म्यागी भारतमा प्रतिवन्धै, नेपालमा फुकुवाको तयारी

मायोज चाउचाउले 'भ्रमपूर्ण'  बिज्ञापन गर्यो
रमपम चाउचाउ विरुद्ध मुद्दा 



राजेश बर्मा
काठमाडौं / नेस्ले इण्डिया लिमिटेडद्वारा उत्पादन भएको 'म्यागी' चाउचाउ नेपालमा बिक्रि बितरणका लागि फुकुवा गर्ने सरकारले तयारी गरेको छ। भारत सरकारले भने विभिन्न स्थानीय प्रदेशमा उक्त चाउचाउमा आवश्यक मापदण्डभन्दा बढी परिमाणमा शिशा (लिड) को मात्रा पाइएको र अजिनोमोटो(मोनोसोडियम ग्लुटामेट-एमएसजी) पाइएको भन्दै बिक्रि बितरणमा प्रतिवन्ध लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले यागी ब्राण्डका १३ नमूनामध्ये पाँचवटामा शिशाको मात्रा सरकारले तोकेको २.५ पिपिएम(पार्टपर मिलिएन) भित्र पाइएकाले उक्त चाउचाउ अखाद्य र अस्वस्थ्य नभएको दावी गरेको छ। यसैगरी नेस्ले इण्डियाले म्यागी ब्राण्डको प्याकेटमा 'नो एडेड एमएसजी' (चाउचाउमा अजिनोमोटो मिसाइएको छैंन्) भन्ने सन्देश लेखेर उपभोक्तालाई 'भ्रमपूर्ण' बिज्ञापन गरेको जानकारी गराउदै बिभागका महानिर्देशक संजिवकुमार कर्णले चाउचाउमा सरकारले तोकेको मापदण्ड १ प्रतिशतभित्रै अजिनोमोटो भेटिएको दाबी गरे। ति दुवै आधारलाई टेकेर बिभागले उक्त चाउचाउको बिक्रि बितरणमा लगाइएको प्रतिवन्ध निकट समयमै फुकुवा गर्ने आन्तरिक तयारी गरेको छ।

बाहिर जे जस्तो हल्ला आएपनि प्रयोगशालामा परीक्षण गर्दा चाउचाउमा मापदण्डभित्रै शिशाको परिमाण र अजिनोमोटो पाइएको दाबी गर्दै विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने,'यो मात्रालाई अखाद्य र अस्वस्थ्य खाद्य पदार्थ मान्न सकिन्न्। म्यागी चाउचाउलाई खान अयोग्य छ भनेर भन्न सकिंदैन्। गोलभेडा, मासु र च्याउमा पनि प्राकृतिक रूपमा अजिनोमोटो पाइन्छ। यसमा पनि त्यही हो।'

भ्रमपूर्ण बिज्ञापन गरेको अभियोगमा खाद्य ऐनअनुसार एकहजार रूपैयाँ जरिवाना गराएर फुकुवा गर्न सकिने बिभागले जनाएको छ। 'तर तत्कालका लागि केही दिन अझै बिक्रि बितरणमा लागेको 'रोक' कायमै हुन्छ,' महानिर्देशक कर्णले भने। विभागले परीक्षणका लागि लिएको नमूनामध्ये म्यागी, वाइवाई र यमयम चाउचाउमा मापदण्डभित्रै शिशाको परिमाण भेटिएको दाबी गरेको छ।

भारतीय सञ्चारमाध्यमकाअनुसार १३ वटा नमूनामध्ये १० बटामा सिसाको मात्रा अत्याधिक परिमाणमा भेटिएको थियो। म्यागीमा सिन्थेटिक खाद्य रंगका साथै अजिनोमोटोको मात्रा पनि तोकिएको मापदण्डभन्दा बढी भेटिएको भन्दै भारतका बिभिन्न ठूला शहरमा बिक्रि बितरणमा रोक लगाएर उक्त चाउचाउबिरूद्ध मुद्दा दायर गर्ने तयारी गरिएको छ। म्यागीमा बीएचए र बिएचटीजस्ता रसायन पनि भेटिएको छ। यो रसायन म्यागीको तेलमा पाइएको छ।

'भारतका बिश्व बिख्यात प्रयोगशालाले त्यही ब्राण्डको चाउचाउमा अजिनोमोटो र शिशाको धेरै परिमाण भेटिएको प्रतिवेदन दिएको छ,' खाद्य बिभागका बरिष्ठ एक बैज्ञानिकले भने,'तर बिभागको प्रयोगशालाले सामान्य भएको निश्कर्ष दिएको छ। बिभागको प्रतिवेदनमा सन्तोष गर्ने स्थान छैन्। बिभागको प्रतिवेदन 'शंका' को घेरामा छ।' बैज्ञानिकका अनुसार बिभागको प्रयोगशाला पूर्ण रूपमा सुविधासम्पन्न छैन्। उनले भने,'सामान्य परीक्षण गर्ने क्षमताको प्रयोगशाला भएपनि सुक्षम परीक्षण गर्ने क्षमताको प्रयोगशाला पनि छैन्।'

मायोजले भ्रमपूर्ण बिज्ञापन गरेर उपभोक्ता ठग्यो
बिभागले म्यागी चाउचाउसँगै काभ्रेप्लान्चोकमा रहेको हिमालयन स्नाक्स तथा नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित 'मायोज' ब्राण्डको चाउचाउको प्याकेटमा 'नो एडेड एमएसजी' उल्लेख गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने गरी 'भ्रमपूर्ण' बिज्ञापन गरेको जानकारी दिएको छ। 

'चाउचाउमा अजिनोमोटो छैन् भनेर प्याकेटमा छापेर भ्रमपूर्ण बिज्ञापन गरेपनि सरकारले तोकेको मापदण्डभित्र एक प्रतिशतको परिधिभित्र अजिनोमोटो पाइएको छ,' उनले भने। बिभागले भ्रमपूर्ण बिज्ञापन गरेको अभियोगमा बिक्रि बितरणमा रोक लगाउने बताएपनि खाद्य ऐन २०२३ मा भने एक हजार रूपैयाँ जरिवाना गराउने मात्र व्यवस्था छ।

बिभागले अन्य चाउचाउको परीक्षण भइरहेकाले तत्कालै केही जानकारी दिन नसक्ने जानकारी दिएको छ। भारतमा म्यागी चाउचाउको प्रकरण बाहिर लगत्तै बिभागले जेठ २१ गतेदेखि म्यागी चाउचाउको बिक्रि बितरणमा रोक लगाएको थियो। 

रमपम चाउचाउ विरुद्ध मुद्दा 
rumpam noodlesको लागि तस्बिर परिणामरमपम चाउचाउविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विराटनगरस्थित क्षेत्रीय कार्यालयले मुद्दा दायर गरेको छ । तोकिएभन्दा न्यून गुणस्तर भेटिएपछि क्षेत्रीय कार्यालयले मुद्दा दायर गरेको हो । चालू आव ०७१र७२ मा रमपम चाउचाउ उत्पादक एसिएन थाई फुड्सविरुद्ध न्यून गुणस्तर महलअनुसार तीनवटा मुद्दा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दायर भएको हो । उद्योग सोनापुर, सुनसरीमा रहेका कारण विभागले सम्बन्धित जिल्ला प्रशासनमा मुद्दा दायर गरेको हो । मुद्दामाथि प्रमुख जिल्ला अधिकारीले फैसला गर्ने प्रावधान छ । 

चाउचाउमा पाइने गलत तत्वले के के हानी गर्छ ?
त्रिभुवन बिश्व बिद्यालयका खाद्य प्रविधिस बन्धि बरिष्ठ बैज्ञानिक तथा प्राध्यापक डा. दिलिप सुब्बाका अनुसार अजिनोमोटोयुक्त  खाद्य पदार्थको नियमित सेवनका कारण क्यान्सर, ह्रदयाघात, मस्तिक्स शुन्य अवस्थामा पुगेर केही वा धेरैबेरस मका लागि सुुस्त हुने, आँखा दु ने,  बिर्सने, टाउको दु ने, उच्च रक्तचाप हुने, चिटचिट पसिना आउने, शरीर का ने, घाँटी सुन्निने, दाँत बिग्रने, मुटुको धडकन बढ्ने तथा छाति दु नेलगायतजस्ता समस्या आउने गर्छ।

सिन्थेटिक रंगले बालबालिकालाई एलर्जी गर्नुका साथै स्नायु प्रणालीमा असर पुस्याउँछ। बिएचए र बिएचटी रसायनले क्यान्सर रोग फैलाउने तत्वलाई बृद्धि गर्छ सहयोग गर्छ। यस्तै खाद्य पदार्थमा पाइने शिशा रक्तनलीमा पुगेर रातो रक्त कोशिकालाई मार्ने, रक्त कोशिका मृत भएपनि रगतको अभाव भएर अक्सिजनको मात्रा घटेर सेवनकर्ताको मृत्यु हुने स भावना हुन्छ। सिसाले मृगौलामा असर पुस्याउनुका साथै छारे रोग, मस्तिक्स, स्नायुप्रणाली, पेट दु ने, तौल घट्ने, कब्जियत हुने, अनिद्रा लगाउने रोग नि त्याउन सक्छ। साजै गर्भावस्था महिलाको भर्वको बच्चालाई समेत असर पार्ने गर्छ।

नेस्ट्ले क पनीको उत्पादन यागी विश्वका एक सय ३० देशमा बिक्रीवितरण हुन्छ। प्रत्येक बर्ष औसतमा आठ अर्बभन्दा बढी प्याकेट म्यागी चाउचाउ विश्वभरिका उपभोक्ताले उपभोग गर्दै आएका छन्।

यो पनि पढनुस् :
सद्दे छैन, वाईवाई चाउचाउ पनि

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको तेश्रो पृष्ठको मुख्य समाचा
प्रकाशित मिति २०७२ असार १ मंगलवार
http://www.annapurnapost.com/News.aspx/story/13405

Comments