुटको व्यवस्था पहिले गरेको थिएन्। यसअघि ड्युटी फ्रिमा आएको मदिरा सोही सुविधाअन्तर्गत रकम लिएर उपलब्ध गराउने व्यवस्था थियो।

नेशनल ट्रेडिङका निमित्त महाप्रवन्धक सत्यनारायण मेहताले भने,'सार्क स मेलनलाई दृष्टिगत गरेर विशिष्ट पाहुनाहरूका लागि बिशेष व्यवस्था गरिएको हो। यो सुविधा सार्क स मेलनमा सहभागी हुन आएका पाहुना तथा कुटनीतिक नियोगका पदाधिकारीले मात्रै पाउनेछन्। अन्यको हकमा भने यो सुविधा लागु हुँदैन्। नेशनल ट्रेडिङले यो सुविधा साविकको बिक्रि केन्द्र रामशाहपथस्थित 'बण्डेड वेयर हाउस तथा ड्युटी फ्रि सप सेन्टर' मार्फत उपलब्ध गराउनेछ। 

 उनकाअनुसार पाहुनालाई मदिराको अभाव हुन नदिन उनीहरूले नै बढी रूचाएका र महँगा मानिएका विभिन्न ब्राण्डका मदिरा मगाउने काम पनि सुरू भइसकेको छ। स्कटल्याण्डबाट मगाउने तयारी भएपनि सार्क स मेलन समय आइसकेकाले खाडी मुलुक दुबईबाट मगाउन लागिएको हो। आइतबारदेखि आगामी मंगलबारस म दुबईबाट प्लेनमार्फट मदिरा मगाउन 'अर्डर' गरिसकिएको निमिक्त महाप्रवन्धक मेहताले अन्नपूर्ण पोष्टलाई बताए। दुबईबाट प्रतिदिन एउटा प्लेनमा ३० भन्दा बढी मदिराको क्रेट ल्याउन लागिएको छ। एउटा क्रेटमा १२ बटा बोतल हुन्छ। 'पाहुनाहरूलाई अपुग नहुने गरी आइतबारदेखि विभिन्न ब्राण्डका मदिरा, ह्वीस्की, रम, वाइन र ब्राण्डी काठमाडौं भित्र्याउने क्रम सुरू हुन्छ,' उनले भने,'पाहुनालाई कुनै पनि प्रकारले अपुग नहोस् भनेर त्यही अनुसार मगाउदैं छौं।'

 नेशनलले दुबईबाट रेड लेबल, ब्ल्याक लेबल, ब्लु लेबल, याट ६९, १०० पाइपर, ह्याँकी बेनिष्टर, लर्डस किंगलेज, टिचर्स, लिजन भि सप, ब्लाइन्टाइन, सैण्ड मंग ओ, सिगनेचरसहित ब्राण्डि, वाइन र भोड्का मगाउन लागिएको हो। दुबईबाट ल्याउन लागिएको मदिराका परिमाण र मूल्यको बारेमा भने निमिक्त महाप्रवन्धक मेहताले बताउन मानेनन्। उनकाअनुसार 'बण्डेड वेयर हाउस तथा ड्युटी फ्रि सप सेन्टर' मा अहिले यस्ता ब्राण्डसहित केही अन्य ब्राण्डका करिब ८ करोड मूल्यबराबरको मदिरा मौज्दात छ। 'बढी चल्ने मदिरा केही कम भएकाले त्यहि ब्राण्डका बढी मगाउदैं छौं,' उनले भने।

 नेशनलले साबिक बमोजिमकै प्रकृयाअनुसार यस्ता मदिरा बिक्रि गर्ने जनाएको छ। अहिलेस मको प्रकृयाअनुसार कुटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा मदिरा उपलब्ध गराइदिन पत्राचार गर्छन्। परराष्ट्र मन्त्रालयले उक्त पत्र आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा पठाउछ। भन्सारले कागजपत्र हेरेर नेशनल ट्रेडिङलाई सिफारिश गरेपछि कुटनीतिक नियोगले चाहेअनुसारको परिमाणमा ड्युटी फ्रि सुविधा अन्तर्गतको मदिरा खरिद गर्न पाउछन्।

मेहताका अनुसार ड्युटी फ्रि मदिरा खरिद गर्ने मुलुकहरूको सूचीमा भारतीय दुतावासको स्थान पहिलो न बरमा आउछ। भारतीय राजदुतावासले एक/दुई दिनको फरकमा ३० हजार मूल्यभन्दा बढीको रक्सी खरिद गर्ने गरेको उनले जानकारी दिए। 'अहिलेस मको अवस्था हेर्दा सबैभन्दा बढी मदिरा खरिद गर्ने मुलुकमा भारतीय राजदुतावास पहिलो न बरमा आउछ,' उनले भने,'त्यसपछि बंगलादेश, चीन, जापान, नर्वेलगायतका मुलुकले खरिद गर्दैआएका छन्।' उनकाअनुसार भारतीय दुतावाससहित अन्य दुतावासले पनि सबैभन्दा बढी रेड लेवल, ब्ल्याक लेबल, याट ६९, १०० पाइपरलगायतका मदिरा अत्याधिक रूचाउदै आएका छन्। अमेरिकन दूतावासले भने आफै बाहिरबाट खरिद गर्दैआएका छन्।

अन्नपूर्ण पोष्टको तेश्रो पृष्ठको मुख्य समाचारमा प्रकाशित
प्रकाशित मिति २०७१ मंसिर ७ गते

Comments