अब 'अत्यन्त सस्तो' मा कृषि बीमा

सहकारीमार्फत थप १५ प्रतिशत छुट

राजेश बर्मा
काठमाडौं: सहकारी संस्थामा आवद्ध किसानले एउटा ठूलो माछाको मूल्यबाट एक बर्षका लागि आफुले पालेका माछाको बीमा गर्न पाउने भएका छन्। त्यसैगरी एउटा गाईले दुई छाकमा दिने दूधको मूल्यबाट एक बर्षस मका लागि गाईको बीमा गर्न पाउने छन्।



कृषि बिकास मन्त्रालयले सहकारीमा आवद्ध किसानका लागि बीमास बन्धी यो नौलो सुविधा कार्यान्वयनमा ल्याएको हो। यस योजना अन्तर्गत बाली, पशु, व्यवसायिक र घरपालुवा पन्छी, मत्स्य र पोखरीस बन्धी बीमामा थप १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ। 'किसानलाई बीमा कार्यक्रममा प्रभावकारी रूपमा सहभागी गराउन थप छुट दिने सुविधा ल्याएका छौं,' मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने,'सहकारीमा आवद्ध किसानले अब एक बर्षको बीमा गर्न बीमाङ रकमको आधारमा दुई सयदेखि एक हजार रूपैयाँ मात्रै तिरे पुग्छ।'



सरकारले यो सुविधा बाहेक अहिले बीमाको प्रिमियम वापत ७५ प्रतिशत अनुदान उपलब्ध गराउदै आएको छ। बीमाङ रकमको २५ प्रतिशत भने किसानले आफै व्यहोर्ने ब्यवस्था छ। 'बीमा सुविधालाई ग्रामिण तहस म पु:याउन यो सुविधा उपयुक्त देखिएकाले ल्याएका छौं,' प्रवक्ता ठाकुरले भने,'यसवाट तीनवटा फायदा देखिएको छ। पहिलो सहकारीमा आवद्ध किसानले थोरै रकमबाट एक बर्षस मका लागि बीमा गर्न पाए। दोश्रो सहकारीमा आवद्ध नभएका किसानलाई पनि सहकारीमा आवद्ध हुन प्रोत्साहन हुने र तेश्रो सहकारीमार्फत थप व्यवसायिकरण गर्न टेवा दिन्छ।' 


मन्त्रालयका बरिष्ठ कृषि अर्थबिद् सुनिल सिंहका अनुसार सहकारीमा आवद्ध किसानले एक लाख मूल्यबराबरको बाली र मत्स्य बीमा गरेको खण्डमा क्रमश: बार्षिक पाँच सय र दुई सय रूपैयाँ मात्र प्रिमियम वापत बीमा क पनीलाई तिर्नुपर्ने हुन्छ। यसैगरी पन्छीतर्फ ब्यवसायिक पन्छीको एक लाखको बीमा गर्दा किसानले एक बर्षको ६ सय तथा घरपालुवा पन्छीको एक लाखको बीमा गर्दा पाँच सय रूपैयाँ मात्र तिर्नुपर्छ। 


पशुपालन(गाई, भैसी, बंगुर, बाख्रा, खसी) तर्फ दुई लाख मूल्य बराबरको बीमा गर्दा एउटा किसानले अब बार्षिक एक हजार तथा मत्स्य पालनस बन्धी पोखरीको एक लाख मूल्य बराबरको बीमा गर्दा क पनीलाई प्रिमियम वापत तीन सय रूपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरिएको अर्थबिद् सिंहले  भने। यो सुविधामा सरकारले उपलब्ध गराएको ७५ प्रतिशत अनुदान पनि जोडिएको छ।


उनकाअनुसार सहकारी संस्थामा आवद्ध नभएका किसानले भने एक लाख मूल्य बराबरको बालीको बीमा गर्दा एक बर्षको लागि एक हजार दुई सय ५० रूपैयाँ, दुई लाखको पशु धन बीमा गर्दा दुईहजार पाँच सय, एक लाखको मत्स्य बीमा गराउदा पाँच सय रूपैयाँ प्रिमियम वापत बीमा क पनीलाई तिर्दैआएका छन्। 


सिंहकाअनुसार पछिल्लो समयमा किसानहरू बीमातर्फ आकर्षित हुन थालेका छन्। 'किसानले पशुधनको बीमा गराउन बढी चासो देखाएका छन्,' प्रवक्ता ठाकुरले भने,'गतबर्ष झै यो बर्ष पनि पशुधनतर्फ नै अत्याधिक मात्रामा बीमा भएको छ।' उनकाअनुसार चितवन, रूपन्देही, काभ्रे, काठमाडौं, तनहुँ, स्याङजालगायतका जिल्लाका अधिकाँश पशु पालक किसानले बीमा गराएका छन्।




मन्त्रालयकाअनुसार चालु आर्थिक बर्ष २०७१/०७२ को कार्तिकस ममा ३१ करोड २४ लाखको बीमा भइसकेका छन्। जसमध्ये बालीतर्फ ३८ लाख २४ हजार ५९, पशुधनतर्फ २९ करोड ५७ लाख ६६ हजार, पन्छीतर्फ ३९ लाख ५० हजार र मत्स्यतर्फ ८९ लाख रूपैयाँबराबरको बीमा भएको छ। गत आर्थिक बर्ष २०७०/०७१ मा १४ वटा इन्सुरेन्स क पनीमार्फत ६२ करोड ५४ लाख चार हजार ६ सय १३ रूपैयाँ बराबरको बीमा गरिएको थियो।



बालीतर्फ एक करोड ५२ लाख २२ हजार सात सय ४३, पशुधनतर्फ ५९ करोड २३ लाख २४ हजार एक सय १०, पन्छीतर्फ १२ लाख १८ हजार पाँच सय र मत्यस्यतर्फ एक करोड ६६ लाख ३९ हजार दुई स ६० रूपैयाँको बीमा गरिएको थियो। अघिल्लो आर्थिक बर्ष २०६९/०७० मा साढे १२ करोड बिनियोजन गरिएपनि प्रिमियम शुल्क महँगो भएकाले करिब दुई करोडमात्रै खर्च भएको थियो। बाँकी रकम फ्रिज भएको मन्त्रालयले जनाएको छ।

Comments