बर्ड फ्लु किसानलाई थप राहत

करिब १६ करोड थप निकासा

  • राजेश बर्मा

काठमाडौं : कुखुरामा लागेको बर्ड फ्लु बाट पीडित किसानलाई राहत उपलब्ध गराउन सरकारले थप रकम निकासा गरेको छ। सरकारले साबिकमा उपलब्ध गराएको रकममा थप ७० प्रतिशत राहत उपलब्ध गराउन लागेको हो।


 कृषि विकास मन्त्रालयकाअनुसार बर्ड फ्लु पीडित किसानलाई राहत दिन गत सातामात्रै १५ करोड ९१ लाख रूपैयाँ मन्त्रालयले निकासा गरेको हो। किसानले साबिकमा राहत पाएको कूल रकमको ७० प्रतिशत थप राहत उपलब्ध गराउने मन्त्रालयको योजना छ। 'बर्डफलुका कारण किसानले व्यहोरेको क्षतिलाई हेरेर थोरै भएपनि थप राहत उपलब्ध गराउन लागेका छौं,' मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने,'यसका लागि गत सातामात्रै १५ करोड ९१ लाख रूपैयाँ निकासा गरिएको हो।' मन्त्रालयले यसअघि गत बर्षको मंसिरमा पीडित किसानका लागि २६ करोड ७० लाख ४० हजार रूपैयाँ निकासा गरेर क्षतिपूर्तिको मूल्याँकनको आधारमा राहत वितरण गरेको थियो।



उनकाअनुसार सरकारले अहिले निकासा गरेको रकम ब्रोइलर, माउ, प्यारेन्ट र लेयर्स जातका कुखुरा मारिएका पीडित किसानलाई मात्रै थप राहत उपलब्ध गराइनेछ। बर्ड फ्लुको महामारी नै फैलिएपछि सरकारले गत बर्ष ०६९ को बैशाखदेखि असोजस म बिशेष अभियान सञ्चालन गरेर चितवन, नवलपरासी, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लाबाट अण्डा, दाना, मासु, चल्ला र व्यस्क कुखुरा मारेको थियो। 'तत्कालिन समयमा नष्ट गरिएको अण्डा, दाना र मासुका लागि भने यो रकमबाट राहत उपलब्ध गराउदैनौं,' प्रवक्ता ठाकुरले भने। मन्त्रालयले यो थप रकम यही सातादेखि पशु सेवा कार्यालयमार्फत किसानको हातहातमा पुस्याउन सरोकारवाला कार्यालयहरूलाई निर्देशन दिएको छ।




मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाकाअनुसार  बर्ड फ्लु  नियन्त्रणको क्रममा १७ लाख ६४ हजार ५ सय २६ गोटा ब्रोइलर, माउ, प्यारेन्ट र लेयर्स जातका कुखुरा मारिएका थिए। यसैगरी नियन्त्रण गर्ने क्रममा २६ लाख ५१ हजार ६ सय ४५ गोटा अण्डा, १ हजार ४ सय ७ किलो मासु तथा १ लाख ३४ हजार ४ सय ८७ किलो दाना नष्ट गरिएको थियो। 'गत बैशाखदेखि असोजस मको अवधीमा नेपालमा भयावह रूपमा देखिएको बर्ड फ्लु का कारण अहिलेस म यो सबैभन्दा बढी क्षति देखिएको थियो,' उनले अन्नपूर्ण पोष्टलाई बताए। बैशाखदेखि असोजस मको अवधीमा हालस मकै सबैभन्दा ठूलो बर्ड फ्लुको संक्रमण नेपालमा देखापरेको थियो।



मन्त्रालयले गत मंसिरमा भक्त पुरस्थित जिल्ला पशु सेवा कार्यालयको नाममा १२ करोड ३६ लाख १ हजार ६ सय ७१ रूपैयाँ निकासा गरेको थियो। यसैगरी काठमाडौं जिल्ला पशु सेवा कार्यालयको नाममा ४ करोड १९ लाख, त्रिपुरेश्वरस्थित पशु स्वास्थ्य निर्देशनालयको नाममा ४ करोड ९० लाख ३० हजार, काभ्रेको लागि ४ करोड १२ लाख १७ हजार र ललितपुरको लागि ४८ लाख ९६ हजार ५ सय ४३ रूपैयाँ निकासा गरेको थियो। 





नीजि क्षेत्र राष्ट्रिय कुखुरा व्यवसायी महासंघले भने त्यो अबधीमा साढे सात अर्बभन्दा बढी क्षति किसानले व्यहोरेको भन्दै क्षतिअनुसारको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दैआएको छ। कुखुरा व्यवसायी महासंघका अध्यक्ष गुणचन्द बिष्टले क्षतिपूर्तिको मूल्यलाई समय सापेक्ष बनाएर समायोजन गर्न माग गरेका छन्। बर्ड लुबाट पीडित भएका किसानलाई राहतको साटो क्षतिपूीर्त उपलब्ध गराउनुपर्ने बताउदै अध्यक्ष बिष्टले भने,'सरकारले उपलब्ध गराएको यो रकमले कुखुरा व्यवसाय पुनस् आत्मनिर्भर हुन सहयोग गर्दैन्। एउटा किसानले लाखौं क्षति व्यहोरेका छन्। लाखौं क्षति व्यहोरेका कुखुरा पालक किसानलाई सय रूपैयाँको राहतले तङग्राउन सक्दैन्। राज्यले राहत दिएर ठग्ने काम मात्रै गस्यो।'



सरकारले हालस म निर्धारण गरेको दररेटअनुसार लेयर्स जातका प्रति गोटा कुखुरालाई पाँच सय, ब्रोइलर प्रति गोटालाई दुई सय ५०, ६ साता माथिको कुखुरालाई एक सय ३०, ६ साता र चार साता तलको प्रति गोटालाई ५० रूपैयाँ राहत उपलब्ध गराउने नीति लिएको छ। यसैगरी चार सातामाथिको प्रति गोटालाई एक सय ३०, प्रति गोटा अण्डालाई तीन र प्रति किलो दानालाई १० रूपैयाँ राहत रकम तोकेको छ। महासंघकाअनुसार लेयर्स जातिको प्रति गोटा कुखुराको बजार मूल्य एक हजार चार सय रूपैयाँ, प्यारेन्टस् कुखुराको करिब दुईहजार, ब्रोइलरको करिब चार सय, ६ साता माथिको चल्लालाई ४ सय, ६ साता र चार साता तलको चल्लालाई तीन सय, चार साता माथिको चल्लालाई तीन सय ५० रूपैयाँस म पर्छ। 


२०७० को मंसिरमा कहाँ कति क्षतिपूर्ति बाँंडियो
स्थान                                  रकम
भक्तपुर                                १२ करोड ३६ लाख १ हजार ६७१
पशु स्वास्थ्य निर्देशालय       ४  करोड ९० लाख ३० हजार 
काठमाडौं                             ४  करोड १९ लाख ६३ हजार
काभ्रे                                   ४ करोड १२ लाख १७ हजार
ललितपुर                            ४८ लाख ९६ हजार ५ सय ४३
अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्ठको मुख्य समाचार
प्रकाशित मिति २०७१ मंसिर २८

Comments