बिशालबजारका व्यापारीबिरुद्ध मुद्दा दायर

राजेश बर्मा

श्री शम्भु कोइराला
महानिर्देशक
काठमाडौं : उपभोक्ताबाट चर्को मूल्य असुल गरेर सामान बिक्रि गरेको अभियोगमा बाणिज्य तथा आपूर्ति विभागले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिशालबजारका ब्यापारीविरूद्ध मुद्दा दायर गरेको छ।




खरिद मूल्यभन्दा डेढसय प्रतिशतभन्दा बढी मुनाफा उपभोक्ताबाट असुल गरेको अभियोगमा बिशालबजारका व्यापारिक प्रतिष्ठान आरएसए त्रिसाका सञ्चालक राजु मानन्धर, इन्टरसपका सञ्चालक अनिल सरावगी, बीओम स्टोरका सञ्चालक महावीरप्रसाद अग्रवाल तथा उनका श्रीमति बिजया अग्रवाल, अंकित स्टोरका सञ्चालक घनश्याम अग्रवाल, ओक ल्याण्ड स्टोरका गौतमलाल श्रेष्ठ तथा श्रीरेडिमेड स्टोरका सञ्चालक सुजन दत्तलाई बिपक्षि बनाएर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको बिभागले जनाएको छ। 'अनुगमनको क्रममा आवश्यकताभन्दा बढी मुनाफा लिइएको प्रमाणको आधारमा आवश्यक प्रकृया सकाएर आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएका छौं,' बिभागका महानिर्देशक श भु कोइरालाले बताए।



उनक ाअनुसार कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत कारवाहीको माग गर्दै बिभागले मुद्दा दायर गरेको हो। जिल्ला प्रशासन कार्यालयले फाइलको आधारमा ब्यापारीलाई पक्राउ गरेर थुनछेक गर्ने तथा थप बयानको लागि बोलाउन सक्ने कोइरालाले अन्नपूर्ण पोष्टसँग भने। 'जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा थुनछेक र थप वयान लिन सक्छ,' उनले भने।



अनुगमन निरिक्षक हेर भराज पोखरेलका अनुसार विभाग आफैले गत असोज ३ र ६ गतेगरी दुई पटक उजुरीको आधारमा बिशालबजारमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा उक्त पसलहरूबाट न्युन मूल्यमा थोक बिक्रेताबाट सामान खरिद गरेर उच्च मूल्यमा बिक्रि गरेको खरिद तथा बिक्रि बील बिभागले फेला पारेका थियो। अनुगमनको क्रममा आरएसए तृषाले तीन सय ७३ रूपैयाँमा खरिद गरेको ज्याकेट तीन हजार पाँच सय ४० मा, एक सय ८७ रूपैयाँमा खरिद गरिएको सर्ट इन्टरसप भन्ने पसलले एक हजार दुई सयमा, दुई सय एक रूपैयाँमा खरिद गरिएको हाफ ज्याकेट श्रीरेडिमेड स्टोरले दुई हजार सात सयमा, ७६ रूपैयाँमा खरिद गरिएको टी शर्ट ओक ल्याण्डले एकहजारमा बिक्रि गरेको प्रमाण बिभागले भेटाएको थियो।



बिभागकाअनुसार दोषि भेटिएका ब्यापारीहरूले 'आफुहरूले सामान खरिद गर्ने थोक व्यापारीले सही बील दिनुको साटो गलत बील दिएको' बताउदै 'आफुहरूले बढी मूल्यमा सामान खरिद गरेपनि थोक व्यापारीले भने कम मूल्यको बील उपलब्ध गराएको' बयानको क्रममा बताएका छन्। स्रोतकाअनुसार थोक बिक्रेताले राजस्व छल्न खुद्रा व्यापारीलाई कम मूल्यको बील उपलब्ध गराउदै आएका छन्। 'आयातकर्ता थोक बिक्रेताले खरिद बीलभन्दा कम मूल्यको बील भंसार कार्यालयमा उपलब्ध गराएर राजस्व वापत थोरै मूल्य बुझाउदै आएका छन्,' बिभागका एक अधिकारीले भने,'खुद्रा व्यापारीबाट बढी मूल्य लिएर थोरै मूल्यको नक्कली बील थोक बिक्रेताले उपलब्ध गराउदैआएका छन्।'

भेटियो फाइल

बिशालबजारका व्यापारीहरूसँग लिइएको बयानको फाइल बिभागले भेटेको छ। बिभागका महानिर्देशक कोइरालाले गत आइतबार 'बयान लिइएको फाइल गायव' भन्ने शिर्षकमा अन्नपूर्ण पोष्टले समाचार प्रकाशित गरेपछि आन्तरिक रूपमा छानविन गर्दा फाइल भेटिएको दाबी गरे। तर कुन शाखाबाट फाइल फेला पारिएको हो भन्ने बारेमा उनले बताउन मानेनन्। 'समाचार आएपछि सबैतिरबाट दबाब आएपछि आन्तरिक रूपमा छानविन गर्दा बिभागकै विभिन्न शाखाबाट फाइल फेला पा:यौं,' उनले भने,'तर कुन शाखाबाट फेला प:यो त्यो बारेमा नभनौं।'

यसअघि उक्त फाइल उक्त फाइलको बारेमा आफु अनभित्र रहेको भन्दै महानिर्देशक कोइरालाले अनुगमन शाखाहुँदै कानुन शाखा तथा अनुगमन निरिक्षक हेर भराज पोखरेलसँग उक्त बिषयमा जानकारी लिन आग्रह गरेका थिए। पोखरेलले कानुन शाखामा उक्त फाइल बुझाइएको तथा कानुन शाखाले आफुले उक्त फाइल नपाएको एक अर्कामाथि दोषारोपण गरेका थिए। 
अन्नपूर्ण पोष्टको अर्थतन्त्रको दोश्रो पृष्ठमा प्रकाशित
प्रकाशित मिति : २०७१/१०/१२

Comments