कान्ति लोकपथ बेवास्ताको सिकार

राजेश बर्मा
ठेंगन(मकवानपुर): काठमाडौं-हेटौंडा जोड्ने अहिलेस मकै सबैभन्दा छोटो दुरी र सुरक्षित बिक ल्प मानिएको कान्ति लोकराजपथ सरकारको प्राथमिकतामा छैंन्। अढाई घण्टामा उक्त सडक खण्डमार्फत हेटौडा पुग्न सक्ने भएपनि निर्माण स पन्न गर्न सरकारले चासो नदेखाउँदा अहिले पनि सर्बसाधारण बढी समय खर्चेर दक्षिणकाली-सिस्नेरी मार्ग र त्रिभुवन राजपथमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।



सडक विभागकाअनुसार हेटौंडाको बुद्ध चौंकदेखि ललितपुरको सातदोबाटोस मको करिब साढे पाँच मिटर ट्रयाक खुलेको कान्ति लोकपथको कूल ल बाई ९२ किलोमिटर छ। हाल सञ्चालनमा रहेका दक्षिणकाली-सिस्नेरी सडक ८५ किलोमिटरको साँघुरो सडक छ। उक्त मार्गबाट यात्रा गर्दा करिब चार घण्टा समय लाग्छ। ठूला सबारी साधनका लागि उक्त मार्ग जोखिमपूर्ण मानिएकाले साना साधन मात्रै दक्षिणकाली-सिस्नेरी मार्गमा गुड्दै आएको छ।


हेटौडा जोड्ने दोश्रो मार्ग त्रिभुवन लोकपथ हो। करिब दुई सय २३ किलोमिटरभन्दा बढी दुरीको उक्त मार्गबाट यात्रा गर्दा सामान्यतया ६ घण्टा समय लाग्छ। सोही अनुपातमा इन्धन पनि खर्च हुन्छ। 'तर उक्त सडक खण्ड पनि पछिल्लो समयमा सबारी साधनको चापसँगै साँघुरिदैं गएकाले सुरक्षित यात्राका लागि त्यति भरपर्दो देखिएन,' बिभागका उपमहानिर्देशक अर्जुनजंग थापाले भने। 


निर्माण चरणमा रहेको काठमाडौं-निजगढ जोड्ने अर्को सडक खण्ड फास्ट ट्रयाकको योजना अहिले गतिहिन बनेको छ। फास्ट ट्रयाकको ठिक तल कान्ति लोकपथको ट्रयाक छ। यस्तै टनेल मार्गको योजना पनि अघि बढ्न सकेको छैन्। यस्तो अवस्थामा हालस मकै सबैभन्दा छोटो र सुरक्षित मार्गको बिक ल्पको रूपमा कान्ति लोकपथ मानिएपनि राज्यको उदासिनताका कारण उक्त मार्ग ओझेलमा परेको छ। 



'अहिलेस मकै सबै दृष्टिकोणले उपयुक्त मानिएको उक्त सडक खण्डलाई प्राथमिकतामा राखेर बजेट प्राप्त भएन,' उपमहानिर्देशक थापाले भने। सरकारले महत्वाकाँक्षी योजनाअन्तर्गत फास्ट ट्रयाक योजना अघि बढाएको थियो। सरकारले उक्त मार्गमार्फत काठमाडौंबाट निजगढ पुग्न डेढ घण्टा लाग्ने दावी गरेको छ। 




फास्ट ट्रयाकको नाममा हालस म करिब ६५ करोड रूपैयाँभन्दा बढी खर्च गरिसकेपनि हालस म ट्रयाक खोल्ने काम पनि स पन्न भएको छैन्। 'अहिले आएर उक्त सडक खण्डको काम नै रोकिएको अवस्था छ,'  कान्ति लोकपथ सडक योजनाका सिनियर डिभिजनल इन्जिनियर(सिडिई) दिपक केसीले बताए।





बिभागले उक्त सडक  खण्डलाई नियमित बजेटलाई सदुपयोग गरेर साढे आठ मिटर फराकिलो पार्ने तथा सुधार गर्ने काम गर्दैआएको छ। विभागकाअनुसार गत आर्थिक बर्षमा ३० करोड रूपैयाँ माग गरिएपनि १९ करोड रूपैयाँमात्रै उक्त सडकको लागि सरकारले बिनियोजन गरेको थियो। सरकारले अघिल्लो आर्थिक बर्षस म बर्षेनी पाँच करोड बजेट उपलब्ध गराएको थियो।





कोरियाको ह्युण्डाई ईन्जिनियरिङ क पनीले उक्त सडक खण्डको स्थलगत अध्ययन गरेर २०६० सालको असोजमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पारेर सरकारलाई बुझाएको थियो। सोही बर्षदेखि सामान्य रूपमा हेटौंडादेखि ललितपुरको टिकाभैरबस म तीनदेखि छ मिटरस मको ट्रयाक खोलिएको थियो। 



राज्यको उदासिनताका कारण गत बर्ष २०६४/६५ स म सामान्य मर्मत स भार वाहेक उक्त सडक खण्डमा कुनै काम हुन सकेन। 'त्यस बर्षपछि यो सडकलाई योजनाको रूपमा बिभागले स्थापना गरेर थोरवहुत बजेट दिन थालेपछि चौडा पार्ने काम सुरू गरेका छौं,' योजनाका सिडिई केसीले अन्नपूर्ण पोष्टलाई बताए।





उनकाअनुसार तीन बर्षमा एक अर्बको हिसावले कूल तीन अर्ब रूपैयाँ सरकारले बिनियोजन हुने हो भने आगामी तीन बर्षमा उक्त सडक खण्डलाई दुई लेनको कालोपत्रे सडकमा रूपान्तर गर्न सकिन्छ।



 'पाँच बर्षको योजना बनाएर ६० करोड नै उपलब्ध भएपनि पाँचबर्ष पछि अढाई घण्टामा हेटौंडा पुग्न सकिन्थ्यो,' उनले भने,'फेरी यो बाटो अन्य बाटोभन्दा निक्कै सुरक्षित छ। धेरै घुमाउरो बाटो नभएकाले अहिलेस म उपयुक्त देखिएको छ।' ट्रयाक खुलिसकेको यो सडक खण्डमा अहिले दैनिक दुई बस र एउटा मिनि ट्रकले यात्रु ओसार्दैआएको छ।



भिडियो हेर्नुहोस् 







हालस म हेटौंडाको बुद्धचौंकदेखि हटियास म साढे पाँच मिटरको चौंडा कालोपत्रे छ। हटियादेखि मकवानपुरगढीस म ६ मिटर चौडा ग्राभेल बनेको छ। जितपुरदेखि ठिंगनस मको २० किलोमिटरमध्ये साढे चार किलोमिटरमा चौडा गर्ने काम स पन्न भएको छ।


यसैगरी ठिंगनदेखि बगुवा खण्डस मको १० किलोमिटरमध्ये पाँच किलोमिटर र माल्टादेखि तीनपाने खण्डको १२ किलोमिटरमध्ये तीन किलोमिटरस म चौडा पारिएको छ। अन्य खण्डमा पनि चौडा पार्न टेण्डर आह्वान गर्ने काम सुरू गरिएको बिभागले जनाएको छ।





सडक फराकिलो पार्नेमा स्थानीयबासीले हौसिएर सहयोग गर्दैआएका छन्। कालोपत्रे भएपछि उक्त सडकका कारण विकासका पूर्वाधार भित्रिने र उक्त क्षेत्रको मुहार नै फेरिनेमा स्थानीयबासी निक्कै आशावादी छन्। ठिंगन गाबिस १ का ७६ बर्षीय बिष्णुभक्त घिमिरेले कालोपत्रे नभएपनि अहिले यो सडकका कारण सयौं सर्वसाधारणको अकालमै हुने मृत्युबाट जोगिएको बताए। 


'सुत्केरी र तत्कालै उपचार गराउनुपर्ने बिरामीलाई सजिलै ए बुलेन्समा राखेर हेटौंडा र काठमाडौंस म पठाउन सकेका छौं, यति मात्रै कहाँ हो र ? परेको बेला काठमाडौं पुगेर फर्कन पनि पाएको छु,' उनले भने,'म मर्नुभन्दा पहिले कालोपत्रे भएको दे न चाहन्छु। कालोपत्रे भएपछि हाम्रो दैनिक दिनचर्या नै परिवर्तन हुन्छ।'



कान्ति लोकपथ र फास्ट ट्रयाकको बिशेषता

क्षेत्र                             कान्ति लोकपथ                          फास्ट ट्रयाक

कूल लागत                  ३,४२,६७,७९,२००                   २१, ०८,७८,७२,०००                     

वर्तमान मूल्य              ३,४२,६७,७९,२००                   १०,१३,८४,०००००   

आर्थिक प्रतिफल          १४.९ %                                   ०.४   %    

लाभ लागत अनुपात    १.२७ %                                   ०.२९ %      

श्रोत : ह्युण्डाई ईन्जिनियरिङ क पनी                                                        

Comments