धानका लागि साढे ८२ हजार मेट्रिक टन मल भित्रिँदै

एक लाख १० हजार मेट्रिक टन मौज्दात
राजेश बर्मा
Fertilizerको लागि तस्बिर परिणामकाठमाडौं : मानो रोपेर मुरी उब्जाउने किसानका लागि सहुलियतमा रसायनिक मल उपलब्ध गराउन सरकारी तथा नीजि क्षेत्रले आगामी साताभित्रमा साढे ८२ हजार मेट्रिक टन रासायनिक मल भित्र्याउन लागेका छन्। मल बिक्री गर्ने सरकारी संस्थान कृषि सामाग्री क पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त परिमाणमा युरिया मल विभिन्न स्थानबाट भित्र्याउन लागेको हो। 

कृषि विकास मन्त्रालयले ति दुवै निकायले भित्र्याउन लागेको र मौज्दात भएको मलका कारण यसपटक धान र मकैवालीका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेको छ। 'धान र मकैवालीका लागि यसपटक रासायनिक मलको अभाव हुँदैन्,Ó मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने,'ति दुवै निकायसँग धानवालीका लागि तत्कालै आवश्यक पर्ने मल पर्याप्त छ। आवश्यक पर्ने थप मल नियमित रूपमा आउने क्रममा छ।Ó

कृषि सामाग्री क पनीका निमित्त प्रबन्धक अमर खैरकाअनुसार नजिकिँदै गएको धानवालीको रोपाइँलाई दृष्टिगत गर्दै बंगलादेशको डीस ट्रेडिङ कर्पोरेटले चीनबाट ३५ हजार मेट्रिक टन र कोरियाको सामसुङ क पनीलेले पनि चीनबाट ३५ हजार मेट्रिक टन गरी ७० हजार मेट्रिक टन युरिया मल भित्र्याउन लागेको हो। 'ति दुवै क पनीको युरिया रासायनिक मल बाटोमा छ। आगामी सातास म नेपाल आईपुग्छ। यो मल आएपछि धान र मकैवालीलाई आगामी साउनस मको लागि मलको अभाव हुँदैन्,Ó निमित्त प्रबन्धक खैरले भने। 

साल्ट ट्रेडिङ कर्पोरेशनका व्यापार बिभाग प्रमुख पंकज जोशीकाअनुसार धानवालीलाई दृष्टिगत गरेर आगामी साताभित्र मै भारतको रेलमार्गमार्फत ३० हजार मेट्रिक टनमध्ये साढे १२ हजार मेट्रिक टन युरिया मल भित्र्याउन लागिएको छ। बाँकी मल पनि क्रमिक रूपमा भित्र्याइने कर्पोरेशनले जनाएको छ। 'केही युरिया मौज्दात अवस्थामा छ। यो मल भित्रिएपछि मलको अभाव हुन्न्,Ó जोशीले मंगलबार अन्नपूर्ण पोष्टसँग भने। 

अहिले ति दुवै निकायसँग एक लाख १० हजार एक सय ७० मेट्रिक टन युरिया र डीएपी मल मौज्दात छ। कृषि सामाग्री क पनीसँग युरिया ६० हजार मेट्रिक टन, डीएपी २६ हजार मेट्रिक टन र पोटास ६ हजार ६ सय ७० मेट्रिक टन मौज्दात छ। यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनसँग युरिया नौं हजार पाँच सय मेट्रिक टन र डीएपी आठ हजार मेट्रिक टन मौज्दात छ। 

यसवाहेक कृषि सामाग्री क पनीले स्वीस सिंगापुर क पनिमार्फत चीनबाट ३५ हजार मेट्रिक टन युरिया तथा २० हजार मेट्रिक टन डीएपी मल ल्याउन स झौता गर्ने प्रक्रियालाई अघि बढाएको छ। यो मल आगामी असोजमा नेपाल भित्र्याउने योजना छ। त्यसैगरी थप २५ हजार मेट्रिक टन युरिया खरिद गर्न एलसी(प्रतितपत्र) खोल्ने प्रक्रिया पनि अघि बढाइएको छ। यसैगरी कर्पोरेशनले आगामी साउनमा भित्र्याउने गरी ६० हजार मेट्रिक टन युरिया र साढे २२ हजार मेट्रिक टन डीएपी मलको लागि टेण्डर आह्वान गरेको छ। 'असार मसान्तभित्र प्रतितपत्र खोलेर उक्त परिमाणको मलपनि भित्र्याउने तयारीलाई अन्तिम रूप दिएका छौं,Ó व्यापार विभाग प्रमुख जोशीले भने।

मन्त्रालयले आगामी आर्थिक वर्ष ०७२/७३ मा दुई लाख ७० हजार मेट्रिक टन खरिद गर्ने प्रस्ताव गरेको छ। 'तर यो परिमाणलाई बृद्धि गरेर तीन लाख मेट्रिक टन पु:याउन छलफल हुँदैछ,Ó मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने,'बजेटको कार्यक्रम पनि त्यहि अनुपातमा बनाएर प्रस्ताव गर्दैछौं।Ó उनकाअनुसार गत आर्थिक वर्ष ०७१/०७२ मा सरकारले प्रागारिक मल १० हजार मेट्रिक टनसहित दुई लाख ५५ हजार मेट्रिक टन मलको लागि पाँच अर्ब २३ करोड रूपैयाँ विनियोजन गरेको थियो। 

बक्स

मल आयात र बिनियोजित बजेटको अवस्था
आर्थिक वर्ष             मल आयात(मे.टन)                      बिनियोजित रकम(रू.)
०६५/६६               २२,४८४                                 ३६,६८,१२,१२६।-
०६६/६७               ८१,५९३                                 १,३७,०५१८,२५९।-
०६७/६८               १,३१,४७९                              २,४६,८६,२६,८०५।-
०६८/६९               १,१२,१२६                              ३,१४,७८,५१,७४९।-
०६९/७०               २,२०,५४२                              ५,१७,१८,३७,१८१।-
०७०/७१               २,२१,०९५                              ५,७०,९८,०००००।-

०७१/०७२            २,५५,०००                               ५, २३,०००००००।-

श्रोत : कृषि बिकास मन्त्रालय
अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्टमा प्रकाशित
प्रकाशित मिति २०७२ असार २ बुधवार

Comments